सामान्यतः चिकित्सकले कुनै उपचार सुरु गर्नुअघि बिमारीको स्वास्थ्य-इतिहास बुझ्न खोज्छन् ।
बिमारीलाई यसअघि के भएको थियो, कस्तो रोग लागेको थियो, त्यसको उपचार कसरी गरियो, के औषधी खुवाइयो आदि ।
यसबाट के थाहा हुन्छ भने, उनको रोगको जड के थियो ? त्यसको सही उपचार भयो वा भएन ? अब कसरी अगाडि बढ्न सकिन्छ ?
त्यसैले यी कुराहरुले चिकित्सकलाई मार्गनिर्देशन गर्छ । तर, बिमारीले सही ढंगले आफ्नो अवस्था नबताउँदा उपचार प्रभावकारी नहुन सक्छ । खासगरी महिलाहरु कतिपय कुरा स्पष्टसँग खुलाउँदैनन् । खासगरी यौनाङ्ग वा यौनरोगसँग सम्बन्धित कुरा लुकाउने गर्छन् । त्यस्तै कतिपय जटिल समस्या पनि लुकाउने गर्छन् ।
सामाजिक परिवेश, पारिवारिक भय तथा व्यक्तिगत संकोचका कारण पनि उनीहरुमा यस्तो समस्या हुनेगर्छ ।
महिलाहरुको शरीर संवेदनशील हुने गर्छ । शरीरको संवेदनशीलताकै कारण उनीहरु हरेक पटक कुनै न कुनै समस्याबाट गुजि्रएकै हुन्छन् । तर त्यस्ता समस्याबारे महिलाहरुलाई सही जानकारी नहुँदा उनीहरु हरेक समय तनावमा रहने गर्छन् । उनीहरुलाई लाग्छ, कतै म गर्भवती त छैन’ ।
जबकी यस्ता समस्या गर्भका कारण मात्र नभई हर्मोनको गडबडी, गलत खानपान, शारीरक श्रम, तनाव लगायतका कारण पनि हुनसक्छ । जसबारे जानकारी नहुदाँ महिलाहरु यस्ता समस्यालाई गर्भसितमात्र जोड्र हेर्ने गर्दछ । जसबारे चिकित्सकसित खुलेर कुरा गर्न आवश्यक छ ।
युवतीहरुमा देखिने कयौ किसिमका शारीरिक समस्याहरु
-अनियमित महिनावारी
हुन त युवतीहरुमाझ आजकल यो समस्या ‘आम’ छ । तर पनि यो समस्यालाई लिएर कयौ युवतीहरु त्रासमा रहने गर्छन् ।
थापाथलीस्थित प्रसुती गृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार अनुसार युवतीहरुको महिनावारी अनियमित हुनुमा गर्भावस्था मात्र एउटा कारण हुदैन । किनकी युवतीहरुमा यस्ता अनेकौ कारणहरु हुनसक्छ, जसका कारण उनीहरुमा यस्ता अनेकौ समस्याहरु निम्तने गर्छ ।
हुन पनि डाक्टरहरुको भनाईलाई विश्वास गर्ने हो भने मात्र पनि यो कुनै विमारी हैन । यदी समयमा उपचार गरे तथा खानपानमा विशेष ध्यान दिएको खण्डमा मात्र पनि यो समस्या तुरुन्तै कम गर्न सकिने अर्का स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. पदमराज पन्त बताउँछन् ।
भन्छन्,-‘महिलाहरुमा हर्मोनको गडबडी भएमा यो पनि यस्तो समस्या निम्तने गर्छ । र, यसको एउटै मात्र उपचार भनेको समयमा उपचार र खानपानमा विशेष ध्यान नै हो ।’ । महिलाहरुको तौल नियन्त्रण गरेर पनि यो समस्या कम गर्न सकिने उनको भनाई छ । उनका अनुसार महिलाहरुमा हर्मोन सम्बन्धि गडबडीकै कारण कहिलेकाही महिनामा दुई पटक सम्म पनि महिनावारी हुने गर्छ । जसका कारण शरीरबाट धेरै रगत खेर गई शरीर कमजोर हुने गर्छ । र, विभिन्न किसिमको चेकजाचद्धारा पनि यो समस्याको समाधान गर्न सकिन्छ ।
-स्तनमा गाठागुठी देखिने
स्तनमा गाठागुठी आउने समस्या पनि युवतीहरुमाझ सामान्य हो । स्तनमा आउने गाठागुठीका कारण स्तनको स्पर्श गर्दा युवतीहरुलाई पिडा महसुस हुन्छ । यस्ता समस्या भएमा तुरुन्तै चिकित्सकसित परामर्श गरी समयमै उपचार गर्न सकिन्छ । किनकी स्तनमा गाठागुठी आउनुमा विभिन्न कारण हुनसक्छ ।
त्यसमध्यको एक स्तनको क्यान्सर पनि हो । स्तनको क्यान्सर भएमा पनि स्तन वरिपरि गाठागुठीहरु आउने गर्छ । पछिल्लो समय ३० देखि ५० वर्षका महिलाहरुमध्य स्तन क्यान्सरको जोखिम ४० प्रतिशतमा रहने गर्छ । स्तनमा गाठागुठीको समस्या लिएर अस्पताल आउने गरेको नेपाल क्यान्सर हस्पिटल तथा रिर्सच सेन्टर, हरिसिद्धीका ब्रेष्ट अन्कोप्लाष्टिक सर्जन डा. प्रफुल्ल शाक्य बताउँछन् ।
भन्छन्,’ वंशाणुगत कारण, हर्मोन रिप्लेसमेन्ट थेरापी, कम उमेरमा महिनावारी हुने, महिनावारी बन्द हुने समस्याका कारण पनि स्तन क्यान्सर हुनसक्छ । स्तन क्यान्सर भएमा स्तनमा गाठागुठी आउने, रगत, पिप बग्ने स्तनको आकारमा असामान्य वृद्धि हुने, स्तन सुन्निने गर्दछ’ ।
-ल्युकेमिया
युवतीहरुमाझ ल्युकेमियाको समस्या पनि धेरै हुने गर्छ । ल्युकेमिया अक्सर त्यस्ता युवतीलाई हुन्छ, जो अरुको भित्री वस्त्र लगाउँछन् । साथै, आˆनो यौनाङ्गको सरसफाईमा विशेष ध्यान दिदैनन् । ल्युकेमिया भएमा योनी -भेजाइना) बाट सेतो तथा चिल्लो गाढा पदार्थ निस्कने गर्दछ । जसका कारण शरीर कमजोर तथा शिथिल हुने गर्दछ । त्यसैले , यस्ता समस्या भएमा पनि तुरुन्तै चिकित्सकसित सम्पर्क गरी विना हिचकिचाटह चिकित्सकलाई बताउनु पर्दछ ।
–पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस्)
आजकल पोलिसिस्टिक ओभरी सिन्ड्रोमको समस्या पनि महिला तथा युवतीहरुमाझ आम हुँदै गएको छ । प्रजनन उमेर समूहका महिलाहरुमा हुने हर्मोन सम्बन्धि यो समस्या १८ देखि ४४ वर्ष उमेर समूहका महिलाहरुलाई बढी हुने गर्छ । अमेरिकामा मात्र प्रत्येक १० देखि १५ जना महिलामध्य एक जनामा यो समस्या रहेको पाइन्छ ।
पिसिओएस भएमा महिलाहरुको अण्डकोषमा ससाना फोका आउने गर्छ । यस्ता समस्या भएमा महिनावारी अनियमित हुनुका साथै पेट दुख्ने गर्छ ।
यदी कसैको महिनावारी अचानक अनियमित भएमा वा बन्द भएमा तुरुन्तै चिकित्सकसित परामर्श गर्नु पर्दछ ।
पेटको अल्ट्रासाउड गरेर युवती तथा महिलाहरुमा पिसिओएस भए, नभएको पत्ता लगाउन सकिन्छ ।
हुन त पिसिओएस् हुँदैमा आत्तिहाल्नु पर्दैन । समयमै सही उपचार गरेर पनि यो समस्या तुरुन्तै समाधान गर्न सकिन्छ ।
तर कयौ युवतीहरुमा यस्ता समस्या हुदाँहुदै पनि संकोचका कारण उनीहरु डाक्टर समक्ष यस्ता कुरा बताउन सक्दैनन् । जसका कारण उनीहरुमा बाझोपनाको खतरा बढ्ने इन्डाक्राइनोलोजिष्ट डा. अंशुमली जोशी बताउँछन् । भन्छन्,’बाझोपना पनि यस्तो, जहाँ अण्डकोषबाट अण्डा नै उत्पादन हुँदैन । महिलाहरुमा अण्डा उत्पादन हुने यस्तो प्रकि्रया हो, जसमा अण्डकोषले प्रत्येक महिना अण्डाको उत्पादन गर्छ, जुन पुरुषको शुक्रकि्रटको सम्र्पकमा आएको खण्डमा गर्भाधान हुन पनि सक्छ, नहुन पनि सक्छ ‘।
-कुमारी अवस्थाको गर्भ
आजकलका युवायुवतीमा ‘लिभिङ्ग टुगेदर’को अवधारणा आम हुँदै गएको छ । लिभिङ्ग टुगेदर तथा लिभ इन रिलेसिनसिपकै कारण कयौ युवतीहरु विहे अघि नै गर्भवती हुने गर्छन् ।
र, गर्भपात गर्ने चक्करमा जथाभावी औषधीको प्रयोग गर्न समेत हिच्किचाउँदैनन् । जबकी चिकित्सकको परामर्श विना सेवन गरिएको यस्ता औषधीले युवतीहरुमा जटिल समस्याहरु निस्किन सक्छ । उनीहरुको ज्यान समेत जान सक्छ । त्यसैले, यदी कसैमा यस्ता भएमा विना चिकित्सकलाई आˆनो सबै समस्या हुबहु बताउनु पर्छ ।