adv

बाल यौन दुर्व्यवहार तथा शोषण नियन्त्रण विषयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काकरभिट्टा । झापाको काकरभिट्टामा बाल यौन दुर्व्यवहार तथा शोषण नियन्त्रण विषयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाल जागरण मन्च नेपालको आयोजना र इक्प्याट लक्जम्बर्गको सहयोगमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मेचीनगर नगरपालिकाकी उप प्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा महिला जनचेतना केन्द्रकी सचिव भुवन सुब्बा,नव अभियानकी प्रतिनिधि गुरांगाईले सामाजिक सन्जालको बढ्दो प्रयोग र मोबाइलको प्रयोगले बढ्दै गएको बाल यौन शोषणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै डिजिटल सुरक्षाबारे परिवार,समाज र बिधालयबाट नै सचेतना बढाउनुपर्ने बताए ।

त्यस्तै पत्रकार तथा पुरूष सन्जाल मेचीनगरका अध्यक्ष मोहन काजी न्यौपानेले यस्ता विषयमा राजनितीक दल पनि सचेत हुनुपर्ने बताए । उनले राजनितीक आडमा कुनैपनि दोषीहरूलाई छाड्न नहुने  र राजनितीक सुरक्षा नदिन सुझाव दिए । नवयात्रापुनर्स्थापना केन्द्रका सन्चालक भीम क्षेत्रीले लागुऔषधको लतमा परेका बालबालिका शोषण, तस्करी वा यौन हिंसाको सिकार बन्ने बताए ।

बालजागरण मन्च नेपालका अध्यक्ष मणि कुमार लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इक्प्याट लक्जम्बर्गका तर्फबाट अमृता पौडेल कृति भट्टराईको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेचीनगर  नगरपालिकाकी महिला , बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल,नाइटचेस क्लबका तर्फबाट गोविन्द न्यौपाने,प्रहरी निरिक्षक विरेन्द्र कोइराला लगायत सरोकारवाला निकाय, सुरक्षाकर्मी, शिक्षक, अभिभावक ,पत्रकार तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।

मन्चका उपाध्यक्ष अनिता गुंरागाईले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव मदन अधिकारीले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु