दमक । झापा क्षेत्र नं. ५ मा नेकपाको भिजन पेपर(बाचापत्र) सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । नेकपाका प्रतिनिधिसभा
उम्मेद्वार रञ्जित तामाङले भिजन पेपर (बाचापत्र) तयारीका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रम दमकस्थित गोरखा डिपार्टमेन्टको सभाहलमा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, उद्योग–व्यवसाय, सामाजिक तथा धार्मिक क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रका समस्या रसम्भावनाबारे विस्तृत सुझाव प्रस्तुत गरेका थिए ।
प्याब्सनका तर्फबाट दमक नगर सचिव लक्ष्मी नेपाल, इसाई समाजका तर्फबाट युवराज गजमेर, उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, शैक्षिक क्षेत्रबाट दमक बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख डिल्ली प्रसाद भट्टराई, सहिद परिवारका तर्फबाटलालसुन्दर राई, स्वास्थ्य क्षेत्रका तर्फबाट डा. सुमन आचार्य, नेपाल रेडक्रस सोसाइटी दमकका अध्यक्ष प्रकाश बुढाथोकी, जेसिसकातर्फबाट सहदेव भट्टराई तथा सञ्चारकर्मी एवं पत्रकारका तर्फबाट गोपाल झापाली लगायतले आफ्ना क्षेत्रका समस्या, चुनौती र समाधानका उपायहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रम रमेश गुरागाईंको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू गगन पुरी, सुरेन्द्र बस्नेत, वीरेन्द्र बस्नेत, दिपेन बाला राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपाका केन्द्रीय सदस्य वीरेन्द्र बस्नेतले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा बोल्दै उम्मेद्वार रञ्जित तामाङले प्राप्त सबै सुझावलाई आफ्नो भिजन पेपरमा समेट्ने प्रतिबद्धता व्यक्त गर्दैजनताको प्रत्यक्ष सहभागिताबाट नै समृद्ध झापा ५ निर्माण सम्भव हुने बताए । उनले सबै क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने धारणा व्यक्त गरेका थिए ।


