adv

मेचीनगर अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि इष्ट होराइजनलाई

काँकरभिट्टा । तेश्रो मेचीनगर अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीले जितेको छ ।
सोमबार सम्पन्न फाइनलमा आदर्श मावि इटाभट्टालाई ३-० गोल अन्तरले पाखा लगाउँदै होराइजनले उपाधि हात पारेको हो ।

उपाधिसँगै इष्ट होराइजनले नगद २१ हजार, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको आदर्श माविले नगद ११ हजारमा चित्त बुझायो ।
विजेता इष्ट होराइजनका लागि नयन प्रधानले २ र आर्यन चौधरीले १ गोल गरे ।फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता इष्ट होराइजनका नयन प्रधान घोषित भए ।

विजेतालाई झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले, मेचीनगर-६, का अध्यक्ष ललितबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आदर्श माविका कप्तान सुमन दर्जी घोषित हुँदै नगद १ हजार पाँच सय र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपाधीसमेत आदर्शका कप्तान दर्जीले जिते । उनले प्रतियोगिता अवधिभर ४ गोल गरे ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर इष्ट होराइजनका पृन्स थाम्सुहाङ्, उत्कृष्ट डिफेन्डर आदर्श माविका उज्ज्वल कटुवाल, उत्कृष्ट मिड फिल्डर इष्ट होराइजनका आविष्कार लिम्बु, उत्कृष्ट फर्वाड इष्ट होराइजनका आर्यन राजवंशी घोषित भए । उनीहरुले नगद ११ सय र प्रमाणपत्र प्राप्त गरे ।

उनीहरूलाई प्रमुख अतिथि मेचीनगर वडा न : ४ का अध्यक्ष ललित बहादुर तामाङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा,महासचिव शेर बहादुर बस्नेत, काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ,उपाध्यक्ष राजु पौडेल,नेपाल यातायात मजदुर संघका कोषाध्यक्ष अनिल गुप्ता,मेचीनगर खेलकुद विकास समितिका सदस्य मान बहादुर तामाङ,महिला फुटबल प्रशिक्षक कर्ण थापा मगर तथा यु २३ राष्ट्रिय पुरूष फुटबलका प्रशिक्षक सचिन्द्र धिमाल, झापा जिल्ला फुटबल प्रशिक्षक दिपक कार्की आदिले पुरस्कार वितरण गरेका थिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीको अध्यक्षकतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष अशोक कुमार राईले गरेका थिए भने सञ्चालन सदस्य भुमिका फियाक लिम्बूले गरेकी थिइन् ।

पुस २२ देखि २९ सम्म आयोजित प्रतियोगितामा नगरका १२ विद्यालय सहभागी थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु