adv

आइएमई लाईफको ब्रान्सस्टार अवार्ड कार्यक्रम सम्पन्न

दमक, ९ फाल्गुन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिको दमक शाखा सहित गौरदह र उर्लाबारी उपशाखाको संयुक्त आयोजनामा ब्रान्सस्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ

कार्यक्रममा विभिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो । अवार्ड प्राप्त गर्नेहरुमा दमक शाखाबाट सेल्फ कोडमा पहिलो हुन सफल सम्झना राई, दोस्रो मनु साङपाङ राई, तेस्रो झरना लक्सम र टिमबाट पहिलो हुन सफल मनु साङपाङ राई, दोस्रो रुपा सेलिङ, तेस्रो पुनम सुब्बा रहेका छन ।

त्यस्तै उर्लाबारि उपशाखाबाट सेल्फ कोडमा टप धनमाया वनेम, टिमबाट टप गोमा दाहाल लगायत गौरदह उपशाखाबाट टप सेल्फ कोडमा बिनु कार्कि, टिमबाट रुपा सुवेदिलाई ब्रान्च स्टार अवार्ड प्रदान गरिएको थियो ।

मंगलबार द रिभर भ्यू रिसोर्ट बोटल हाउसको सभाहलमा आयोजित अवार्ड कार्यक्रम आइएमई लाइफ इन्स्योरेन्स कम्पनिका दमक शाखा प्रमुख ङिमा शेर्पाको अध्यक्षतामा तथा आइएमई लाइफ इन्स्योरेन्स कम्पनिका प्रदेश १ प्रमुख मिलन दाहालक‍ो प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दमक शाखाको तर्फबाट रुपा सेलिङ, उर्लाबारि उपशाखाको तर्फबाट हेमकला न्यौपाने, गौरदह उपशाखाको तर्फबाट बिनु कार्कि सहित डबल एमडिआरटि याम राई, पथरि शाखा प्रमुख चन्द्र राई लगायतले मन्तव्य राखेका थिए ।

चिफ एजेन्सि मेनेजर मनु साङपाङ राई र उर्लाबारि उपशाखा प्रमुख विष्णु दवाडिले कार्यक्रमको सञ्चालन गरेका थिए भने कम्पनिका एड्भाइजर लक्कि सिटौलाले स्वागत मन्तव्य राखेकि थिइन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु