जीवनको पहिलो वर्ष वा शिशु अवस्था मानिसको सबै भन्दा छिटो शारीरिक तथा मानसिक बृदि-विकास हुने काल हो ।एउटा स्वास्थ्य शिशु को तौल जन्मेको छ महिनामा दुई गुणा र १ वर्षमा ३ गुणा पुग्नु पर्दछ । त्यसैगरी जन्मदा ५०-५५ से.मि. हुने शिशुको लम्बाई एक वर्षमा लगभग ७५ से.मि. पुग्नु पर्दछ । एउटा बच्चा २ वर्ष उमेरको पुग्दा उसको दिमाग ८० प्रतिशत बृदि भईसकेको हुन्छ । आमा गर्भवती भए देखी बच्चा दुई वर्ष नपुगुन्जेलको {जीवनका पहिला १००० दिनहरु} अवधी नै आगामी जीवनमा हुने पर्याप्त स्वास्थ्य, बृदि र मानसिक विकासको आधार तय गर्ने कालखण्ड हो। यस अवधिमा बच्चाको शारीरिक विकासका साथसाथै अङ्गहरु अनि स्नायु प्रणाली पनि तिव्र रुपमा विकासको क्रममा हुन्छ। त्यसैले शिशु तथा बाल्यअवस्थामा पर्याप्त पोषण निकै नै महत्वपूर्ण हुन्छ ।
– शिशु तथा बाल्यअवस्था तिव्र गतिमा शारीरिक तथा मानसिक बृदि-विकास हुने अवधी हो ।
– शिशु तथा बाल्यकालीन कुपोषणको कारणले सही तरिकाले शारीरिक बिकास तथा मानसिक विकस हुदैन। जसले गर्दा दिर्घकालिन जीवनमा निकै धेरै असर पुग्दछ ।
– त्यसैले रोकथामका लागि सही शिशु तथा बाल्यकालिन खानपान सम्बन्धी कुराहरुमा ध्यान पुर्याउनु अत्यन्तै आवश्यक पर्दछ ।
शिशु तथा बाल्य अवस्थाको कुपोषण ले बच्चाको बृदि -बिकास र स्वा स्थ्य मा दिर्घकालिन रुपमा प्रभाव पार्दछ । वाल्यकालिन कुपोषण को कारण बालकले वयश्क अव स्था मा आ ई पुग्दा आफ्नो सामर्थ्य अनुसार उचाई प्राप्त गर्न सक्दैन । त्यति मात्र होईन उसको संज्ञानात्मक विकासमा भएको घाटा पनि कहिल्यै पुर्ती हुदैन । न्युन पोषित बच्चाहरुमा सुपोषित बच्चाहरुको तुलनामा बढी बिरामी हुने ,विध्यालय भर्ना हुने सम्भावना कम हुने, उमेर भन्दा ढिलो बिद्यालय भर्ना हुने र शैक्षिक उपलब्धी पनि कम हुने सम्भावना बढी हुन्छ । त्यति मात्र नभएर उनिहरुको शारीरिक कार्य क्षमतामा समेत निकै असर पुग्दछ । यदी एउटी महिला गर्भअवस्था वा शिशु सानो हुँदाको अवस्थामा हुँदा प्रशस्त मात्रामा खानपान मिलेन भने अथवा न्युन पोषित थिईन् भने उनको प्रजनन क्षमतामा नकारात्मक असर पर्दछ । जसले गर्दा कम तौलको र कुपोषित बच्चा जन्मने साथै प्रशब जटिलता समेत सिर्जना हुन सक्छ । बच्चाको सामर्थ्य सनुसारको बृदि प्राप्त गर्नका लागि साथै दिर्घाकालिन पुड्कोपना र शिघ्र कुपोषण बाट बच्चाहरुलाई बचाउनका लागि उचित शिशु तथा बाल्यकालिन खानपान सम्बन्धी कुराहरुमा ध्यान पुर्याउनु पर्दछ । त्यसैले नै जिवनका पहिला १००० दिनहरुलाई अत्यन्त महत्वपूर्ण रुपमा लिईन्छ र यो १००० दिनलाई सुनौला दिन पनि भनिएको हो ।
बालकको आवश्यकता अनुसारको बृदिलाई प्रत्यक्ष असर पार्ने दुईवटा कारण्हरु हुन्- अपर्याप्त भोजन र सङ्क्रमण मुख्य हुन् । यिनिहरुको पारिस्पारिक सम्बन्ध रहेको छ । यदी पर्याप्त भोजन नपुग्ने हो भने शिशुलाई सङ्क्रमण हुने सम्भावना पनि उत्तिकै बढी हुन्छ । पोषणयुक्त खाने कुराका साथै उपयुक्त स्तनपान र पुरक खानपान सम्बन्धी सबै कुराहरु मिल्ने हो भने बच्चालाई अतिपोषण र न्युनपोषण बाट बचाउन सकिन्छ । पर्याप्त स्तनपानले बालकलाई मोटोपना बाट सुरक्षित गर्दछ । यदि बच्चाहरुलाई कृतिम दुध खुवाइएमा दम, मधुमेह, मुटु सम्बन्धी रोग, उच्च रक्तचाप, क्यान्सर जस्ता दिर्घरोगहरु लाग्न सक्दछ । त्यसैले बालबालिकाको उचित बृदि र बिकासका लागि पर्याप्त पोषक तत्वहरु आवश्यक पर्दछ । पर्याप्त स्तनपान ,उचित रुपमा पुरक खानपान र उचित स्याहारले मात्र यि सबै आवश्यकताहरु पुर्ती गर्दछ ।
–मदन पाण्डे
पोषण तथा आहारविद
Dherai ramro article.