मलिसा याक्थुङ्बा
९ फागुन, दमक ।
“खुने?ग हाःप्पाइ” नाटकको नाटककार खुसुहाङ ताम्लिङ (प.सुक्खिम, दराप) हुन् । १३५ पेजमा १९ अंकमा विभाजित यो नाटकसन् २०२० मा नाटककार स्वयमले प्रकाशन गरेका छन् भने भूमिकामा वरिष्ठ तथा मुर्धन्य साहित्यकार बिबि मुरिङ्ला उभिएका छन्, चट्टान भएर र पहिलो गीति नाटक भनेर ओकलेका छन्। सबै सम्वादहरु एकै छन्द (लोकछन्द) अथवा परङ्गा साम्भाङ्/पेन्युक् तङ्इत्साम्मिलाले मात्र व्यवस्थित गरेका छन् ।
पात्र विभाजन जे भएपनि नाजमहाङ र इन्चोमा नै मुख्य देखिन्छन् । मलाई लाग्छ, यो गीति नाटक लिम्बुभाषामा पहिलो गीति नाटकहुन् ।
(क) नजरमा कथा सार :
– नाजमहाङको कान्छि श्रीमति इन्चोमा, घरमा दुःख भएपनि चुला छुट्याएर बस्नु, उनको लागि ससुराबाले ऋण खोजि दिनु, नातिहरुलाई गाना सुनाउनु, इन्चोमाले आफ्ना श्रीमानभन्दा राम्रो केटो छानेर साथीकै सल्लाह अनुसार घरमा झुक्याएर पोइल जानु, यत्ता ससुराबा सिकिस्त विमार भई परमधाम जानु, कार्जे गर्नु, छोरि तेनोमालाई क्याम्पस पढ्न गान्तोक लैजानु र पढाईको खर्च दुःखगरेर जुटाउनु, पढ्दा–पढ्दै ज्वाई पाउनु, जागिरे हुनु, लालबजारको दोकानमा इन्चोमाले गरिब नजरमा बेपार गर्नु र तेहाँ गएर सामानकिन्नु तर पुराना श्रीमानले नचिन्नु, इन्चोमाको घरमा महोन नयाँ श्रीमानले मातेर आई सुनको सिक्रि खोसाउनु, कुटाई पाउनुको पीडालेघर त्याग्नु, बौलारुपि जीवन इन्चोमा बन्दै गएर दरापको पुराना श्रीमानको घरमा पुग्नु र सम्वादमा मात्र तेनोमा छोरिले नचिन्नुकथासार छन् ।
(ख) नजरमा अर्को अचम्म नजर :
– यो गीति नाटकमा देखिएका केहि पात्रहरु हराउदै जानु र निरन्तरतामा अभाव रहनु, तेनोमा १२ कक्षा पास गरेपनि साना बच्चाहरुजस्तो देखाउनु, थाहै नपाई ज्वाई आउनु, उपस्थित बिना पुराना आमा सम्वादमा पुग्नु जादुमय जस्तो देखिन्छन् । सिचुएसन सम्वादमैराखेको देखिन्छन् ।
(ग) नजरबाट अर्को नजर :-
– सिचुएसन समेत छन्दबाट व्यवस्थापन हुनु, सम्वादमा प्रायः तेश्रो दृष्टिविन्दुमा प्रयोग हुनु, गीति नाटकमा पालाम्, ख्याली, हाक्पारे, ताम्अके आदि नपाउनु, खलपात्रता कमजोर रहनु, अलङ्कार र व्यञ्जना प्रयोगमा कम हुनु, सहायक पात्रहरु हराउँदै जानु, पात्रहरुअधिक हुनु र व्यवस्थापन हुन नसक्नु देखिन्छन् । सिचुएसनलाई अछन्द भए राम्रो हुन्थ्यो र सम्वादमा नलगाई छुट्याएर राखे, राम्रो।
(घ) नजरदेखि वादसम्म :-
– सामाजिक विसंगतिवादमा राख्न पनि अलिक अपुग, स्वैरकल्पनावादि भन्न पनि नहुने, सामाजिक यथार्थवादतिर अलिलि हुनु रपात्र कन्टिन्युटि निरन्तरताबाट फुत्किन खोज्ने यो गीतिकाव्यको धरातल राम्रो रहेता पनि चर निर्माण ताका ढुङ्गा खापहरुमा अपुग रअङ्खोट नै देखिन्छन् । द्वन्द्व व्यवस्थापनमा अलिक कमसल छन्, आर्थिक र सामाजिक द्वन्द्वको रुपमा । स्थान, परिवेश तथावातावरण र समयहरु कत्ता–कत्ता भत्किएका छन् । पात्रहरुलाई व्यवस्थापन गर्न सकिएको छैनन् किनकि गीति नाटकमा धेरैपात्रहरुको व्यवस्थापन अलिक गारै हुन्छ । शुरुका पात्रहरु र अन्त (क्लाइमेक्स्)का पात्रहरु जोडिनु पर्दथ्यो जोडिएन । दृष्यमाखलपात्रको उपस्थिति कमजोर रहेका छन् भने सहायक पात्रहरु अलिक बढि उपयोगमा छन् । वियोगान्त हुँदै संयोगान्तमा अन्तगरिएजस्तो देखिने नयाँशिल्पका नाटक भने मान्न सकिन्छ ।
(ङ) नजरले अन्तमा :-
– एसरि नै शिर्षक सार्थकताको अभावलाई पुर्ति गर्न अलिक नसके जस्तो देखिए पनि र सिचुएसन सम्वादमै राखिएता पनि यो गीतिनाटकको भाषाशैली र काव्य प्रयोगमा सफल छन् ।
– “खुने?ग हाःप्पाइ” गीति नाटकको नाटककार खुसुहाङ् ताम्लिङ्को थप प्रगतिको कामना गर्दछु । हार्दिक शूभकामना ।
……….
कृतिको नाम :- खुने?ग हाःप्पाइ
नाटककार :- खुसुहाङ ताम्लिङ्
मुल्य :- भारु. ३००/-
प्रकाशन वर्ष :- २०२०
पेज :- १३५
टाइप :- शसिहाङ्मा लिम्बु
दराप, पश्चिम सुक्खिम