adv
adv

किरात प्रदेशको वैज्ञानिक आधारहरु

नेपालको भूमिमा आदिमकालमा पहिलोपटक भूमिपुत्र किरातीहरुले नै मानव सभ्यताको विजारोपण गरेको कुरा इतिहासले स्वीकार गरेको पाइन्छ । प्राचीन किरातकालको सभ्यता वा इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ, जो समग्र किराती समुदायको लागी गौरवको विषय हो ।

त्यसैले किराती इतिहासको वर्णन नभइ नेपालको इतिहासले पूर्णता पाउन सक्दैन । किरात सभ्यता, संस्कृति र इतिहास जति प्राचीन हो, नेपालको इतिहास पनि त्यति नै प्राचीन छ । अर्थात आदिमकालमा मानव सभ्यता विकासको क्रममा किरात समुदायले स्थापना गरेको सभ्यता, अपनाएको संस्कार वा संस्कृति र मनोविज्ञान नै नेपाली सभ्यता, संस्कार र संस्कृतिको प्रवेशद्वार हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संघीय शासन प्रणालीको व्यवस्थालाई अभ्यास गर्ने पहिलो प्रहरमा छ । ०५२ सालपछि सुरु भएको तत्कालिन माओवादी जनयुद्धको उपलब्धीको रुपमा रहेको यो शासन प्रणालीले नेपालमा रहेका सम्पूर्ण नेपालीहरुको आशालाई सम्बोधन गर्छ भन्ने मान्यता राखेको छ ।

यो भन्दा अगाडि नेपालको राजनैतिक वृतमा स्थापित २००७ सालको जन–क्रान्ति, २०१७ सालपछि सुरु भएको निर्दलीय पञ्चायती व्यवस्था, ०४६ सालको जनआन्दोलन नेपाली जनतामा छाएका चेतनाका प्रतिविम्ब थिए । जसको पुरस्कृत रुप हेर्न माओवादीको महान जनयुद्ध ९०५२–०६२० पर्खनु पर्यो । जसले जातीय, वर्गीय, क्षेत्रीय, लिङ्गीय विभेदको आधारलाई टेकेर ‘युद्ध’ लाई ‘दीर्घकालिन जनयुद्ध’ मा परिणत गर्दै यथास्थितिवादी राजनीतिलाई परिवर्तनतर्फ धकेलेको थियो । जनयुद्धकै क्रममा शासित जातिलाई सम्बोधन गर्ने वा उनीहरुको दमित भावनालाई सम्मान गर्दै जातीय ऐतिहासिकताको आधारमा राज्य सत्ताको अभ्याससमेत भएका थिए । यही मान्यतालाई नीतिगत ढङ्गले स्थापित गर्दै नेपालको अन्तरिम संविधान ०६३ ले पहिचानको आधारमा संघीय प्रदेशको निर्माण गर्न सहमति जनाउँदै पहिचानका आधारहरु पारित गरेका थिए । त्यसबेला पहिचानका ५ आधार र सामथ्र्यका ४ आधारमा संघीय राज्य स्थापित (नामाकरण) हुने घोषणा गरिएको थियो । घोषित पहिचानका ५ आधारमा १. जातीयरसमुदायगत २. भाषिक ३. सांस्कृतिक ४. भौगोलिकरक्षेत्रगत ५. ऐतिहासिकता रहेको थियो भने सामथ्र्यका ४ आधारहरुमा १. आर्थिक अन्तरसम्बन्ध र सामर्थ्य २. पूर्वाधार विकासको अवस्था सम्भावना ३. प्राकृतिक साधन र स्रोतको उपलब्धता ४. प्रशासनिक सुगमता ।

अन्तरिम संविधानद्वारा स्थापित सोही मान्यताहरुको आधारमा घोषणा भएको प्रदेश–१ लाई ‘किरात प्रदेश’ भनेर स्थापित गरिनु पर्ने विभिन्न गतिविधिहरु सतहमा देखिएको छ । माथि नै चर्चा गरेजस्तै नेपालको इतिहास र सभ्यता नै किरात सभ्यता, जाति÷समुदायको उपस्थितिबाट सुरु हुने भएकोले जातीय, भाषिक, सांस्कृतिक भौगोलिकताजस्ता आधारमा प्रदेश–१ को नाम ‘किरात प्रदेश’ घोषित गराउन गरिएका गतिविधि कुनै नाजायज होइन ।

तर, प्रदेश–६ लाई कर्णाली प्रदेश भनेर सदनबाट अनुमोदन भएपछि पहिचान र सामथ्र्यका आधारहरु ओझेल पर्ने संकेत देखिन थालेको छ । तसर्थ, अहिले जुन ढङ्गमा किरात प्रदेशको नामाकरणकोलागि बहस चलिरहेको छ, यसलाई अझ घनिभूत बनाउन आवश्यक छ । प्रदेश–१ को नामाकरणको सवालमा अधिकांश राजनीतिक दलका नेताहरुले दिएका अभिव्यक्तिहरु ‘किरात–कोशी’ वा ‘किरात–सगरमाथा’ मा ‘किरात’ शब्द जोड्नु सकारात्मक पाटो हो । यो सकरात्मकतालाई एसियामा मानव उत्पतिको वैज्ञानिकतासँग पनि जोड्न सकिन्छ । एशियामा मानव उत्पत्ति इतिहास केलाउँदै जाने हो भने पेकिङ र जावा लाई मान्नु पर्ने हुन्छ । यसरी नै विभिन्न खोज–अनुसन्धानको क्रममा नेपालको तिनाऊ नदि क्षेत्रमा भेट्टाइएका १ करोड १० लाख वर्ष पुरानो (रामापिथेकस) मानवको हाड÷बङ्गराले एसियाको नेपालमै पनि मानव जातिको उत्पत्ति स्थल मानेको छ ।

त्यसमा पनि उक्त हाड/ बङ्गारा मङ्गोलाइड नश्लको पूर्खा (रामापिथेकस)को हुँदा मङ्गोलाइड वंशका किरातहरुको उत्पत्ति स्थल नेपाल नै हो भन्ने प्रमाण नजिक पुग्न सकिन्छ । विशाल एसिया महादेशको मध्यपूर्व र भारतीय उपमहादिप सम्पूर्ण प्राचीन किरातहरुको विचरण भूमि रहेको र त्यसैलाई ‘किरात’ भनिएको स्पष्ट छ । मरुतन्त्र हिमवत खण्डमा उल्लेखित श्लोकअनुसार काश्मिरदेखि पूर्व, कामरुपादेखि पश्चिम, भूटानदेखि मानसरोवरको दक्षिणपश्चिमसम्म, कैलाली नदीको किनारदेखि सरयु नदिको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नागदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए, जसलाई ‘किरात देश’ भनिन्थ्यो । जुन महाभारतकालभन्दा पहिलेको अनुमान गरिएको छ । हिन्दु आर्य सभ्यता र धर्मको रचना वेद, पुराण, काव्य, कथा, अभिलेख, बौद्ध,जैन ग्रन्थहरुमा समेत किरात जातिको विषयमा चर्चा गरि मूल आधार स्तम्भकोरुपमा राखिएको पाइन्छ ।

किरातको कुरा जोडिएन भने वेद तथा पुराणलगायत ग्रन्थहरुको प्राचीनता झल्कन नसक्नुबाट पनि यो कुराको पुष्टि हुन्छ । प्राचीन किरात सभ्यताको नेपालको सन्दर्भमा पहिलो र भौगोलिक हिसाबमा विशाल भएकोले यालोखाम९काठमाडौं० एउटा स्थापित सभ्यता भएको मान्न सकिन्छ । यसको अर्थ यो होइन कि किराती सभ्यता यलोखाम आसपास मात्र थियो, लिच्छवी वंशको आक्रमणपछि मात्र भागेर पूर्वतिर बसाइँ सरेको हो भन्ने तर्कहरु गलत हुन् ।

लिच्छवीहरुको प्रवेश अगाडि नै पनि पूर्वका विभिन्न थुम वा क्षेत्रहरुमा किराती सत्ता सञ्चालनमा थिए । यस आधारमा पहिचान र ऐतिहासिकतालाई सम्मान गर्ने हो भने किरातहरुको सघन बसोबासकै कारण हिजोको दिनमै ‘किरात प्रदेशे’ भनेर लेखिएको क्षेत्रलाई अहिले ‘किरात प्रदेश’ भनेर न्यायसंगत नै देखिन्छ ।

प्राचीन किरातकालमा मूलतः किरातीहरुले यलोखाम भनेर चिनेको हालको काठमाडौं उपत्यकामा किरात राजा एलमरयलुङरकिरात प्रदेशको वैज्ञानिक आधारहरु यलम्बरको शासन स्थापित भएको प्रमाण पाइन्छ । विभिन्न ऐतिहासिक तथ्यको आधारमा यलम्बरको शासन अवधि ई.पू. १८७९–१८७८ को बीच अवधि ८ महिना मानिएको छ । यलम्बरको सोहि विरासतलाई निरन्तरता दिँदै करिब ३२ पुस्ता किरातीले नेपालमा शासन गरेको ऐतिहासिक दावि छ ।

नेपालको प्राचीन इतिहासको सम्बन्धमा लेख्ने युरोपेली लेखक कर्क पेट्रिकका अनुसार यलोखाममा शासन गर्ने किराती शासक २७ जना दावि गरेका छन् भने डेनियल राइटकाअनुसा २९, गोपाल वंशावलीअनुसार ३२ पुस्तासम्म देखिन आउँछ । पुस्तागत शासनको सवालमा इतिहासविद्हरुको आ–आफ्नै धारणा भए पनि ‘किरात सत्ता’ स्थापित थियो भन्ने कुरालाई सबै इतिहासकारहले साझा मतकासाथ स्वीकार गरेका छन् ।

यसैगरी किराती राज्य सत्ताभित्र पनि भूगोलको हिसाबले सत्ताको नामाकरण गरिनु आधुनिक राज्यसत्ताको थालनीको रुपमा पनि लिन सकिन्छ । उदाहरणको रुपमा वोल्लो किरात, माझ किरात र पल्लो किरात जस्ता भौगोलिक हिसाबले सम्बोधन गरिएका किराती राज्य सत्तालाई लिन सकिन्छ । किराती शासकहरुले बनेपादेखि पूर्व जनकपुर अञ्चललाई वोल्लो किरात, चोमोलुङ्मा (सगरमाथा) कोशी–अरुण पश्चिमलाई माझ किरात, अरुण नदि पूर्वको कोशी अञ्चल र मेची अञ्चललाई पल्लो किरात भनेर भौगोलिकरुपले किरात राज्यको संरचना निर्माण गरिएको थियो ।

यी क्षेत्रहरुमा वि.सं. १८०० को पूर्वसन्ध्यासम्म किरातीहले देवान, चौतारीया, काजी र हाङ (राजा) कै रुपमा रहेर शासन गर्दथे । तर, वि.सं. १८००–१८३१ सम्म गोर्खा राज्यको नाममा फैलिएको भौगोलिक एकीकरण अभियानले किरातीहरुको अस्तित्व मेटाउने काम सुरु गरेको थियो । वि.सं. २०१७ सालदेखि पञ्चायती व्यवस्था सुरु भइसकेपछि पनि सरकारी कागजात र लिखतहरुमा ‘लिखितत् वोल्लो किरात रपल्लो किरातरमाझ किरात‘‘। भनेर किरात राज्य भूगोललाई भौगोलिकरुपमा सम्बोधन गरि अरु पेटबोली लेखिन्थ्यो । यसको अर्थ हो, नेपालको आधुनिक इतिहास सुरु भएपछि पनि नेपालको पूर्वी पहाडी भू–भागहरुलाई किरात नामबाट नै भौगोलिकरुपबाट सम्बोधन गरिन्थ्यो ।

नेपालको आधुनिक राजीतिक इतिहास सुरु भइसक्दा पनि ‘किरात’ शब्द प्रचलनमा आइरहनु वास्तवमै नेपालको प्रारम्भिक इतिहासको सम्मान थियो, जुन इतिहास माथि नै पनि भनियो, किरात समुदायबाट सुरु भएको हो । कालान्तरमा किरात समुदायमात्र भनइ बहुअर्थपुर्ण शब्द धारण गर्यो । अब किरात शब्दले समुदाय वा भूगोलमात्र होइन महाजाति, सभ्यता, संस्कृतिलाई बुझाउन थालेको छ । वर्तमान समयमा किरात भनेर चिनिने राई, लिम्बू,याक्खा, सुनुवार मात्र किरात नभएर थामी, जिरेल, कोचे, मेचे ,धिमाल, थारुलगायत नेपालको अधिकाशं Mongoloid वा (Xanthochroic yellowmen) नश्लहरु सबै नै किरात हुन् । यस अर्थमा किरात जाति मात्र होइन महाजातिको रुपमा बुझ्नुपर्ने हुन्छ । यसो भन्दैमा किरात महाजातिभित्र नपर्ने नश्ल किराती होइनन् भन्न खोजिएको होइन ।

महाजातिभित्र पर्ने त किराती भइहाले, किरात भूगोलभित्र रहने सबै जाति वा समुदाय भौगोलिकरुपले किराती अथवा किरातवासी हो ।जस्तै किरात प्रदेशवासी हिन्दु आर्य सभ्यताका एउटा ब्राह्मण जातिगतरुपमा ऊ ब्राह्मण नै हो तर ऊ भौगोलिकरुपमा किरात वा किरातवासी हुन् । बेलायतको संरचना हेर्ने हो भने बेलायतमा बस्ने एउटा मुशलमान ऊ जातिगतरुपमा मुश्लिम हो, तर भौगोलिकरुपमा ऊ बेलायती हो । बेलायतमा ब्रिटिस–मुश्लिम कम्युनिटी भनेर कुल जनसंख्याको ४.४५ प्रतिशत ओगटेर मुशलमानहरु आफ्नो अस्तित्वसहित बसेका छन् । त्यस्तै जर्मनीबाट आएका (आङ्लो) जातिका मानिसहरुको ऐतिहासिकताबाट देशको नाम ईङ्ल्याण्ड रहन गएको हो । र पनि ईङ्ल्याण्डमा बसोबास गर्ने आङ्लो जातिका गोराहरुमात्र आफुलाई ईङ्लिस भन्दैनन अन्य गैर आङ्लो जातिका गोराहरु समेत आफुलाई ईङ्लिस भनेर चिनाउँछन । त्यसकारण जातिगतरुपमा कुनै पनि जाति समुदायका मानिस, नामको लागी भौगोलिकरुपमा परिवर्तित हुन सक्दछ । प्रदेश–१ सभ्यता, भौगोलिक ऐतिहासिक, सामुदायिक, सांस्कृतिक लगायत अन्य कोणबाट किरात प्रदेश भए पनि यो क्षेत्रमा बसोबास गर्ने अन्य सबै समुदायका मानिस भौगोलिकरुपले किरात वा किरातवासी हुन् । हाम्रो छिमेकी मुलुक भारतमै पनि तामिलनाडु, बङ्गाल, पञ्जाब लगायतका संघीय प्रदेशहरु ऐतिहासिक निरन्तरता रहेको जातिको नाममा राखिएको छ । सो प्रदेशमा रहने अन्य जाति वा समुदायहरु नश्लका हिसाबले फरक भए पनि भौगोलिक हिसाबले पञ्जाबी हुन, बङ्गाली नै हुन ।

ऐतिहासिक आधार र विश्वमा स्थापित मान्यताका आधारमा प्रदेश– १ को नाम ‘किरात प्रदेश’ राखिनु वैज्ञानिक देखिन आउँछ । किरात प्रदेशभित्रै उपस्वायत्तको रुपमा खम्बुवान, लिम्बुवान, याक्खाल्याण्ड, कोचिला, शेर्पाल्याण्डजस्ता अस्तित्वहरु सुरक्षित छ भनेर बुझ्नुपर्दछ । जुन अस्तित्वको समग्र प्रतिनिधित्व किरात प्रदेशले गर्दछ । किरात शब्दले सभ्यता, संस्कृती र साथै नेपालको प्राचीन इतिहासकै प्रतिनिधित्व गर्ने भएकोले पनि प्रदेश–१ को नाम ‘किरात प्रदेश’ हुन आवश्यक छ ।

प्रतिक्रियाका लागि । 
मुलघरे कान्छा (राजेन खिम्बुले राई ) 
adv

One thought on “किरात प्रदेशको वैज्ञानिक आधारहरु

  1. इतिहास बासतबमा मनगडनते हुदैनन जे लेखिएको हुनछ तयोनै बोलिनछ। तर आजका हामरा राजनिति नेताहरुले ठट्टा मानदै छन तेसैको परिनाम सवोरुप बिभिनन र थरिथरिका अङकुस लागाउने काम हुदैछ यो रामरो हुनेछैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु