adv

मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु

२२ मंसिर,मेचीनगर काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताआजबाट शुरु भएको

काँकरभिट्टा मावि र आदर्श मावि बिच भएको आजको उद्घाटन खेलमा दुबै टिम २-२ को बराबरीमा सकिएको थियो ।टाइब्रेकरमा काँकरभिट्टा माविले आदर्श माविलाई ४-२ को अन्तरले पराजित गर्यो । आजको खेलको प्लेयर अफ द म्याच आदर्श माविका सुमन दर्जी घोषित भए ।

प्रतियोगितामा मेचीनगरका १२ वटा विद्यालयहरूको सहभागिता रहने छ । काँकरभिट्टा खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको फाइनल मंसिर २९ गते हुनेछ ।

मेचीनगर खेलकुद बिकास समितिका अध्यक्ष हृदयलाल राजवंशीको प्रमुख आथित्यत्यतामा सम्पन्न उद्घाटन कार्यक्रममाझापा जिल्ला फुटबल संघका महासचिव शेर बहादुर बस्नेत, काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरूङ,नेपाल यातायात मजदुर संघका अध्यक्ष राजकुमार सुवेदी लगायतको आतिथ्यता रहेको थियो

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको अध्यक्ष नवराज ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सेन्टरकी सदस्य भूमिका फियाक लिम्बूले गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु