adv

मुन्धुविद रन्धोज नेम्बाङको शालिक अनावरणसँगै पुस्तक विमोचन

दमक मुन्धुम तथा किरात ज्योतिष शास्त्रका प्रतिपादक रन्धोज नेम्बाङरङसाङको शालिक अनावरण तथा पुस्तक विमोचन गरिएको 

दमक दुम्से स्थित चुलाचुली ढुङ्गे सडकमा निर्माण भएको शालिक नेम्बाङको १०९औं जन्म जयन्तीको अवसरमा एक कार्यक्रमकाबीच अनावरण गरेको हो यसका साथै कार्यक्रममा नेम्बाङको जीवनीमा आधारित पुस्तक मुल्याङकन ग्रन्थ विमोचन गरिएको थियो

रन्धोज स्मृति प्रतिष्ठानका अध्यक्ष दलबहादुर नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि याक्थुङ नेम्बाङ समाज नेपालका केन्द्रिय अध्यक्ष प्रिय कुमार नेम्बाङ, विशिष्ट अतिथि साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठ, दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई, दमक वडाध्यक्ष नवीन बराल लगायत विभिन्न क्षेत्रका बौध्दिक व्यक्तिहरुको उपस्थिति रहेको थियो

लिम्बु समुदायको भाषा, धर्म, संस्कृति, परम्परा मुन्दुमसम्बन्धी ज्ञानलाई दस्तावेजीकरण संरक्षण गर्ने काममा अतुलनीय योगदान पुर्याएका नेम्बाङलाई मुन्धुमविद, समजसेवी, शिक्षाप्रेमी, इतिहासकार अध्येता, साहित्यप्रेमी, शब्दकोषकार, चित्रकार, मूर्तिकार, लिपिआविश्कारक, व्याकरणचार्य, भाषाशास्त्री, अमाल प्रशासनका प्रणेता, प्रथम लिम्बू गध लेखक, कर्मकाणडका प्रणेता, प्रजातान्त्रिक ज्योतिष योद्धा, महागुरुका स्वकीय सचिव प्रखर योद्धा, अथक परिश्रमी, युग स्रष्टाका रुपमा चिन्ने गरिन्छ

कार्यक्रममा पाँचथरका संचारकर्मी तथा साहित्यकार मलिसा याक्थुङबा, ललितकला विधामा मुर्तिकार ज्ञानोदय लावाती, साहित्य अनुवाद विधामा सिक्किम भारतकी डा. कमला तामाङ, लिम्बु भाषा साहित्य विधामा तेजमान सुब्बा (ताक्कन्छावा), साहित्य विधामा भारतका गौरी नेम्बाङ, समन्वयकर्ता, लेखन तथा संचार विधामा देविलाल प्रधान तामापत्र सहित सम्मान गरिएको थियो

स्रष्टा सम्मानसँगै कर्यक्रममा साहित्य वाचन, कवि गोष्टी तथा विभिन्न सांस्कृतिक कार्यक्रम भएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु