झापा,८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा पुनः दोस्रो पटक प्रतिनिधि सधा (संसद्) बिघटन भएको छ । ठीक त्यसको केही घण्टा अघि संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति भण्डारीले आह्वान गरेको सरकारको नेतृत्वमा दावी गर्दै प्रधानमन्त्री ओली र प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न्न शितल निवास पुगेका थिए । आफू सरकार चलाएर वाक्क भएको अभिव्यक्ति पत्रकार सम्मेलनमा दिए लगत्तै १५३ जनाको किर्ते हस्ताक्षर बोकेर ओली शितल निवास पुगे पनि राजनीतिक दुस्चक्रको अन्तर्यमा अरु नै कुरो चलिरहेको थियो ।ओली–विद्या सेटिङ बारे बिहीबारदेखि नै गाइँगुइँ हल्ला नचलेको भने होइन । तर, १४९ सांसदहरुको हस्ताक्षरसहित आफू संविधनको धारा ७६ (५) अनुसार प्रधानमन्त्री हुन योग्य रहेको आधार पेश गरेका देउवा तब जिल्लिए, जब शुक्रबार राति काइते भाषामा दुवै दावेदारहरुको योग्यता नपुगेको सन्देश राष्ट्रपति कार्यालयबाट फर्मान झैं जारी गरियो । अझ जब मध्यरातमा संसद् बिघटनको घोषणा राष्ट्रपतिबाट भयो, सबै राजनीतिक दल, नागरिक समाज, कुटनीतिक नियोगहरु दंग परे । त्यसपछिका अनेक प्रतिक्रिया र राजनीतिक सक्रियता बारे लेखिरहनै परेन । मध्यरातमा जारी विज्ञप्तिमा लेखिएका कानुनी भाषाका शव्दहरुमा जे–जे दुहाई दिएर लेखिएको भए तापनि त्यसको सार असंवैधानिक संसद् बिघटन नै हो । स्वोच्छाचारिता, निरंकुशता र सत्ता कब्जाको पूर्व तयारी नै हो अर्थात प्रतिगमनको दोस्रो लहर नै हो । जसरी कोरोना पनि पहिलोपछि दोस्रो लहरका कारण यतिबेला मुलुक थाङथिलो मात्रै भएको छैन, मुत्युको भीमकाय पहाड रचना गर्ने दिशामा निक्कै अघि बढिसकेको छ । राजनीतिक रूपले त मुलुक अब कहाँ पुग्छ ? यसै अनुमान गर्न सकिने अवस्था छैन ।राष्ट्रपतिले शुक्रबार रातभर चलाएको जाँगर संविधान, विधि, लोकतन्त्र, जनमत र संसदीय सर्वोच्चताको रक्षाका निम्ति भएको भए आज उनी सर्वत्र स्याबासीको भागेदार हुने थिइन् । तर दुभाग्य, उनले आजसम्म देश र जनताको हितमा र ओलीका विरुद्धमा कुन कदम पो चालेकी होलिन् ? त्यस्तो कुरा थोरै मात्र नेपाली जनतालाई पनि थाहा छैन ।
जहाँसम्म प्रतिपक्षी दलहरुको यतिबेलाको बिलौना र छटपटी छ । राजनीतिमा उनीहरुका दाऊपेच भुत्ते मात्रै भएका छैनन् । उनीहरुका सबै चाल एक एक ओली क्याम्पले पहिले नै डिटेक्ट गरेर बालुवाटारबाटै प्रतिरोधका षड्यन्त्रहरु भएका छन् । र, ती सबै षड्यन्त्र सफल भएका छन् । यसको तात्पर्य यो हुन्छ कि नेपाली राजनीतिमा अधम र भस्मासुर ओली प्रवृत्तिका विरुद्ध प्रतिपक्षीहरुको हरेक रणनीति निष्प्रभावी बनाइएका छन् । कसरी गोप्य रणनीतिहरु बाहिरिएका छन् ? यसको समग्र जवाफ प्रतिपक्षी काङ्ग्रेस, माओवादी केन्द्र, माधव नेपाल समूह (एमाले) र जसपाले खोज्न ढिला भइसकेको छ । अब फेरि उनीहरुसँग कोरोनाका बीच सडक संघर्षमा उत्रनु र सर्वोच्चको ढोका ढक्ढक्याउने भन्दा बाहेकको अरु विकल्प बाँकी छैन । जसरी उनीहरु पहिलो लहरको प्रतिगमनपछि सडकमा होमिएका थिए ।
पहिलो पटक ०७७ पुष ५ गते भएको संसद् बिघटनको ओली–विद्या अपराधलाई सम्मानित सर्वोच्च अदालतले अपराध नै ठहर गर्यो र संसद् पुनः व्युँतियो । तर पाँच महिना समय पनि नबित्दै फेरि ओली–विद्या प्रा.लि.बाट संसद्को हुर्मत लिने काम भएको छ । यो सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व आदि उपलब्धिहरुको चिरहरणको दोस्रो प्रयास हो । यसर्थ, शुक्रबार मध्यरातको ओली–विद्या कृत्यलाई प्रतिगमन नम्बर २ मान्नु पर्दछ । कोरोनाले सिङ्गो मुलुक र जनता त्राहिमाम भएको समयमा, अस्पतालहरुमा उपचारका लागि संक्रमितले बेड, अक्सिजन, औषधि, आइसियु, भेन्टिलेटन आदि नपाएर मरिरहेको अवस्थामा दुई थान मितिका बतासे निर्वाचनको घोषणा फलाकेर देश र नागरिकप्रति निर्वाह गरिएको दायित्वको अर्थ भुइँमान्छेले कसरी लाउलान् ? हेर्न बाँकी छ । यसैपनि कोरोना कहरमा पिपिईदेखि पिसिआर किट हुँदै कोरोना विरुद्धको खोपमा समेत कमिसनको खेलका कारण ओली र उनको सत्ता डुङ्डुङ्ती गन्हाएको वास्तविकता संसारलाई लकाइरहनु नै परेन । जनतालाई खोपको आवश्यकता छ । जसको निम्ति अर्बौं रकम जोहो गर्नुपर्ने अवस्था छ । तर, सत्ताका नाइकेहरु यतिबेला आफ्ना कुत्सित स्वार्थ र दम्भको निम्ति खोप होइन, चुनावका नाउँमा जनतालाई चिहानको बाटो देखाउन लागि परेका छन् ।
नेपाली राजनीतिमा आज गणतन्त्रको युगलाई चुनौती दिँदै समय प्रतिगमनको पनि दोस्रो लहरमा आइपुगेको छ । हिटलरको उदयको इतिहास स्मरण गर्दा के भनाइ ताजा हुन्छ भने –लोकतन्त्रमा निर्वाचनले तानासाहहरुलाई जन्म दिन्छ । ओली–विद्या साँठगाँठको चाला हिटलरको फाँसीवाद भन्दा पनि भयंकर हुँदै गएको आभाष हुन थालेको छ । जसको सिकार फेरि पनि उत्पीडित नेपाली जनता नै हुने छन् । न्यूनतम राजनीतिक नैतिकता मात्रै उनीहरुमा थियो भने पहिलो पटक तन्नाम बेइजत कमाएको कृत्य पुनः दोहोर्याउने दुस्सहास कदापि गर्ने थिएनन् । पछिल्लो कदमलाई हेरेर निर्धक्क के भन्न सकिन्छ भने –ओली–विद्या प्रा.लि.लाई देश र नागरिकको वर्तमान स्वास्थ्य संकट र उनीहरुको समस्या बारे एकरति पनि चिन्ता छैन । उनीहरुका निम्ति अब सत्ता बाहेक सबै थोक गौण भइसके । मानै यिनीहरु अब लास मात्रै बाँकी रहे पनि सिंहाशनमा बसिरहने छन् ।
महाभारतमा जन्मजात दृष्टिविहीन थिए धृतराष्ट्र । तर, आफ्ना लोग्नेको सम्मानका खातिर गान्धारीले आँखामा पट्टी बाँधेर धर्म निभाउने बहानामा कुरुक्षेत्रले एक अर्व ६४ करोड बढी योद्धा गुमाउनु परेको महाभारतको कथन छ । हामीकहाँ दृष्टि भएका तर सत्ताका निम्ति आँखा चिम्लिएर देश, जनता, लोकतन्त्र, जनजीविका, संविधन, विधि, पद्धति सबै सबैलाई अनदेखा गर्ने प्रवृत्तिमा प्रधानमन्त्री र राष्ट्रपति नामक सम्मानित संस्थाहरुको चरम दुरुपयोग गर्ने, भद्दा मजाक बनाउने, अपमान र बेइजत गर्ने काम ओली–विद्या प्रा.लि.बाट कुनै कसर बाँकी नराखी भएका छन् । यसको दण्ड इतिहासले उनीहरुलाई दिने नै छ ।
देशले फेरि एक पटक नचाहेरै असली सङ्घीयता, पहिचान, गणतन्त्र, लोकतन्त्र, समनुपातिक समावेशीता, धर्म निरपेक्षतासहित नेपाली मौलिकता सुहाउँदो समाजवादी नेपालको कार्यदिशा तय गर्न जनसंघर्षको आवश्यकता महसुस गरेको आभाष हुन थालेको छ ।
राष्ट्रियपती चुन्ने र निरबचन गर्ने नियम कानुन संबिधान तरिका नै मनपरी गरे। राष्ट्रियपती कुनै पार्टी भित्रको हुनै हुँदैन। पार्टी बिहिन हुनु पर्छ कतै कसै सित नलाग्ने तर सबै को आदर्णीय, जिम्मेवर, होसियार, रास्ट्र-सरकार-संबिधान-कानुन को रक्छयक हुनै पर्छ तर बिधयाभन्डारी र के पि ओली ले भद्रगोल मनपरी अतयचार नै गरेको छ। नेपालको राजनैतीक र सरकार – असिकछितहरु, गुण्डाहरु, हतयाराहरु, लुटेराहरु, माफियाहरु, राष्ट्रिय अपराधीहरु, भरस्टचारीहरु, राष्ट्रियघातीहरु, अनैतीकवानहरु र भरस्टहरु, पतित ब्राहामनबादीहरु को हलीमुहली हातमा परे “बाँदरको हातमा नरिवाल” भने जस्तो अब नेपालको समाज, सरकार, अर्थ्त्रन्त्र, कानुन र रास्ट्रको बिनास भईरहेको छ र कुनै पनि बेला माहा दुर्घट्ना हुनेछ। नेपालको सबै सम्सयाहरु को मुल कारण स्रोत नै ब्राहामनबाद र ब्राहामनबादी रोग !!!