साना किसान कृषि सहकारी मार्फत टे«निङका लागि इजरायलमा ११ महिना बसेर फर्किएका ११ जना युवाहरुले वृहत लगानीमा “कृषि कुनै व्यवसाय नभई जीवनको आधार हो” भन्ने मूल नारा लिएर “एग्रो किनारेट एग्रीकल्चर फर्म प्रा.लि.” स्थापना गरी व्यवसाय सुरु गरेसँगै विदेशबाट फर्किएका नेपाली युवाहरुले पनि स्वदेशका निम्ती योगदान पुर्याउँन सक्छन् भन्ने उदाहरण पेश गरेका छन ।
विदेशमा गई कृषि सम्बन्धि तालिम लिएका युवाहरुले स्वदेशकै माटोलाई प्रयोग गरेर केही उपलब्धी गर्ने सोचका युवाहरु क्रमशः विजय तिवारी (झापा), आशिष खतिवडा (सुनसरी), नगेन घले (इलाम), सुमन राई (झापा), राजेस पौडेल (चुलाचुली, इलाम), अनिल राई (झापा), रोशन रिजाल (झापा), सुमन राई (समाल्बुङ, इलाम), मितेस कार्की (सुनसरी), विनोद वि.क. (इलाम), रोसन चापागाई(मोरङ–हाल इजरायल) को संयुक्त लगानीमा सञ्चालित सो प्रा.लि.मा ६० लाख भन्दा वढी लगानी भई सकेको संचालकहरुले जनाएका छन् ।
एग्रो किनारेट एग्रीकल्चर फर्म प्रा.लि.ले विर्तामोडमा ४.५ विगाहा र शिवसताक्षी नगरपालिका वडा नं. २ का मंगलबारेमा ५.५ विगाहा जम्मा गरी १० विगाहा क्षेत्रफलको जग्गामा फर्म सुरुवात गरेको हो । जस अन्तर्गतः केराखेती, माछापालन, वंगुरपालन, वोइलर कुखुरा साथै मौसमी तथा वेमौसमी तरकारीको अग्र्यानिक विधिबाट खेती गर्दै आइरहेका छन् ।
कृर्षि सम्बन्धी तालिम लिन कै लागि ११ महिना इजरायल बसाईको क्रममा आफुले हासिल गरेको दक्षताको उपयोग गरी नेपालमा युवाहरुलाई रोजगार प्रदान गर्न र व्यवसायिक सफलता हासिल गर्ने उदेश्यले सो समुहले व्यवसाय सुचारु गरेको बताउँछन् । इजरायलमा जम्मा जनसंख्याको ३ प्रतिशत मात्र कृषि पेशामा संलग्न रहेता पनि आफ्नो देशलाई आवश्यक पर्ने कृषिजन्य उपजहरु आपूर्ति गरेर पनि विदेशमा समेत निर्यात गर्न सकिरहेको छ । हाम्रो देशमा ८४ प्रतिशत कृषि पेशामा संलग्न रहेर पनि आफ्नो देशभरीका मानिसहरुले आफ्नो देशको उत्पादन उपभोग गर्न पाइरहेको छैनन्, यो ठुलो विडम्बनाको विषय हो । आजसम्म पनि कृषि पेशालाई अँगाल्ने मानिसहरु कृषि सम्बन्धि पूर्ण ज्ञान नभएको वताउँछन्, नयाँ प्रविधि अवलम्बन साथै कृषि सम्बन्धि अध्ययन गरे पछि यो पेशा गर्ने हो भने, विदेशमा गएर विदेशीको गुलामी गर्नु नपर्ने वताउँछन् ।
फर्मले उत्पादन गरेको कृषि उपजहरु स्थानिय बजार एवं दमक, विर्तामोडको बजारमा विक्री वितरण गर्दै आएको जानकारी दिए । टमाटर, काक्रा, बन्दा कोपी तथा वोइलर कुखुराबाट व्यवसाय शुरुवात गरेको र हाल आएर १८०० बोट माल्बो जातका केरा १.५ बिगाहामा, ४ वटा माछापोखरी १५ कठ्ठामा, बोइलर कुखुरा ३००० साथै अन्य मौसमी तथा बेमौसमी तरकारीहरुको खेती गरीरहेका छन् । समय अनुकुल बनाई अभिमुखि तालिम समेत लिईरहेको बताउँछन् ।
आगामी दिनमा तिहारलाई लक्षित गरेर फुलहरुको उत्पादन गर्ने लक्ष्य समेत राखेको र फर्मले उत्पादन गरेको वस्तुहरुले उचित समयमा उपभोक्ताहरु समक्ष पुर्याउने लक्ष्य लिएर विर्तामोड स्थित कन्काई कलेजको अगाडि फर्मले आफ्नै सुपरमार्केट सुचारु गर्ने उद्देश्य लिएको र साउनबाट उक्त सुपरमार्केट सञ्चालनमा आउने बताउँछन् ।
अन्त्यमाः अवसर खोज्नु भन्दा अवसर बन्नु पर्छ भन्दै सबै मिलेर यो फर्मको स्थापना गरिएको हो भनि फर्मका सदस्य सुमन राईले बताउँनु भयो ।