adv
Advertise Expired !

माङसेबुङमा यलम्बरकाे पूर्णकदकाे शालिक निर्माणका लागि शिलान्यास सम्पन्न

माङसेबुङ, १२ साेमबार । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामकाे माङसेबुङ गाउँपालिका वडा नं. ५ स्थित साप्ताहिक शाकाहारी बुधबारे बजारमा पूर्णकदको प्रथम किरात राजा यलम्बरकाे शालिक निर्माण हुने भएकाे छ । आइतबार किरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङदेन आत्मानन्द सेइङज्यूले शालिककाे शिलान्यास गर्नु भएकाे हाे ।

किरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङदेन आत्मानन्द सेइङज्यू यलम्बर शालिककाे शिल्यानास गर्नु हुदै – फाेटाे सुमन लावती

माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ मा विनियोजित १० लाखले साे शालिक निर्माणा गर्न लागिएकाे हाे । निर्माणा समितिका अध्यक्ष जसहाङ सावादेनका अनुसार पुरै ढुङ्गाकाे ६ फिट उचाईको प्रतिमा निर्माण गर्न लागिएको हाे । उनका अनुसार माङसेबुङ गाउँपालिका आफैमा पनि धार्मिक सांस्कृतिक रुपले भरिपूर्ण रहेको यसै स्थानमा राष्ट्रिय विभूतिको जन्म भएको र किरात धर्मगुरुको पनि जन्म यहि भएकोले नै किरात राजा यलम्बरको प्रतिमा राख्न गाउँपालिकाको बजेट विनियोजन गरेकामा गाउपालिकालाई धन्यवाद दिए ।

शिलान्यासको क्रममा किरात धर्मगुरुज्यूले यलम्बरहाङ किरातहरुको पहिलो राजा र महात्मा भएको बताउनु भयो । उहाले विश्वमा फैलिरहेको कोरोना भाइरसबाट बच्न सबैलाई आग्रह समेत बताउनुहुदैं यो एउटा सामान्य महामारी अझै खतरा मानव संहार हुने अवस्था आउने संकेत गर्नुभयो ।

धर्मगुरुज्यूले माङसेबुङ धार्मिक संस्कृतिको उद्गमस्थल भएकोले गाउपालिकाले यस क्षेत्रमा यलम्बरहाङको प्रतिमा स्थापना गर्ने निर्णय गरेको प्रति खुसी व्यक्त गर्नुभयो । ‘शिलान्यास कार्यक्रम सामान्य भएपनि प्रतिमा उद्घाटन कार्यक्रम भव्य समारोहको आयोजना गरि गर्नुपर्ने प्रतिमा निर्माण उपभोक्ता समितिलाई आग्रह गर्नुभयो । ’

प्रतिमा निर्माण उपभोक्ता समितिमा जसहाङ सावादेनको अध्यक्षतामा नौ समिति गठन भएको छ । समितिमा क्रमशः उपाध्यक्ष केन्द्रबहादुर राई, सचिव अमृत बहादुर लिम्बू, कोषाध्यक्ष मुना खापुङ, सदस्यहरु लक्ष्यबहादुर लिङदेन, सुदिप लिम्बू, घनेन्द्रकुमारी केरुङ, केशरसिं लिम्बू, बिष्णुमाया लिम्बू रहेका छन् ।

यरलम्बरहाङको पूर्णकदको प्रतिमा बनाउने जिम्मा माङसेबुङ हेरिटेजले पाएको छ । यसअघि हेरिटेजले फाल्गुनन्दको प्रतिमाहरु विभिन्न जिल्लामा पठाइसकेका छन् ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु