adv

पाराबारीमा साहित्य कला भाषा तथा संस्कृति प्रवर्द्धन कार्यक्रम सम्पन्न

गोविन ल्वागुन, शिवसताक्षी  झापाको शिवसताक्षी पाराबारीमा साहित्य कला भाषा तथा संस्कृति प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको शनिबार वडा नम्बर समितिको आयोजन तथा नाइन स्टार युवा क्लबको सहजीकरणमा भएको कार्यक्रममा वडाभित्रका सामुदायिक तथा संस्थागत विधालयबाट २५० जना विधार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । 

साहित्य कला भाषा तथा संस्कृति प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा आधारभुत तह देखि सम्मको समूहमा, र १० कक्षाबाट अर्को समूह साथै खुल्ला प्रतिस्पर्धाबाट गायन कविता वाचन प्रतियोगिता भएको थियो सबै विधामा प्रथम, द्दितिय र तृतीय हुने प्रतिस्पर्धीहरुलाई आकर्षक पुरस्कार ट्रफी  प्रदान गरिएको थियो

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्मा, सभाध्यक्ष वडा का वडा अध्यक्ष भाष्कर न्यौपाने लगायत अथितिहरुले पुरस्कार वितरण गरेका थिए

सोहि अवसरमा वडा मा साहित्य कला भाषा तथा संस्कृति गीत सङ्गीत क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका गीतकारहरु बबिन्द्र नेम्बाङ, सञ्जय राई(वाम्बुले), गायिकाहरु लोचना लावती शेर्मा, मनिता लिम्बू योङहाङ, सर्जक जीतबहादुर लिम्बू सिङगक, प्रेम दुमी राईलाई स्रष्टा सम्मान गर्दै सम्मान पत्र, दोसल्ला मायाको चिनो उपहार प्रदान गरी सम्मानित गरिएको थियो कार्यक्रममा विभिन्न संघसंस्था, सामाजिक, शैक्षिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो

कार्यक्रममा नाईन स्टार युवा क्लबका गणेश वाम्बुले राई साथै विष्णु भट्टराई, इन्द्र तामाङगले शुभकामना मन्तव्य राखेका थिए भने बिसि बोर्डिङले साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो

कार्यक्रममा विराट किराती, अभागी थेगुवा, विवशबलिभद्र कोइराला, सेलिङ केसी, दिलिप घिमिरे तथा नाईन स्टार युवा क्लबका अध्यक्ष शेरबहादुर तामाङ्ग लगायतको सहभागिता रहेको थियो ज्येष्ठ नागरिक समाज भवनमा भएको कार्यक्रमको संचालन सञ्जय राई वाम्बुले गरेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु