उच्च हिमाली भेगमा बसोबास गर्ने किराती राई आदिबासिहरूको जनजीबनमा आधारित समेटिएको कथा परम्परागत जीवन पद्धती, किरात सभ्यता, भाषा, संस्कार संस्कृति रितिरिवाज रहनसन, पहिचान अस्तित्वको दस्तावेज चलचित्र सायाबुङ (सिरफुल) यहि भाद्र ३० गते काठमाण्डौ को कोटेस्वर स्थित किरात राई यायोख्खा भवनमा विशेष प्रर्दशन शो हुने भएको छ ।
पुर्बि पाचथरको माथिल्लो भेग नेपाल सिकिमको सिमानामा बसोबास संगै गोठ बसाएर जीवन चलाई रहेको गोठालेहरूको जीवनशैली र किरातीहरूको आफ्नै मौलिक कथालाई चलचित्रमा समाबेस गरी प्रर्दशनमा ल्याउन लागेको चलचित्र सायाबुङ नेपाली भाषामा नै रहेको कथा निर्माण साया राई बताउछिन ।
द पाल्म ग्रुप ईन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्र सायाबुङ अल नेपाल हलमा रिलिज हुनु भन्दा पहिला नेपालको विभिन्न ठाउँ र बाहिर देश साउदि अरब, भारतको आसाम, मणिपुर, सिक्किम, दार्जिलिङ, मिरिक, गान्तोक, नाम्चि, कालेबुङ लगायत थुप्रै स्थानहरूमा प्रर्दशन हुने जानकारी निर्माता साया राईले दिएको छिन ।
नेपाल भारत सिमाना पाँचथरका रमणिय पर्यटकिय ऐतिहासिक स्थल, स्थान फालेलुङ, फालोट सन्दकपुर, लब्रे सिलौटि र भारतको मणिपुरमा समेत छायाङकन रहेको चलचित्रमा कथा निर्माण साया राई लेखन निर्देशन भगिराज राईको रहेकोछ ।
नयाँ कलाकारहरूको अनुहार नै रहेको यस चलचित्रमा सौजन सुब्बा, निसा राई, सगुन सुसरा, साया राई, राहुल बोगिको राई, दर्पण राई, ज्ञान बा. राई, दिब्या आङदेम्बे, दिप्सन आङबो, उमेस राई, राज कुमार ईसारा, आदिको मुख्य भुमिका रहेको छ । शब्द, सङ्गीत भक्त सुनुवार, भगिराज, उदय नेम्बाङ, गायनमा दिपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईको आवज सुन्न पाईने चलचित्रमा देब जंग थापाको छायाङकन, सम्पादन, असोक लोहारूङ, धनु ज्ञाङमिको पास्वं सङ्गीत रहेको छ भने राहुल राई बोगिको, कल्पि साम्पाङ, श्री प्रसाद यवा, टाईसन केरूङ, पदम लिम्बू (पावल) किराँती चेलि (बिसन बिर्सना) नरेन्द्र चाम्लिङ, सुबु राई अरूणा राई तारा चाम्लिङ राई निर्माता रहेको छन ।
पहिलो पत्रकार र पब्लिक सो पाचथरमा छण्ण् को हारहारिमा दर्शकहरू र मिडियाको नजरमा सफल दर्शकहरूको माया जित्न सफल चलचित्र सायाबुङको ट्रेलरले पनि राम्रै चर्चा पाएको अबको काठमाण्डौको प्रर्दशन पछिको प्रतिकृया पनि राम्रै पाउने आसा लिएका छन र लिएका छौ भनी यश चलचित्रका प्रमुख सल्लाहकार जिबनजीत राई बताउछन।
शरणार्थीहरु को फिल्म हो
आदिवासी जनजाती भनेको
शरणार्थी हैन ?