adv

सिरिजंगा बन्यो १८औं आत्मानन्द गोल्डकपको च्याम्पियन

माङसेबुङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा सम्पन्न १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको च्याम्पियन मोरङको सिरिजंगा फुटबल क्लब बनेको

माङसेबुङ गाउँपालिका स्थित आत्मानन्द रंगशालामा बिहीवार सम्पन्न फाइनल खेलमा मोरङकै लेटाङ फुटबल क्लबलाई गोल अन्तरले हराउदै सिरिजंगा उपाधि चुम्न सफल भएको हो

खेलको निर्धारित समयमा दुबै टिमले गोल रहित बरावरी खेलेपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो टाईब्रेकरमा समेत बराबरी भएपछि नतिजा सडनडेथमा पुगेको थियो

प्रतियोगिताको विजेताले नगद लाख ११ हजार सय ७२ रुपैयाँ सहित ट्रफि, मेडल प्रमाणपत्र हात पारे भने उपविजेताले ट्रफी सहित नगद लाख ११ हजार सय ७२, मेडल प्रमाणपत्रमा चित्त बुझाए

व्यक्तिगत  विधातर्फ प्रतियोगिताको प्लेयर अफ टुर्नामेन्ट लेटाङका निरज परियार हुँदा उत्कृष्ट गोलकिपर सिरिजंगाका प्रनिशगच्छदार भए सिरिजंगाबाट संजय धिमाल सर्वाधिक गोलकर्ता भए भने उत्कृष्ट डिफेन्स विशाल भण्डारी उत्कृष्ट कोच चेतन खतिवडा भएका छन् यसैगरी उदीयमान खेलाडी आयोजक युथ अफ माङसेबुङका अनम लिम्बू गगन लिम्बू घोषित भए विजेता खेलाडीहरुले जनही हजार सय ७२ रुपैयाँका साथ ट्रफी प्राप्त गरेका छन्

विश्व शान्ति मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्दसेइङ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिता आत्मा पवित्र खेलकुद समितिको संयोजनमा भएको थियो भने युथ अफ माङसेबुङ सहसंयोजनको रुपमा रहेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु