विर्तामोड । झापा गोल्डकपको सातौं संस्करणको मिति नजिकिँदै गर्दा आयोजक संस्थामा नयाँ सदस्यता लिनेहरूको संख्या बढ्दै गएकोछ।
शुक्रवार एकै दिन झापा गोल्ड कपका सदस्य राजु बस्नेतको पहलमा ५० जनाले एकैसाथ नयाँ सदस्यता लिएका छन्।

सातौं झापा गोल्डकपको यो संस्करण स्वर्गीय बिनोद बस्नेतलाई समर्पित गरिएको छ । राजु बिनोदकै सहोदर भाई हुन । स्वर्गीय बिनोद बस्नेत स्मृति झापा गोल्डकपलाई सफल रूपले सम्पन्न गर्नका लागि सदस्यता लिएको राजुले बताए ।
प्रतिष्ठित गोल्डकपका रुपमा प्रसिद्धि कमाएको यसको सातौं संस्करण माघ २४ देखि फागुन ४ गतेसम्म डोमालाल राजवंशीरङ्गशालामा सञ्चालन हुँदैछ ।
झापा गोल्डकपमा यसपटक नेपाल भारत र भुटानका क्लबहरूको प्रतिस्पर्धा रहने बताइएको छ।सातौँ संस्करणको तयारीसँगै अहिलेसम्म १७० भन्दा बढी नयाँ सदस्य थपिएका छन्।
सदस्यको रूपमा खेलप्रेमीहरूको यो आगमनले आयोजक परिवार उत्साहित रहेको अध्यक्ष केदार गिरीले बताए ।
झापा गोल्ड कपको सचिवालयका अनुसार नयाँ सदस्यता आउने क्रमसँगै पुराना सदस्यहरूको नवीकरण कार्य तीव्र रुपमाअगाडि बढाइएको छ।

