adv

नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि,१० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ५२७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु