adv
adv

यी व्यक्तिलाई सलाम छ, जसले ३६ वर्ष लगाएर तीनवटा पहाड फोडेर गाउँमा पानी ल्यायो

चीनको गुइजहाउ प्रान्तमा रहेको सानो गाउँको जीवनस्तरलाई सुधार्नका लागि ह्वाङ दफाले १० किलोमिटर लामो पानीको नहर बनाउन तीनवटा पहाड ३६ वर्षमा फोडे ।
सन् १९५९ देखि कोआवाङ्बा गाउँका प्रमुख ह्वाङ दाफाले उक्त योजना सुरु गर्‍यो ।
त्यसका लागि उनले आफ्नो जीवनको ३६ वर्ष कडा परिश्रममा लगाएर पूरा गाउँलेका लागि २४ औं पानीको सुविधा प्रदान गरे ।

उक्त नहर गाउँमा आउनुपूर्व कोआवाङ्बाको वरिपरि र त्यहाँका बासिन्दाका लागि पर्याप्त पानी थिएन । पूरै गाउँमा एउटा मात्र इनार थियो जहाँबाट पर्याप्त पानी लिन पाइँदैनथ्यो। एकजनाले धेरै पानी लिँदा अर्काको भागमा अलिकति पनि नरहने डर थियो ।
‘उक्त इनारबाट धेरै पानी लिन नै नपाइने नियम बनाइएको थियो । यदि कसैले यस्तो गरे, कसैको भागमा बिहानको नास्ताको लागि पनि पानी नहोला भन्ने डर थियो । त्यहाको स्थितिले निकै विकराल थियो । त्यसकारण उनले गम्भीर समाधानको खोजी गर्‍यो ।

ह्वाङ दाफाले आफ्नो गाउँबाट केही किलोमिटर टाढा र तीनवटा पहाडले छुट्याएको एबियाओ गाउँबाट पानी ल्याउने कुरा गर्दा सुरुमा धेरैले उक्त योजनालाई असम्भव बताए ।
योभन्दा अरु उपाय नभएको भनी ह्वाङले आफू यसमा आशावादी भएको बताउँदै केही युवालाई यसमा विश्वास दिलाएर उनीहरुको सहयोगमा सन् १९५९ देखि आफ्नो परियोजनामाथि काम गर्न सुरु गरे । उनी त्यतिबेला २३ वर्षका थिए । तर स्थिती निकै अप्ठेरो थियो । दाफाले आफ्नो मानिसहरुलाई निकै अप्ठेरो र डरलाग्दो कामका लागि नेतृत्व गर्नु थियो ।
ह्वाङले काम गर्दाको सुरुवाती दिनलाई सम्झँदै भने, ‘मैले आफूलाई ३ सय मिटर अग्लो ठाडो भीरमाथि रुखमा बाँधिदिए र एक फड्को मारे । यदि मैले यो साहस नदेखाएको भए कसैले पनि गर्दैनथे ।’ तर उनको साहस देखेर पनि धेरैले उनीजस्तै गर्न हिम्मत गरेनन् किनभने त्यो काम निकै डरलाग्दो थियो ।
गाउँलेले हाते औजार प्रयोग गरेर १०० मिटर सुरुङ खन्न १० वर्ष लगाए । उनीहरुको एक दशकको मेहनतले केही रंग ल्याएन किनभने पानी उनीहरुले सोचेजस्तो बगेन । ह्वाङले आफ्नो संकल्प बलियो भएपनि पानीको बाटो र सिँचाईसम्बन्धि ज्ञान नभएको थाहा पाए त्यसकारण उनले जुन्विज फेङजियाङ टाउनमा वाटर–सिस्टम इन्जिनियरिङको केही वर्ष पढाई गरे ।

उनी सन् १९९० मा पुनः फर्किए र गाउँलेलाई प्रयास गर्न दोस्रोपटक आग्रह गरे । उनीहरुले प्रस्ताव स्विकारे र वाटर च्यानलको काम पुनः सुचारु भयो । ह्वाङ दाफाको नेतृत्वमा गाउँलेले उनीहरुले राम्रो प्रगती गरे । उनी पहाडमा काम गर्दा गर्र्दै उनकी छोरी र नातीको मृत्यु भयो ।
‘मेरी बहिनी मृत्युशय्यामा हुँदासमेत बुवा घरमा हुनुहुन्थेन,’ उनका ५३ वर्षीय छोरा ह्वाङ बिन्क्वानले चाइना डेलीलाई भने । ‘यदि उहाँ निर्माणस्थलमा नभए उक्त काममा लागिपरेका समूहलाई कसरी काम गर्ने भन्ने थाहा हुँदैनथ्यो ।

’सन् १९९५ मा ७ हजार २ सय मिटर लामो नहर अन्ततः पूरा भयो र कोवावाङ्बामा पानी बग्न थाल्यो । यो पानी अन्य तीन गाउँमा बग्छ । यसको नाम दाफा च्यानल राखिएको छ–मास्टरमाइन्डको सम्मानमा ।
‘म कोआङबामा पानी ल्याउन प्रतिबद्ध थिएँ । त्यतिबेलादेखि मानिसहरुसँग प्रशस्तै खानेकुरा भए । भरी पेटको अर्थ शान्त दिमाग,’ ८२ वर्षीय ह्वाङ दाफाले भने । ‘विकासका लागि केही गर्न सक्छौं भने त्यो अवश्य पनि गर्नुपर्छ । हामीले कसैले गरिदेला भनेर सोच्नु हुँदैन । केही नगरी मेरा दर्जनौं वर्ष यत्तिकै खेर जान्थे ।’

इसिएनएसको रिपोर्ट अनुसार उक्त वाटरवेले लगभग १ हजार २ सय मानिस लाभान्वित भएका छन् भने धानको उत्पादनमा २५ किलोबाट ४ लाख किलो प्रतिवर्ष वृद्धि भएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु