adv

दमकमा श्रीमानद्वारा श्रीमतीको हत्या

दमक । झापा दमक- १ का चुडामणी भण्डारीले आज साँझ आफनै श्रीमतिको हत्या गरेका छन ।

कमल ६ स्थित आफनो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार घटनाको पुष्टि गर्दै हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको जनाएका छन ।

भण्डारीले के कारणले श्रीमतिको हत्या गरेका हुन भन्ने बारे थप अनुसन्धान भइरहेको जनाइएको छ । यद्यपी घटनास्थलमा अर्का एक पुरुषले केही सामाग्री छोडेर भागेको स्थानीयहरुले बताएका छन । फरार भएका ति पुरुषका बारेमा थप केही थाहा हुन सकेको छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु