adv

दमक आम्दामा गर्भवती महिलाको मृत्यु

गलत औषधि दिँदा मृत्यु भएको परिवारकाे आरोप

दमक । आम्दा अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि दिँदा गर्भवती महिलाको मृत्यु भएको परिवारले आरोप लगाएको छ ।

हिजो साँझ सामान्य टाउको दुखेर दमकको आम्दा अस्पताल ल्याइएकी मोरङ शनिश्चरे १ की ३४ वर्षिया मनिता नेपालीको ल्याएको केहीबेरमै मृत्यु भएको थियो । टाउको दुख्यो भनेपछि उनलाई श्रीमान् प्रकाश शंकरले पैदल ल्याएर आम्दा अस्पतालको आकस्मिक कक्षमा हिजो साँझ ७ः३० बजे भर्ना गरेका थिए ।

आकस्मिक कक्षका चिकित्सकले औषधि लेखिदिएर विरामीका श्रीमान् प्रकाशले लिन जान खोज्दा नर्सले रोेकेर अस्पतालमै भएको औषधि चलाएको १० मिनेटमै विरामीको मृत्यु भएको जनाइएको छ ।

घटनापछि गलत औषधि दिँदा विरामीको मृत्यु भएको भन्दै परिवारले कार्वाही र क्षतिपूर्तिको माग गरेका छन् । त्यस विषयमा अस्पताल प्रशासन र मृतक परिवारबीच छलफल भइरहेको नेकपाका स्थानीय नेता शंकर बस्नेतले जानकारी दिए ।

मृतक महिला ८ महिनाको गर्भवती थिइन् । उनले आम्दा अस्पतालमै नियमित चेकजाँच गराउँदै आएकी थिइन् ।प्रतिदिनदैनकबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु