मिक्लाजुङ । पाँचथरको मिक्लाजुङमा तेस्रो आमन्त्रित मिक्लाजुङ भेट्रान कप २०८२ हुने भएको छ । आइतबार दमक ६ मा रहेको किनपुज क्याफेको सभाहलमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएका थिए ।
मिक्लाजुङ गाउँपालिका ५ स्थित पाङतुवा खेल मैदानमा हुने प्रतियोगिता चैत २६ देखि २८ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट कोचले ट्रफि तथा प्रमाणपत्र पाउनेछन् ।
मिक्लाजुङ भेट्रान्स क्लबको आयोजनामा आयोजित प्रतियोगितामा पाँचथरका २ टिम सहित इलामको ३ र झापाको १ टिमको सहभागिता रहने आर्थिक संयोजक तथा खेल संयोजक सम्झना राईले जानकारी दिए ।
प्रतियोगिताको टाइसिट चाँडै सार्वजनिक गरिने क्लबका अध्यक्ष बाल कुमार लावतीले बताए । उनका अनुसार विभिन्न चुनौतीका कारण प्रतियोगिता आयोजना गर्न समस्या भईरहे पनि प्रतियोगितालाई निरन्तरता दिदै पुरस्कार राशि बृद्धि गर्दै जाने योजना रहेको छ ।
प्रतियोगिताको पहिलो संस्करणको विजेता दमक झापा हो भने दोस्रो संस्करणको विजेता बौद्ध भेट्रान पाँचथर रहेको छ ।


