adv
adv

धिमाल जातीय विकास केन्द्रको अधिवेशन सम्पन्न,अध्यक्षमा लोकबहादुर धिमाल

दमक । धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् ।

मोरङको उर्लावारी-३, मंगलवारेस्थित धिमाल परियाेजनामा सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका लोकबहादुरको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

आज दमक स्थित लक्ष्मीबेराङ बचत तथा ऋण सहकारी संस्थाकाे सभा हलमा पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा ९ बुँदे घाेषणापत्र समेत सार्वजनिक गरेकाे छ ।


२०५० सालमा स्थापित सो केन्द्र धिमाल समुदायको एक मात्र जातिय सामाजिक संस्था हो ।

सर्वसम्मत निर्वाचित समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, अम्बरवहादुर धिमाल, वरिष्ठ उपाध्यक्ष नम्बरलाल धिमाल र ५ जना उपाध्यक्षहरुमा क्रमशः वर्तबहादुर धिमाल, केदार धिमाल, कविराज धिमाल, शान्तिदेवी धिमाल, खड्गबहादुर धिमाल चुनिएका छन् ।

त्यस्तै, महाधिबेशनले केन्द्रको महासचिवमा मातृका धिमाल, सचिवद्धयमा रुकमणि धिमाल र गिरीराज धिमाल तथा कोषाध्यक्षमा रत्नबहादुर धिमाल सहित अन्य २२ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामबहादुर धिमालले वताउनुभयाे ।

त्यस्तै केन्द्रीय सदस्यहरुमा दयाराम धिमाल, गंगाराम धिमाल, गिता धिमाल, सविता धिमाल, तिलक धिमाल, प्रथम धिमाल, लेखलाल धिमाल, मोहन धिमाल, श्रीप्रसाद धिमाल, नारायण धिमाल, मुखमेल धिमाल, प्रतिमा धिमाल, रत्निमाया धिमाल, गजेन्द्र धिमाल, नेत्रकुमारी धिमाल, प्रदिप धिमाल, सुरेन्द्र धिमाल, विकेन्द्र धिमाल, सुनिल धिमाल, खगेन्द्र धिमाल, मञ्जु धिमाल र रोमान्सी धिमाल चुनिएका छन् ।

पूर्वको झापा र मोरङमा मात्र बसोबास रहेका आदिवासी धिमाल समुदाय करिव ५० हजारका हाराहारीमा रहेको अनुमान छ । तर २०६८ को जनगणनामा भने धिमालहरुको जनसंख्या २६ हजार २ सय ९८ मात्र रहेको उल्लेख छ ।

घाेषणापत्र जस्ताकाे तस्तै:

धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशनद्वारा पारित ९ बुँदे मंगलबारे घोषणा पत्र

१) राजनीतिः नेपालको संविधान २०७२ को धारा ५६ को उपधारा ५ अनुसार धिमाल स्वायत्त क्षेत्र प्राप्तीका लागि मातहतका सबै समितिहरुलाई परिचालन गर्नुका साथै अन्य जातीय संस्था, राजनैतिक दल तथा सरकार सँग छलफल र पहल गर्ने ।
२) शैक्षिक सवालः धिमाल स्वायत्त क्षेत्र भित्र रहेका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुमा धिमाल भाषाको पठन पाठन गर्न स्थानिय निकाय सँग सम्वाद, छलफल गरि कार्यान्वयनका लागि दबाव दिने, साथै परियोजना स्थल भित्र भाषा तथा प्राविधिक विद्यालय सञ्चालन गर्ने ।
३) आर्थिक सम्वृद्धिः धिमाल समुदायलाई आर्थिक रुपमा सक्षम तथा सबल बनाउन धिमाल गाउँ/टोलहरुमा सञ्चालित रहेका स–साना बचत समूह, सहकारीहरुलाई मर्ज (एकिकृत) गरि बृहत् सहकारी स्थापना गरी लगानीका कार्य शुरुवात गर्ने, साथै धिमाल राहत कोष निर्माणका लागि सबैलाई आर्थिक सहयोगको अपिल गर्ने ।
४) पर्यटकीय सवालः धिमालहरुको उद्गम स्थल लेटाङको राजारानी, झापाको बिर्तामोड स्थित गोह्री (धिमाल गढ) को संरक्षण तथा पर्यटकिय स्थलको रुपमा विकास गर्ने, साथै धिमाल परियोजना स्थलमा धिमालहरुको साँस्कृतिक संग्राहलय निर्माण गर्ने र हरेक गाउँ टोलमा रहेका ग्रामथानको मर्मत तथा संरक्षण साथै जग्गाको स्वामित्वका लागि पहलकदमी लिने ।
५) प्रथाजनित कानुनः धिमालहरुको प्रथाजनित कानुनलाई स्थापित र जीवन्त राख्न न्याय विभाग मार्फत सकृय तथा सक्षम बनाउने, साथै सामाजिक रितिरिवाज सम्बन्धमा गाउँ/टोल सम्म नै प्रशिक्षण तथा अन्तर्किया कार्यक्रम चलाउने ।
६) युवा र रोजगारः विभिन्न बिषयहरुमा सिपमुलक विज्ञ तथा दक्ष जनशक्ती उत्पादनका लागि पहलकदमि लिने साथै धिमाल महिलाहरुको शसक्तिकरण गर्नका लागि चरणबद्ध काम गर्ने ।
७) संस्कृति तथा मितव्ययिताः धिमाल समुदायले आफ्नो परम्परागत धर्म, संस्कृति सामाजिक प्रचलन र मुल्य मान्यताहरु अवलम्बन गर्दा कम खर्चमा हाम्रो परम्परागत संस्कृतिको संरक्षण हुने र आर्थिक बोझ पनि नपर्ने गरि गर्ने गराउने तर्फ संस्थागत रुपमा पहल गरि चेतना अभिबृद्धि गर्ने गराउने कार्यमा सक्रियताका साथ काम गर्ने ।
८) परियोजना सन्चालनः धिमाल जातीय विकास केन्द्रको मातहतमा रहेको धिमाल परियोजना स्थलको स्वामित्व ग्रहणका लागि नेपाल सरकारसँग पहल गर्ने साथै गुरु योजना निर्माण गरि प्रतिष्ठान तथा परियोजना संञ्चालन विभाग मार्फत विभिन्न समितिहरु निर्माण गरि आवश्यक तयारीका साथ काम सुचारु गर्ने ।
९) हरेक वर्षको असार २ गते धिमालहरुको राष्ट्रिय पर्व जातिरी तथा सिरीजातमा प्रदेश नं. १ स्तरिय सार्वजनिक बिदाको लागि पहल गर्ने ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु