adv

याक्थुङ चुम्लुङको अध्यक्षमा गोबिन्द, ‘आदिवासी अधिकार तथा सङ्घ संस्था ऐन’को माग

झापा । आदिवासी याक्थुङ (लिम्बुहरु) को साझा संस्था किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोबिन्द बहादुर लिम्बु(आङ्बुहाङ) चयन भएका छन् । झापाको भद्रपुरमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष सहित ३९ सदस्यीय नयाँसंघीय कार्यसमिति निर्वाचित गरेको हो  समितिको तीन उपाध्यक्षमा निरन्ती तुम्बापो, योगेन्द्र पालुङवा  चक्र येक्तेन अभिषेक महासचिवमा अमर तुम्याहाङ लाई चयन गरेको  

त्यसै गरी उपमहासचिवमा भवानीविक्रम सम्बहाम्फे, तीन सचिवहरुमा लक्ष्मण लावती (मेची भूगोल), जीवन प्रकाश सेर्मा(कोशी भूगोल)   सङ्गीता सुब्बा (लिम्बुवान भूगोल)लाई छानेको कोषाध्यक्षमा कुमार जबेगु चयन भएका छन्  

ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, ओखलढुङगा कास्की जिल्ला प्रतिनिधिहरूका प्रतिनिधिहरु सम्मिलित महाधिबेशनबाट सदस्यहरुमा गङ्गा राई सेर्मा(झापा), धर्मराज लक्सम्बा (झापा),  सरस्वती तुम्बाहाङफे (इलाम) राम कुमार योङहाङ (इलाम) लाई छानेको  

महाधिबेशनबाट निर्वाचित सदस्यहरुमा  फूल माया नेम्बाङ (पान्थर), महेन्द्र कुमार आङदेम्बे (पान्थर), रीता मादेन(ताप्लेजुङ), बालचन्द्र आङबुहाङ (ताप्लेजुङ), सेसेहाङ हुक्पा चोङबाङ (तेह्रथुम), मनकुमार लिम्बु (सङ्खुवासभा) रहेका छन् 

त्यस्तै कमलदिप तिगेला सुब्बा (धनकुटा), इन्द्र कुमारी आङ्बो (धनकुटा),  धनकुमारी लिम्बु (सुनसरी), मोहन कुमार लिम्बु(सुनसरी),  प्रवेश मिभक (मोरङ),  डिल्ली माया थोक्लिहाङ योङहाङ ( काठमाडौँ), धन कुमार काम्बाङ (काठमाडौँ), विष्णुमाया सिङ्गक (ललितपुर), टेक बहादुर लावती (ललितपुर),  राम बहादुर लिम्बु (भक्तपुर), सीता हुक्पा चोङबाङ (भक्तपुर) रहेका छन् 

लिम्बुवान प्रदेशबाट  मधुराज केरुङ (पिएचडीटङ्क माया लिम्बु, नरेन्द्र राज केरुङ, जितेन साङसेन पन्धाक, सागर केरुङ, मुना लिम्बु, नेवा ताम्सालिङ प्रदेशबाट भिम प्रसाद सुब्बाराम कुमार सम्बाहाम्फे चयन भएका छन्  

१२ औँ महाधिवेशनको बन्द सत्रमा लिम्बुवान आन्दोलनः कोशी नाम खारेजी लिम्बुवान स्थापनाको कार्यदिशा, राज्यकोअतिवादी धार्मिक दलाल पूजीवादी अतिक्रमण विरुद्ध मुक्कुम्लुङ बचाउ आन्दोलन, नेपालमा आदिवासी अधिकार तथा संस्थाऐनको आवश्यकता, याक्थुङ समुदायको मृत्यु संस्कार परम्परा, विचलन प्रभाव, याक्थुङ भाषा, शिक्षा, डिजिटलाइजेसनकोवर्तमान अवस्था विषयक छलफल भई बिभिन्न प्रस्ताव पारित गरेको नवनिर्वाचित महासचिव अमर तुम्याहाङले बताए 

महाधिवेशन पछि आज झापामा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनले १८ बुँदे प्रस्ताव पारित गरेको तुम्याहाङले जानकारी दिए ।

(प्रस्तावहरू जस्ताको त्यस्तै )

१.प्रदेश को नाम कोशी राखिएकोमा पुनः यो महाधिवेशन असन्तुष्टि प्रकट गर्दछ याक्थुङ÷लिम्बु राईहरूको मुख्यथातथलो रहेको १४ जिल्लाको प्रदेशमा प्रदेशको नामलिम्बुवान, किरातप्रदेश हुन पर्ने माग पुनः दोह¥याउँदछ याक्थुङ÷लिम्बु आदिवासीहरूको माग सङ्खुवा खोलाअरुणसप्तकोसी पूर्वको सिमाङ्कनमा लिम्बुवान प्रदेश बन्नु पर्नेधारणा प्रष्ट रूपमा भएकोले १४ जिल्ला रहने हो भनेलिम्बुवान, किरातप्रदेश जिल्लाको भूगोलमा हो भनेलिम्बुवानप्रदेशनिर्माण गर्न राजनैतिक दल, नेता, निर्वाचित सङ्घीय संसद्, प्रदेश सभा सदस्यहरूमा यो महाधिवेशनको अवधारणापुनः प्रष्ट पार्दछ साथै लिम्बुवान मुक्तिको हाम्रो माग पूरा गराउनका लागि हुने सबै खाले आन्दोलनहरूमा सक्रियतापूर्वकसहभागिताका लागि सबै याक्थुङ लिम्बु जनसमुदायमा हार्दिक आह्वान गर्दछ

२.भाषा आयोगको सिफारिसमा प्रदेश सभामा सैद्धान्तिक वहस भएको लिम्बु मैथिली सरकारी कामकाजको भाषा विधेयकअविलम्ब संशोधन सहित पारित गरियोस् मस्यौदामा दुविधायुक्त शब्द, वाक्यहरू आवश्यक संशोधन गरी उचतमप्रतिफलमुखी बनाइयोस भनी यो राष्ट्रिय महाधिवेशन जोडदार माग गर्दछ

३.याक्थुङ/लिम्बु आदिवासीहरूको थातथलो प्रथाजनित पुख्र्यौली आस्थाको पवित्र भूमि मुक्कुम्लुङमा केबलकार निर्माण गर्नराज्यले सशस्त्र सुरक्षा बल खटाइ मुन्धुमी आध्यात्मिक क्षेत्रको सैनिकीकरण गरी सन्त्रासपूर्ण वातावरण बनाएकाले राज्यले तीसुरक्षा फौज तुरुन्त हटाउन यो राष्ट्रिय महाधिवेशन जोडदार माग गर्दछ स्थानीय जनसमुदायको माग तथा २०८० माघ २५को सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार आइएलओ १६९ युएनड्रिपको मर्म भावना प्रतिबिम्बित हुने गरीमुन्धुमी स्थलमा केबल कार बनाउने परियोजना सरकारले तुरुन्त खारेज गर्न माग गर्दछौँ मुक्कुम्लुङ संरक्षणको क्रममासंरक्षणकर्ताहरूमाथि भएको राज्यको अपराधिक, हिंसात्मक दमनका कारण भएको भौतिक क्षति तथा मानव अधिकारहननका घटनाहरू उपर शिघ्र छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गरी अपराधीहरूलाई कानुनको दायरभित्रयथाशिघ्र ल्याउन माग गर्दछौँ साथै, पाथिभरा क्षेत्र विकास समिति खारेज गरी मुक्कुम्लुङ संरक्षण एवम् विकासको लागिमुक्कुम्लुङ मुन्धुमी आस्था स्थल/क्षेत्र संरक्षण तथा विकास समिति स्थापना गर्न जोडदार माग गर्दछौँ

४.याक्थुङ/लिम्बु आदिवासीहरूको मुन्धुमी स्थल इम्बिरी याङ्धाङवामा पूर्व सूचित स्वीकृति विना नै विभिन्न हाइड्रो पावरकोनाममा स्थानीय रैथानेहरूको जन जीवनमा समेत प्रत्यक्ष असर पर्ने, प्राकृतिक विनासको उच्च जोखिम बेहर्न पर्ने, मुन्धुमीस्थलनष्ट हुने भएकाले इम्बिरी याङधाङवा (तम्बर नदी) क्षेत्रमा निर्माणाधीन हाइड्रो परियोजनाहरूलाई २०८० माघ २५ को सर्वोच्चअदालतको निर्देशनात्मक आदेशको दायराभित्र ल्याई आवश्यक प्रक्रिया अघि बढाउन यो महाधिवेशन जोडदार माग गर्दछ साथै हाइड्रो पावर परियोजना अन्तरगतका मन्त्री परिषद्को निर्णय तथा वातावरण असर मूल्याङ्कनसँग सम्बन्धित स्वीकृति अनुमतिका आवश्यक आधिकारिक कागजपत्रहरू यथाशिघ्र सार्वजनिक गरी ती कागजपत्रहरूको वैधानिकता उपर छानविनगर्न आवश्यक छानविन समिति गठनको माग गर्दछौँ यस अवधिमा हाइड्रो पावरका सम्पूर्ण निर्माण कार्यहरू स्थगित गर्नसमेत यो महाधिवेशन माग गर्दछ

५.सङ्घ संस्था दर्ता ऐन २०३४ संशोधन विधेयक ल्याउने तयारी भइरहेको परिप्रेक्ष्यमा किरात याक्थुङ चुम्लुङ जस्ताआदिवासीजन्य सङ्घ संस्थालाई उक्त ऐन विधेयकले सम्बोधन गर्न नसक्ने भएकाले आदिवासी÷जनजातिका लागि छुट्टैआदिवासी अधिकार तथा सङ्घ संस्था ऐनआवश्यक भएको ठहर गर्दैआदिवासी अधिकार तथा सङ्घ संस्था ऐननिर्माणगरी जारी गर्न यो राष्ट्रिय महाधिवेशन माग गर्दछ

६.शाह वंशीय, निरङ्कुस पञ्चाती व्यवस्थाले लिम्बुवानका स्थान नामहरू परिमार्जित गरेकाले लिम्बुवानका स्थान नामहरूप्राचीन नाममा पुनस्र्थापित गर्न नयाँ राखिने स्थाननामहरू स्थानीय रैथाने आदिवासीको भाषाबाट राख्न यो महाधिवेशनजोडदार माग गर्दछ साथै, सम्पूर्ण याक्थुङ÷लिम्बु आदिवासीहरू स्थाननाम पुनस्र्थापना गर्न गराउन यो महाधिवेशन आव्हानगर्दछ

७.किरात याक्थुङ चुम्लुङको पहलमा याक्थुङ/लिम्बु भाषामा आधारभूत तह (कक्षा सम्म) देखि माध्यमिक तह (कक्षा१० सम्म) पठनपाठनका लागि पाठ्यव्रm बनिसकेको कक्षा सम्म ३५० भन्दा बढी लिम्बुवानका विद्यालयहरूमा पठनपाठन भइरहेको सन्दर्भमा आजका दिनसम्म सरकारले शिक्षक दरबन्दीको व्यवस्था नगरेकाले यो महाधिवेशन आश्चर्य व्यक्तगर्दै अविलम्ब शिक्षक दरबन्दी व्यवस्था गर्न यो महाधिवेशन जोडदार माग गर्दछ साथै, स्थानीय सरकारले स्थानीय शिक्षा ऐननिर्माण गरी मातृभाषा शिक्षा पठनपाठन कार्य गर्न यो महाधिवेशन माग गर्दछ

८.याक्थुङ भाषा तथा किरात सिरिजङ्गा लिपि आलेखनको विकासक्रम व्यवहारिक प्रयोगमा भइआएइको फरकपनसम्बन्धमा प्राज्ञिक विमर्श प्रयोग गदै लान यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दछ

९.किरात येले संवत्को प्रामाणिक काल गणना सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरी प्रयोग गर्दै लान यो महाधिवेशनप्रतिबद्धता व्यक्त गर्दछ

१०.याक्थुङ÷लिम्बु आदिवासीहरूको प्रथाजनित÷परम्परागत पुख्र्यौली भूमिलाई रैकरकरण, वनकरण गर्दै भूमि खोसिएकोमायो महाधिवेशन आपत्ति प्रकट गर्दै जनताका नाममा दर्ता भएका जग्गा बाहेकका सम्पूर्ण भूमि फिर्ता गर्न संवत् १८३१ कोसन्धी अनुरूप कायम गर्न यो महाधिवेशन जोडदार माग गर्दछ

११.याक्थुङ/लिम्बु आदिवासीहरूको सांस्कृतिक तथा ऐतिहासिक स्थलहरू अतिव्रmमण गर्ने, विकासको नाममा विनास गर्ने, हिन्दुकरण गर्ने, गलत इतिहास लेखन गर्ने जस्ता व्रmमहरू बढिरहेकाले यो महाधिवेशन यस्ता कार्य प्रति खेद प्रकट गर्दछ यस्ता कार्य नगर्न नगराउन उक्त स्थलहरूको संरक्षणको पहलकदमी लिन सवैमा यो महाधिवेशन अनुरोध गर्दछ    

१२.याक्थुङ/लिम्बु आदिवासीका सांस्कृतिक स्थलहरू (माङ्गेना यक, देवस्थल, यक्वा/चासोक स्थल, माङ्धाना/माङयुक्नाहरू, इत्नाम्भे (चौतारा) हरू, समाधि स्थलहरू आदि) ऐतिहासिक स्थलहरू (हाङपाङ, हाङयुक्ना, हाङपाङ यक) स्थानीय पालिकाहरूमा अभिलेखिकरण/सूचिकरण गर्न गराउन यो महाधिवेशन आह्वान गर्दछ

१३.राष्ट्रिय विभूति त्येअङ्सी सिरिजङ्गा, इमानसिंह चेम्जोङ फाल्गुनन्द लिङ्देनको योगदान जीवनी थप उजागर गर्नविमर्श तथा अध्ययन अनुसन्धान गर्न यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दछ

१४.किरात याक्थुङ चुम्लुङले किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको सहयोगमा कम्प्युटर (लिनक्स, माइक्रोसफ्ट, एप्पल/म्याक) युनिकोड किबोर्ड मोबाइल (अन्ड्रोइड) युनिकोड निर्माण गरिसकेकाले कियाचु दक्षिण कोरियालाई धन्यवाद ज्ञापनगर्दै यसको प्रयोगमा व्यपकता ल्याउन आम समुदायमा यो महाधिवेशनन हार्दिक आव्हान गर्दछ साथै किरात याक्थुङचुम्लुङले किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा याक्थुङ भाषा लिपिकोडिजिटलाइजेन गर्दै जान यो महाधिवेशन प्रतिबद्धता जाहेर गर्दछ

१५.जेनजी आन्दोलनले मुलुकमा विद्यमान वेथिति, विसङ्गति, भ्रष्टचार राज्यका निकायमा भएको चरम दलालीकरण दलीयकरण विरुद्ध सङ्घर्ष गरी तमाम शङ्का आशङ्क आशाका बिच मुलुकमा नयाँ मतादेश मार्फत् नयाँ सरकार गठनभएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रका सुन्दर पक्षहरूलाई अवलम्बन गर्दैै पहिचान सहितको समावेशी राज्य संरचनातथा ऐतिहासिक थातथलोको रक्षा सांस्कृतिक राजनीतिक अधिकार प्रवर्धनन गर्न नवनिर्वाचित सरकारले भूमिका खेलोस्भन्ने अपेक्षा राख्दछौँ जेन्जी जनआन्दोलन नेपाल सरकार बिच भएको सहमति कार्यान्वयनका लागि जेनजीप्रतिनिधिहरूसँग आवश्यक सहकार्य गरिनेछ आदिवासी जनजाति सम्बन्धी सवाललाई बृहत् बनाउँदै आदिवासी जेनजीप्रतिनिधि किरात याक्थुङ चुम्लुङले अभिभावक भूमिका सहित सहकार्य गर्नेछ हाम्रो मुद्दा अधिकारका सवालमा प्रतिकुलभए वा हुने खतरा देखिए सङ्घर्ष गर्न सबैखाले अधिकार पक्षधरहरूसँग सहाकार्य गरी निर्णायक सङ्घर्ष गर्ने प्रतिबद्धता योमहाधिवेशन व्यक्त गर्दछ

१६.पान्थर फेदेन बजारस्थित लिम्बुहरूको भावनासँग जोडिएको बहुचर्चित लिम्बुवान गेट वर्षअघि सडक विस्तारको क्रममाढलेको हुनाले त्यहाँको स्थानीय सरकारले जननस्तरबाटै उक्त गेट पुनः निर्माण गर्ने भन्ने निर्णय गरिएको उक्त गेटलिम्बुवानगेट निर्माण तथा सांस्कृतिकक सम्पदा संरक्षण परिषद्नामक संस्था मार्फत बन्न लागेकाले लिम्बुवान गेट निर्माण गर्न स्वदेशतथा विदेशमा रहनु भएका सम्पूर्ण याक्थुङ लिम्बुहरूले सहयोग पुर्याउन यो महाधिवेशन हार्दिक आह्वान गर्दछ

१७.याक्थुङ समुदायको मृत्यु संस्कार लगायतका विभिन्न संस्कारहरूमा देखिएकका विचलनहरूलाई सच्याउँदै याक्थुङमुन्धम निर्देशित परम्परा अनुसार मान्न मनाउन यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण याक्थुङ समुदायमा आव्हान गर्दछ साथै, सामूहिक समाधिस्थल निर्माण अभियानमा सबै चुम्लुङ शाखा तथा याक्थुङजन्य सङ्घसंस्थाहरूमा हार्दिक अपिलगर्दछौँ

१८.किरात याक्थुङ चुम्लुङको बाह्रौँ राष्ट्रिय महाधिवेशन सफल पार्न व्यवस्थापक जिल्ला कार्य समिति झापा, सहव्यवस्थापक कियाचु भद्रपुर नगर कार्य समिति लगायत विभिन्न नगर तथा गाउँ कार्य समितिहरू, होटल डेग्लो, होटलआनि, होटल डल्फिन जोन होटल देउराली, स्वयम् सेवक, भद्रपुर नगरपालिका वार्ड नं. का अध्यक्ष मनोज सुब्बा (गौरव), भद्रपुर नगरपालिका, कमल गाउँपालिका, विशसताक्षी नगरपालिका, हल्दीबारी गाउँपालिका, युवा व्यवसायी तथा समाजसेवीभद्रपुर निवासी राजकुमार राई, सञ्चारकर्मी, प्राविधिक सहयोगीहरू, सम्पूर्ण प्रतिनिधिहरू, पर्यवेक्षकहरू लगायत सबैलाई योमहाधिवेशन हार्दिक धन्यवाद ज्ञापन गर्दछ

कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा निवर्तमान अध्यक्ष प्रेम एक्तेन, वर्तमान अध्यक्ष गोबिन्द आङबुङ लिम्बू महासचिवतुम्याहाङले उत्तर दिएका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु