adv

यक्सोको सम्झनाको चुमोलुङ्मामाथि परिचर्चा

दमक । कवि रोशन यक्सोको कविता कृति सम्झनाको चुमोलुङ्मा बारे शनिबार झापाको दमकमा परिचर्चा कार्यक्रम सम्पन्न भएको

किरात मुन्धुम प्रतिष्ठानको आयोजना फरक आयामको सहआयोजनामा सम्पन्न परिचर्चा कार्यक्रममा कवि द्वय अभागी थेगुबा देशु वनेमले कृतिमा समावेश कविताका बारे बोलेका थिए

चोमु शेर्पा खुशीले सहजीकरण गरेको कार्यक्रममा बोल्दै वनेमले भने –‘छोटा कविता पनि गहकिला, लामा कविता पनि अल्छी नलाग्ने किसिमका छन् बन्धन मुक्त आकासमा उडेको अनुभूति हुने कविता

कविता मार्फत कविले पहिचानको व्यापक खोजी गरेको अर्का वक्ता थेगुवाको भनाइ थियो उहाँ पहिचान बारे स्पष्ट हुनुहुन्छ कविता सिर्जनाको केन्द्र विन्दुमा पहिचानको खोजी रहेको ’, थेगुवाको जिकिर थियो

परिचर्चाका बीच यक्सोको कृतिबाट क्रमशः ददि अज्ञात, चन्द्र सम्बाहाम्फे, रिता पोख्रेल, तिलक राई, अबि चेम्जोङ सञ्जय राईले कविता वाचन गरेका थिए

प्रतिष्ठानका अध्यक्ष एवम् प्रज्ञ मुनाराज शेर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि रहेकी प्राज्ञ सुमित्रा वाङ्देल चेलीले कविको कृतित्वबारे चर्चा गर्दै पुस्तकबाटै कविता वाचन गरेकी थिइन्

विवश बलिभद्र कोइरालाले सञ्चालन गरेको औपचारिक कार्यक्रमका बीच स्रष्टा धनकुटे कान्छा दिल भूटानीले शुभकामना दिएका थिए भने साङ्सेन पन्धाकले स्वागत गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु