इलाम । इलाममा आज शनिवार एकैदिन थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
इलाम नगरपालिकामा ७ महिला र २० पुरूष गरी २७ जना, सूर्योदय नगरपालिकामा १ जना पुरुष, रोङ गाउँपालिकामा १ जना पुरुष, माई नगरपालिकामा १ जना महिला र १ जना पुरुष र फाकफोकथुममा ३ जना महिला र १२ जना पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।
भाइरसको संक्रमण पुष्टि भएकाहरुको पीसिआर र एन्टिजिन परीक्षण गरिएको थियो । इलाममा हालसम्म ५५८ जनामा संक्रमण पुष्टि भएको छ ।
यसमध्ये ३ जना आइसियूमा उपचारत छन् । १६ जना सामान्य उपचारमा रहेका छन् । अरू होम आइसोलेशनमा रहेका छन् । यसमध्ये ५९ जना निको भएका छन् ।