adv
adv

नेम्बाङका दुई कविता–माटोको माया, लक डाउन र मेरो विवस अनुहार

लक डाउन र मेरो विवस अनुहार

यस्तो समय आएको छ,
कि म दिनहुुँ
अझ लाचार
अझ निरीह
अझ कम्जोर
अझ बेवारिसे
बन्दै गइ रहेको महषुस गर्दैछु ।

मेरा एक हुल
बिवस अनुहारहरु
एका विहानै निस्कन्छन्
कि लकडाउन तोड्ने आसयले होइन
एक छाक जोहो गर्ने बाध्यताले

एक छाक खानाको सट्टामा
जिउभरी निलडाम बोकेर
साझ घर फिर्नु पर्दा
मन अताली रहेको हुन्छ
तर, त्यो निलडामको पिडाले होइन
भोको नानीहरूको भोक मेट्ने पिरोलोले हो ।

यहाँ कस्ले बुझ्छ र ?
मेरो मलिन अनुहारको वेदना र छट्पटी
कृष्ण दाइ त भन्नुहुन्थ्यो
भाइ कुनै काम भए फोनबाट सल्टाउ
फोनबाट सम्भव नभए
बरु, काम नै नगर
वहाँ त ठूलो पार्टिको ठुलै कार्यकर्ता
वहाँको पो एक फोनले
आउँछ
ग्यास, चामल र तरकारी
आगन नै सम्म

मेरो त थाप्लोमा निलडाम हुने गरि
भारी नबोके सम्म
साझ बिहान चुलो कहाँ बल्छ र ?
सडकमा चिल्लो कारमा
चडेर गुड्नेहरु
मलाइ शासन गर्छ्न ।

उनिहरुलाइ के थाहा ?

पुस माघको चिसो सिरेटोमा
रगताम्य खाली पाइतालाहरु
कठिन, उकाली रोडाको बाटो
पार नगरे सम्म चुलो नबल्नुको पिडा

हो, कृष्ण दाजु
तपाईंले खतराहरुबाट
घर बाहिर ननिस्कौं,
घरमै बसौं
र लकडाउनको पालना गरौं ।
भनेर माइकिङ गरे जस्तो सजिलो छैन ।
मेरो भोको नानिहरुको
भोकलाई सम्झाउन

दाजु त्यसैले
बिवस छु,
र त आट गरेर नै निस्कन्छु ।
भाटा खान,
लात खान ,
गाली खान,
किनकी मेरा भोको नानिहरुको
आँसु र भोक सहनु भन्दा
भाटा खान, लात खान अपहेलना सहन
अलिक सजिलो लाग्छ मलाइ ।

दाजु तपाईंको अनुहार
महङ्गो कारको कालो सिसाले
छलिएको हुन्छ ।
र भावहरु पढ्न सक्दिन ।

मेरो अनुहारको मलिनता अवस्य पढ्नु होला
तपाईंको राजधानिमा भोक खप्न नसकेर
गाउँ हिडेका लस्करहरुमा
मेरा बिवस अनुहारको प्रतिबिम्ब भेट्नु हुनेछ ।

चिन्नु भएन र??
नालापानीको युद्धमा
पानी सम्म पिउन नपाएपछी
हातमा भाला तरबार बोकेर
शत्रु माथी धावा बोल्ने
तिनै सर्वहारा
अनुहारहरु नै त थिए नि ।

माटोको माया

जब पहिलो पल्ट
यी कलिला पाइतालाहरु
धर्तिको न्यानो स्पर्श गर्दै
मृत्युलोकमा ओर्लन्छ्न
त्यति वेलै बनेको हो
मेरो पहिलो परिचय, नेपाली

नेपाल कै माटोमा जन्मिए
यहीँ माटोमा हुर्किए
यहि माटोमा श्वास फेरे
पानी पिए यहि माटोमा
यहि माटोमा लेख्न सिके बार्हखरी
बोल्न सिके, नाच्न र हास्न सिके
हो मैले
जीवन यहि माटोमा पढे
त्यसैले मेरो मुटुमा कुदिएको छ
कहिले नमेटिने गरि
मेरो माटोको प्यारो नाम नेपाल

मैले माटोको माया कहिले भुल्न सकिन
सिमानामा पहरेदार भै उभिदा
मेरि आमाको सिउँदो पुछिएको थियो
टुहुरो भएको थिएं म पनि
चेलिको इज्यत लुटिएको थियोे अनि
तर पनि अझै अन्तिम श्वास लिदै
चन्द्र सुर्य अंकित नेपालको झण्डा बोकेर
सिमानामै उभिएको छु म
मैले तिर्नु छ यो माटोको गुन
शरिरमा एक थोपा रगत बहुन्जेल सम्ममा पनि

कतिवेला मलाई दुस्मनको गोलि लाग्न सक्छ
म कम्जोर छु,
कतिवेला मेरि चेलिको अपहरण हुन सक्छ
अनि त्यो लिपुलेक सिमानामा
चेलिको आर्तनादले सन्नाटा छाउन सक्छ
कालापानीमा म स्तब्ध हुन सक्छु ।
तर पनि जोगाउनु छ मैले मेरो देश
सिमानामा झण्डा बोकेर जसरी भए पनि

यति हो,
देशको सिमाना रक्षा गर्दा गर्दै
म मरे भने ….
मेरो लासको हिसाब खोज्ने
एउटा दरिलो अभिभावक चाहिएको छ ।
देशको रक्षा गर्नको लागि
विगुल फुक्न सक्ने
साहसिलो आवाज चाहिएको छ ।

म सहिद भएँ भनें
गौरव मान्दै निडर हासो हास्ने
आमा चाहिएको छ ।

नेपालको झण्डाले
मेरो लास छोपिएको वेलामा
मलाई सलामी गर्ने
निश्कलङ्क हातहरु चाहिएको छ ।

मेरो बलिदानीको
गाथा सुनाउँनको लागि
पबित्र ओठहरु चाहिएको छ ।

हाम्रो सगरमाथा
हाम्रो लिम्पीयाधुरा
हाम्रा लिपुलेक
हाम्रो कालापानी
जोगाउनु छ ।

आदरणिय नेपाली दाजु भाइहरु
अझैपनि हामी त्यति कम्जोर भएका छैनौ
त्यति निरिह भएका छैनौं ।
हट्ने होइन, डटी लड्ने पुरानो बानी विर्षिएका छैनौंं ।
हाम्रा वीर पुर्खाहरुले
रोपेको विरताको गाथा
अझै पनि सेलाएको छैन ।

हामी जहाँ भएपनि
हाम्रो एकता कायम नै छ ।
त्यसैले
फेरी पनि एकपटक
विरताको गाथा कुर्लनु छ ।
गोर्खालीको रगत उमाल्नु छ ।
वैरीको मुटु कमाउनु छ ।

फेरी पनि एकपटक
जोगाउनु छ हाम्रो सिमाना
र सगरमाथाको शिखरमा
फहराउानु छ, चन्द्र सुर्य अंकित नेपालको झण्डा ।
त्यसैले उठ नेपाली
जाग नेपाली ।
यहि हो माटोको माया
यहि हो माटाको गुन तिर्ने अवसर ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु