adv

बाल यौन शोषण तथा नियन्त्रण विषयक तालिम सम्पन्न


काँकरभिट्टा।
झापाको काँकरभिट्टामा आयोजित तीन दिने “
बाल यौन शोषण तथा नियन्त्रणविषयक TOT तालिम सम्पन्न भएको छ ।

बाल जागरण मन्च नेपालको आयोजना र इक्प्याट लक्जम्बर्गको सहयोगमा उक्त तालिम आज सम्पन्न भएको हो ।  चैत्र १९ गतेदेखी आयोजित तालिममा क्याम्पसका अध्यनरत बिधार्थीहरू तथा बिभिन्न क्षेत्रमा सक्रिय २५ व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमको सहजिकरण मेचीनगर नगरपालिकाकी महिला विकास तथा बालबालिका शाखाकी अधिकृत जयन्ती खरेल, इक्प्याटको दक्षिण एसियाकी कार्यक्रम संयोजक अमृता पौडेल र इक्प्याट नेपालकी कार्यक्रम प्रमुख कृति भट्टराईले गरेका थिए ।

तालिममा बाल अधिकार, बाल संरक्षण, बाल श्रम,बाल बिबाह, अनलाइन माध्यमबाट हुने बाल यौन दुर्व्यवहार, साइबर ग्रुमिङ, मानसिक उत्पीडन ,बालबालिका माथि हुने शारीरिक मानसिक दुर्व्यवहार यौन दुर्व्यवहार र न्युनीकरण सम्वन्धी तालिम दिइएको थियो । साथै यस्ता घटनाको पहिचान, दर्ता, उद्धार मनोसामाजिक सहयोगको व्यवस्था घटना व्यवस्थापनमाप्रत्यक्ष संलग्न संयन्त्रहरू केके हुन्, घटना दर्ता प्रक्रियाका चरणहरू, बालबालिकाको उजुरी कहाँकहाँ दर्ता गर्न सकिन्छ, सरोकारवालाहरूको भूमिका तथा जिम्मेवारी लगायतका विषयमा जानकारी दिइएको थियो ।

बालबालिकाको गोपनीयताको संरक्षण, बालमैत्री व्यवहार, अदालती प्रक्रियामा बालबालिकालाई सहज वातावरण कसरीप्रदान गर्ने भन्ने विषयमा पनि सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु