मधेश । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेसँगै पदमुक्त भएका छन् । प्रस्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । प्रस्ताव पारितसँगै मण्डल पदमुक्त भएका छन् ।
प्रस्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी हुन् । उनका अनुसार प्रदेश सभा बैठकमा ७८ सांसदको उपस्थित थियो ।


