adv

नारीको साथ नारीलाई

सबीना राई
प्राकृतिक रुपमा नारीको मन जति कोमल हुन्छ, सृष्टिको लागि नारीको भुमिका त्यति नै जटिल हुन्छ। नारी भनेको आमा हो, आमा भनेको सृष्टिको अभिन्न अंग हो।
नेपालको सन्र्दभमा तिनै नारी जाति अपहेलित छन् भन्नुपर्दा दुःख लाग्छ। सामाजिक परिपेक्षमा र धार्मिक ग्रंन्थहरुमा नारीको स्थान उच्चकोटीमा राखिएको पाइन्छ। जस्तै –नारी भनेको धर्ती हुन्, माता हुन्, अनि सृष्टि हुन्। नारीलाई धर्तीको संज्ञा त्यसै दिइएको होइन। नारीको मन कोमल भएता पनि नारीमा अथाह पीडा सहन सक्ने अत्भूत क्षमता हुन्छ। जीवन र मृत्यूको दोसाधमा प्रस्वव पीडा सहेर सृष्टिलाई निरन्तरता दिने अपरम्पार शक्ति नारीमा मात्र हुन्छ।
नारी जातिलाई धार्मिक शास्त्रमा महिसासुर जस्तो राक्षसको बध शक्तिशाली पात्रको रुपमा वर्णन गरिएको छ। अर्का तिर सामाजिक रुपमा हिजो पालना गरिएको सती प्रथा होस् या आज पनि कायम रहेको छौपडी प्रथा र बोक्सी प्रथा नै किन नहोस् जसले नारी जातिको आत्मसम्मानमा आघात पु¥याएको छ। अझ दुःख लाग्दो विषय त यस्तो कुप्रथालाई निरुत्साहित गर्न राज्यको सरोकारवाला निकायहरुले पनि जागरुकता देखाएको पाइदैन।
अझ नारी माथी हुने गरेका हिंसात्मक गतिविधिहरुले महिलाहरुको जीवन झन दर्दनाक र पीडादायी बनाएको छ। यस्तो अवस्थामा नारीको उत्पीडनको विषयलार्ई कतिपय संघ संस्थाले मागी खाने भाडाको रुपमा प्रयोग गर्दै आईरहेको तितो सत्यपनि कोहीबाट लुकेको छैन।
यस्तो अप्ठ्यारो परिस्थितिमा गुज्रीरहेको नारीहरुको मुक्तिका लागि कसैले आवाज उठाएर, आन्दोलन गरेर हुनेवाला छैन। यसको लागि अब नारीले नारीलाई साथ दिनु पर्ने हुन्छ। आफ्नो हकहित र अधिकार प्राप्तिको लागि आफै जागरुक हुन जरुरी छ।
नेपालको सामाजिक संरचनाले पनि नारीलाई अघि बढ्न निरुत्साहित गरेको छ। बाल्यकाल देखि नै छोरा र छोरीलाई अलग संस्कार दिने गरिन्छ। जस्तै छोरीले घर धन्दा र चुलो चौको गरेर बचेको समयमा मात्र पढ्नु पर्ने अवस्था छ। तर छोराले पढेर बचेको समय खेल्नमा विताई रहेको हुन्छ। त्यसकारण पढाईको क्षेत्रमा छोरा भन्दा छोरी कमजोर हुनु स्वाभाविक नै हो। यदि नारीलाई पनि पुरुष सरह क्षमतावान बनाउने हो भने यही बिन्दुबाट संघर्षको सुरुवात गर्नुपर्छ। नारी समानता, र हक अधिकारको नाराहरु बुलन्द रुपमा घन्कीरहेको बेलामा विभिन्न क्षेत्रमा अगाडी बढ्ने सोच हुदा“हु“दै पनि नारीले कतै छोरीको रुपमा कतै बुहारीको रुपमा घरको चौघेरा भित्र सिमित हुनु परेको उदाहरणहरु हाम्रो समाजमा धेरै पाउन सकिन्छ।
‘कोक्रो हल्लाउने नारीले विश्व हल्लाउन सक्छिन’ भने जस्ता प्रसिद्ध भनाईहरु आज भनाईमा मात्र सिमित रहेका छन्। किनकि एकाध नारीहरु सगरमाथामा चड्नु, राष्ट्रपती हुनु सम्पुर्ण नारीको मुक्ति होइन। नारीहरुले पनि केही गर्न सक्छन्, नारीहरुमा पनि अथाह क्षमता हुन्छ, भन्ने उदाहरण हो। त्यसैले अबको दिनमा नारीले कसैको आशा र भरोसा गरेर होइन, आफैले पारिजात, झमक कुमारी घिमिरे, मदर टेरेसा, फ्लोरेन्स नाइटिङ्गेल जस्ता नारीहरुको महान यात्रालाई पछ्याउ“ने प्रयत्न गर्नु पर्दछ।
भनिन्छ ‘नारी पुरुष एक हो’ भनेर तर आजको युगमा आईपुग्दा पनि नारीलाई हेर्ने दृष्णिकोणमा परिवर्तन भएको छैन। समाजमा अन्धविश्वास कायम रहेको वेलामा छोरीले पढ्यो भने बोक्सी हुन्छ, भन्ने प्रचलन थियो। त्यसैले छोरीलाई शिक्षा र ज्ञानको उज्यालो किरणवाट बञ्चित गरिन्थ्यो। त्यसको चपेटामा परेका कतिपय अग्रज महिलाहरुले अशिक्षा कै कारण आज नारकिय जीवन जीउनु परेको छ।
वास्तवमा नारीहरुले नारी हितको लागि मात्र नभएर राष्ट्र विकासको निम्ती केही सक्ने काम गरेर उदाहरणीय बन्न जरुरी छ। महिला र पुरुष समान हौं भन्ने नारा अब शाब्दिक नारामा मात्र सिमित होइन व्यवहारमा पनि उतार्न सक्नु पर्दछ।
देशले विकासको गतिमा फड्को मारे पनि, जुनै नेता आए पनि, नेपाली नारीहरुको हक अधिकार सुनिश्चित हुन नसक्नु दुर्भाग्य हो।
अर्को कुरा नारीले आफ्नो हक अधिकारको मात्र कुरा गर्ने तर आफनो कर्तव्य भुसुक्कै विर्सने हो भने पनि नारीले मुक्ति र स्वतन्त्रता पाउन गाह्रो हुन्छ। त्यसैले आफ्नो कर्तव्यको पालना गर्दै हकअधिकारको लागि लड्न सक्यौं भने पक्कै पनि हामी एक सफल नारी बन्न सक्छौं।
नारीले नारीको सम्मान गर्न सक्छुपर्छ। किनकी नारीको शत्रु नारी नै पनि धेरै भेटिन्छन् हाम्रो समाजमा नारी सशक्तिकरणको लागि सबै नारी एकजुट हुनुपर्छ।
पिछडीएका र भौतिक सुविधाहरुबाट बञ्चित भएका थुपै्र गाउ“घरहरुमा पुरुषले नारीलाई मात्र होइन, नारीले नारीलाई नै शोषण गरेको पाइन्छ। यसका लागि नारी आफैले सचेत हुन जरुरी छ। एउटी आमाले आफ्नी छोरीलाई शिक्षा दिदा छोरी मात्र होइन सिड्डो नारी जातिको उपलब्धीका लागि हो भन्ने सम्झनु पर्दछ।
शिक्षित नारीहरुले गाउ“घरमा गएर पिछडीएका महिलाहरुको विचार वुझ्न सक्नुपर्छ। नारीको वास्तविक पिडा के हो? नारीले आफ्नो हकअधिकारको लागि किन लड्न आवश्यक छ? यस्ता कुराहरुका सचेतना फैलाउनु पर्दछ।
आफ्नै घरपरिवारबाट अपहेलना र शोषित हुनु परेको नारीको व्याथालाई वुझ्न सक्नुपर्छ। नारीले नारी माथीगर्ने शोषणलाई हटाउ“न सक्नुपर्छ। कति नारीहरु पुरुषबाट मात्र शोषित हुदैन् गाउ“घरमा सासुले बुहारीहरुलाई विभिन्न आरोप लगाई दाइजो नल्याएको, अजात भएको, छोरा नपाएको अवस्थामा नारीले नारीलाई नै अत्याचार गरेको अवस्था छ।
पहाडी र विकट जिल्ला बस्तीहरुको नारीहरुलाई नै कति फूपु दिदीहरुले भारतमा बेच्ने गरेका छन्। के नारी पुतली हो? के नारी सन्तान उत्पादन गर्ने मेशीन मात्र हो? कि नारी बजारमा वेच्न राखेको खेलौना हो? यदि यी सब होइन् भने? किन नगर्ने त पहिले नारीले नै नारीको सम्मान। जसरी ‘‘संसार वद्ल्नु छ भने शूरुवात आफैबाट गर्नुपर्छ।’’ त्यसरी नै नारी हक अधिकारको लागि पहिले नारीले नै नारीको सम्मान गर्न सिक्नुपर्छ। अनि मात्र आफ्नो हक अधिकार प्राप्त गर्न सकिन्छ।
अब हामीले हरेक गा“उ समाज, शहर क्षेत्रहरुमा नारीचेतना फैलाउनुपर्छ। जसका लागि शिक्षाको आवश्यकता पर्दछ। त्यसका लागि हाम्रा दिदीवहिनीहरुले कपीकलम समाउ“नु पर्ने हुन्छ। अब निरक्षर हाम्रा महिलाहरुलाई पनि घरमै पढाई हुने पौढशिक्षा जस्तो कार्यक्रमहरु ल्याउनुपर्छ। ताकि भोलीको दिनमा सबै नारीहरु शिक्षित हुन सकुन्। भनिन्छ एउटी घरकी नारी शिक्षित भइन भने त्यो परिवार नै शिक्षित हुन्छ, तर अब एउटी नारी मात्र शिक्षित हुने होइन्, सम्पुर्ण नारीहरु शिक्षित हुन आवश्यक छ। २१ शताब्दीको यो युगमा पनि नारी र पुरुषलाई समाजले हेर्ने दृष्टिकोण फरक छ। कुनै घरमा छोरा जन्मिन्छ भने त्यो घरको वंश जोगिन्छ रे तर जब त्यहि घरमा अर्की लक्ष्मी जस्ती छोरीको जन्म हुन्छ तव वंशको जोगिदैन रे।
तसर्थ नारी सम्मान र समानताको लागि पुराना सामाजिक संरचनाहरु भत्काउ“नु पर्छ। नया“ बिचार र दृष्टिकोणको विकास गर्नु पर्दछ। नारीले नारीलाई साथ दिनु पर्दछ। अनि मात्र नारी समानताले समाज र राष्ट्रमा स्थान पाउने छ र महिलाहरु राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक र धार्मिक रुपमा अधिकार सम्पन्न हुनेछन्। यसका लागि हरेक महिलाहरुले आजै देखि नारी मुक्तिका लागि दरिलो कदम उठाउ“न जरुरी छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु