adv

विर्तामोडको गोपाल एग्रोभेट्सका सञ्चालक ब्राउनसुगरसहित पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–३ बाट लागुऔषध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन्।

विर्तामोड-३ मा रहेको गोपाल एग्रोभेट्सका सञ्चालक गोपाल गौतमलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ।

गोपाल गौतमले सञ्चालन गरेको गोपाल एग्रोभेट्समा लागुऔषध ब्राउन सुगरको कारोवार हुने गरेको सूचनाका आधारमा शुक्रवार दिउँसो ४ बजे प्रहरीले छापा मारेको थियो।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटमा छापा मार्दा २२ ग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर बरामद गरेको हो।

गौतममाथि अनुसन्धान भइरहेको इप्रका अनारमनी विर्तामोडले जनाएको छ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु