adv

झापा मेचीनगरकी महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

झापा । झापाको मेचीनगर–९ धुलाबारीकी एक महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छन् । मेचीनगर–९ की निर्मला विष्ट रिजालले आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो सन्तानका रुपमा २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन्।

सामान्तया ३६ हप्तामा बच्चा जन्मने भएपछि निर्मलाको ३५ हप्तामै अप्रेसन गरी बच्चा निकालिएको बताइएको छ ।

आइतबार अपरान्ह्र जन्मिएका तीनवटै बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको मनमोहन हस्पिटलका एनएसथेसिया असिस्टेन अमरदीप यादवले जानकारी दिए । ६ वर्षदेखि मनमोहन हस्पिटलमा एनेसथेरियामा कार्यरत यादवले तीनवटा बच्चा जन्मिएको पहिलो भएको बताए ।

तीनबच्चा मध्ये दुई छोरामा १ केजी ९ सय ग्राम र अर्काको १ किलो ६ सयग्राम रहेको बताइएको छ । छोरीको तौल भने २ किलो रहेको बताइएको छ ।

महिला डा.एकराज गौतम नेतृत्वको चिकित्सक टोलीले लगभग डेढघण्टा समय शल्यक्रियामार्फत बच्चा निकालिएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु