adv

नारी सञ्चार गृहद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

बिर्तामोड । झापाली महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रमसम्पन्न गरेको छ। झापाको बिर्तामोडस्थित साइ पार्टी प्यालेसमा आइतबार आयोजित कार्यक्रममा नयाँ वर्ष २०८३ को क्यालेन्डर विमोचन गर्नुका साथै शुभकामना आदानप्रदान गरिएको हो

नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, आदिवासी जनजाति पत्रकार संघ झापाका अध्यक्ष अर्जुन राजवंशी, प्रेस सेन्टर नेपाल झापा अध्यक्ष पुष्प खड्का, प्रेसचौतारी नेपाल झापा अध्यक्ष प्रदीप परियार, एबीसी नेपालकी केन्द्रीय सदस्य कञ्चना ढकाल सिटौला, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, नेपाल उद्यमशिल महिला संघ झापाकी अध्यक्ष  पार्वता बिमली लगायतले शुभकामना मन्तब्य राखेका थिए

कार्यक्रमकी प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी पूर्व भण्डारीले महिला पत्रकारको संस्था नारी सञ्चार गृहले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि महिलाको क्षमतावृद्धि कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरिन् उनले कोशी प्रदेश सरकारसंगको समन्व्यमा १४ वटै जिल्लाका महिला पत्रकारहरुको क्षमता वृद्धिका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाइन्

कायर्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले महिला पत्रकारहरुलाई सक्रिय रुपमा पत्रकारितामा टिकाउनका लागि के गर्नुपर्छ भन्ने विषयमा आवश्यक पहल गर्न आग्रह गर्दै त्यसका लागि पत्रकार महासंघको तर्फबाट आवश्यक सहयोग गर्नआफुहरु तयार रहेको प्रतिबद्धता जनाए

कार्यक्रमकै बीच क्यालेन्डर प्रकाशनमा सहयोग गर्ने बीज इन्टरनेसनल एजुकेशन सर्भिस बिर्तामोडका सञ्चालक अशोकभण्डारीलाई सम्मान गरिएको थियो उनले नारी सञ्चार गृहको क्यालेन्डर प्रकाशनमा सहयोग गरेका थिए उनले झापाली महिला पत्रकारहरुको सक्रियतालाई सहयोग गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत आफुले सहयोग गरेको बताए

कार्यक्रममा सञ्चारकर्मीहरूसँगै विभिन्न संघ संस्थाको नेतृत्व गर्ने महिला नेतृहरुको उल्लेख्य सहभागिता थियो कार्यक्रममा उपाध्यक्ष जोश्ना श्रेष्ठले स्वागत गरेकी थिन् भने कार्यक्रमको सञ्चालन संस्थाकी सचिव दीपा पोखरेलले गरेकी थिइन् 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु