adv

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) को ८७ औं जन्मदिनको अवसरमा माङगेन्नासहित कविता वाचन गरेर मनाइएको

आइतबार झापाको दमकमा मुन्धुम अनुष्ठानबाट चर्चित कवि वैरागी काइँलाको माङगेन्ना गरेर (शिर उठाएर) सुरु भएको कार्यक्रममा स्रष्टाहरुले काइँलाका नेपाली साहित्यमा प्रख्यात कविताहरु वाचन गरेका थिए कार्यक्रमको सुरुवातमा वरिष्ठ साहित्यकार लछामी सेर्मा पापोले माङगेन्ना मुन्धुम वाचन गरेर काइँलाको माङगेन्ना उठाएका थिए

नेपाल लिटरेरी ग्रुपको आयोजना, किरात मुन्धुम प्रतिष्ठान फरक आयामको सहकार्यमा सम्पन्न कार्यक्रमबीच कवि तथा गजलकार शिव रेग्मी प्रणतले कवि वैरागी काइँलाको मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित वाचन मात्रै गरेनन्, आयामेली आन्दोलनका अभियान्ता इन्द्रबहादुर राई ईश्वर वल्लभलाई समेत सम्झेका थिए

प्राज्ञ सुमित्र वाङ्देलचेलीले कविता वाचनसहित तेस्रो आयामले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याएका चर्चा गरिन् याक्थुङ प्रतिष्ठान दमकका कुलपति सेसेमी से नाल्बोले बि. काइँलाले याक्थुङ साहित्यमा ठूलो योगदान पुर्याएको बताए

फरक आयामका संयोजक साङसेन पन्धाकले जन्मदिनमा केक काट्नु भन्दा माङगेन्ना गरेर जन्मोत्सव मनाउनु एउटा नेपाली मौलिक संस्कृतिलाई जिवन्त बनाउने कार्य भएको जिकिर गरेका थिए

कार्यक्रममा विक्रम वनेम फागो, रचना लाओती कुसाङ, चोमु पासाङ शेर्पा, दिल भुटानी जिवन विवश बेघाले कवि वैरागी काइँलाकाकविता वाचन गरेका थिए

नेपाल लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुडाथोकीले कवि वैरागी काइँलाको कविता वाचन साहित्यिक योगदानको चर्चा गर्दै कार्यक्रम समापन गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु