
इलाम । इलामको देउमाई नगरपालिका – ५ मा ५८३ औं याहितिमा चपेती फियाक जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ भव्य रूपले मनाइएको छ ।
याहितिमा चपेती फियाक स्मृति समाजले आयोजना गरेको उक्त कार्यक्रम कार्तिक ९ र १० गते देउमाई नगरपालिका- ५ बारूङमा मनाइएको हो ।

दुई दिने उक्त कार्यक्रमको पहिलो दिन पुजा,धार्मिक अनुष्ठानका साथै तङसिङ गरिएको थियो । कार्यक्रमको दोश्रो दिन एक कार्यक्रमका बीच माङहिम प्रवेशद्वार गेट र माङहिमको शिलान्यास गरिनुका साथै फियाक वंश भित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मान र आजिवन सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा जग्गादाताहरू लाख बहादुर फियाक,अनीता लिम्बू राई ,रेशमान राई ,पदम कार्की र तिलक तामाङलाई पनि सम्मान गरिएको थियो ।

देउमाई नगरपालिकाका प्रमुख सूर्य प्रसाद पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा भगवती माबिका प्रधानाध्यापक युबराज चौलागाईं,नागेश्वरी आधारभूत बिद्यालयका प्रधानाध्यापक लीला प्रसाद चौलागाईं ,नेपाल आदिबाशी जनजाति महासंघ वार्ड नः५ का अध्यक्ष जगत लिङदेन,समाजसेवी तथा बुद्दीजीबी हर्क फियाक, याक्थुङ फियाक सयङ सन्जुम्भोका प्रमुख सल्लाहकार धन कुमार फियाक,मिकलाजूङ गाऊँपालिका वार्ड नः ३ का अध्यक्ष जीबनहाङ फियाक,देउमाई नगरपालिका वडा नः ५ का अध्यक्ष तिलक बहादुर हेम्जल आदिले शुभकामना मन्तव्य राख्दै चापेती फियाकको योगदान आजको पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै युवा पुस्ताले संस्कृतिको र पुर्खाको सम्झना र सम्मानमा यस्ता कार्यक्रमहरू गरिरहनुपर्नेमा जोड दिए ।

गायिकाहरू गंगा फियाक,मिरा फियाक गायकहरू तन्दन किशोर फियाक,माइकल फियाक, कृष्ण फियाक,अप्सन तुम्बाहाम्फे साथै स्थानीय कलाकारहरुले सांगितीक प्रस्तुतिहरू र नृ्त्यहरू प्रस्तुत गरेका थिए ।
याहितिमा चपेती फियाक स्मृति समाजका अध्यक्ष गजेन्द्र फियाकको अध्यक्षकतामा सम्पन्न कार्क्रममा स्वागत याक्थुङ फियाक सयङ सन्जुम्भो केन्द्रिय समितिका उपाध्यक्ष गजेन फियाकले गरेका थिए ।

याक्थुङ फियाक सयङ सन्जुम्भो केन्द्रिय समितिका अध्यक्ष नरेन्द्र कुमार फियाकले याहितिमा चपेती फियाकको जीवनी प्रस्तुत गर्दै कार्यक्रमको औचित्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भुमिका फियाक लिम्बूले गरेकी थिइन् ।

