
काँकरभिट्टा ,११ जेष्ठ । मेची अभियानले १००० थान स्वाब संकलन गर्ने भाडो (भिटिएम)ल्याउने भएको छ । नेपाल सरकारको सिफारिसमा मित्र राष्ट्र चीनबाट भिटिएम ल्याउन लागेको अभियानका संयोजक बिजय डालमियाँले बताए ।
करिब ३ लाख रुपैयाँ बराबरको सो करिव १० दिनमा चीनबाट काँकरभिट्टा ल्याउने तयारी गरिएको संयोजक डालमियाले बताए । उक्त भिटिएम मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरिने छ ।
त्यस्तै कोरोना जाँचका लागि प्रयोग गरिने पीसीआरका अन्य सामग्री समेत छ । उक्त सामग्री भने विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा दिइने बताए ।
सामाजिक सेवा तथा आपत विपतको लागि सधै अगाडी रहने मेची अभियानले यो पटक कोरोना बिरुद्दको अभियानमा राहत वितरण देखि लिएर कोरोना नियन्त्रणको विभिन्न अभियानमा काम गर्दै आइरहेको छ ।

