adv

आदिवासी जनजाति ज्ञान सम्मेलन

पाँच विषयमा २३ विज्ञको कार्यपत्रमाथि छलफल

२९ मंसिर,  काठमाडौं

आदिवासी जनजाति समुदायको परम्परागत ज्ञान सम्बन्धमा दुई दिनेआदिवासी जनजाति ज्ञान सम्मेलनललितपुरमा सम्पन्नभएको

आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरकफरककार्यपत्रमाथि छलफल भएको हो

सम्मेलनको पहिलो दिनसंस्कृति संस्कारतथाप्रदर्शनकला पर्यटनगरी दुई विषयमा छलफल भएको थियो

संस्कृति संस्कार अन्तरगत प्रतिभा पुनकोपरम्परागत उपचारमा झाँक्री ज्ञानः लोक विश्वास वैज्ञानिकता’, गणेश राई तीर्थराजमुकारुङ राईकोकिरात राई महिलाले प्रवर्द्धन गरेको सांस्कृतिक रंगविषयक कार्यपत्रमा छलफल भएको हो

त्यसैगरी, क्षितिज सुब्बाकोलिम्बुमा मृत्यु संस्कारः एक आदिवासी ज्ञान पहिचानको सूचक’, डा. पाशाङ शेर्पाकोआम्ची उपचारपद्धति’, जुद्ध गुरुङकोबहुपति प्रथा डा. टेकबहादुर गुरुङकोट्रेसिङ अफ दी ओरिजिन अफ तमू एण्ड इट्स रेलेभेन्स्विषयमाछलफल भएको थियो

त्यसैगरी, ‘प्रदर्शनकला पर्यटनविषयमा  डा. मीनबहादुर श्रीसकोपरम्परागत ज्ञानको अभ्यास पुस्ता हस्तान्तरणमा लोकनाटकको भूमिका’, झुमा लिम्बूकोहाक्पारे आदिवासी जनजातिको ज्ञान’, भोजविक्रम बुढामगरकोमगर जातिमा प्रचलितयुद्धकलामा आधारित सरङे नाँच खिम घलेकोनेपाली पर्यटन विकासमा आदिवासी ज्ञानको भूमिकाविषयक कार्यपत्रहरुमाथिछलफल भएको थियो

सम्मेलनको दोस्रो दिन बिहीबार मातृभाषा आदिवासी ज्ञान, परम्परागत खानपान जलवायु परिवर्तन विविध गरी तीन विषयमाछलफल भए

मातृभाषा आदिवासी ज्ञानविषयमा डा. लाल रापचाकोलिङ्ग्वेस्टिक आर्केओेलोजी इन इण्डिजिनियस कन्टेक्स अफ नेपाल’, डा. ओमकारेश्वर श्रेष्ठकोनेवार कुनाबिनांको भाषावैज्ञानिक अध्यनन’, तारामणी राईकोस्थान नामको भूराजनीति डा. विष्णुकुमार सिङ्जालीकोविकास निर्माण आदिवासी भाषासंस्कृतिविषयक कार्यपत्रहरुमाथि छलफल भएको बताइएको

त्यसैगरी, ‘परम्परागत खानपानविषयमा डा. सोम धिमालकोखाना परिकारः पहिचानको खोज’, कुमार यात्रुकोवनजन्य खाद्यस्रोतमा निर्भर हुने आदिवासी चेपाङ परशु विराट राईकोकिरात राई जातिको परम्परागत ज्ञान सीपको व्यवसायी अवसर चुनौतीविषयक कार्यपत्रमा छलफल भए

त्यस्तै, ‘जलवायु परिवर्तन विविधविषयमा डा. एसके महर्जनकोपार्टीसिपेटरी एक्सन रिर्सच अन क्लाइमेट चेन्ज फोकसिङ अनइण्डिजेनेटि एण्ड डिसेबिलिटी इन सिन्धुपालचोक नेपाल’, डा. लालबहादुर पुनकोलिभिङ हेरिटेज अफ राउटे नोमेट अफ नेपालः एनइथ्नोग्राफिक भिङग्याट’, डा. मुक्तसिङ तामाङकोआदिवासी ज्ञान संरक्षणमा विश्वविद्यालयको भूमिका विष्णु थिङको पुर्ख्यौलीपेशाको संकटले निम्त्याउने दुष्परिणामहरुविषयक कार्यपत्रहरुमा छलफल भएका आदिवासी जनजाति आयोगले जानकारी दिएकोहो

सम्मेलनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गरेका थिए

मन्त्री पौडेलले आदिवासी मौलिक ज्ञान, सीपलाई औपचारिक शिक्षाको पाठ्यक्रममा समेट्ने बताएका थिए

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आदिवासी ज्ञान, सिपलाई पाठ्यक्रममा समेट्ने प्रतिवद्धता जनाएकाथिए

प्राचीन ज्ञानको पहिचान संरक्षण, संवर्द्धन गर्न त्रिवि आयोगलगायत विभिन्न सरोकार निकायसँग सहकार्य गर्न तत्पर रहेको आदिवासी ज्ञानलाई उजागर गर्दै विश्व समुदायमा पुर्‍याउन आवश्यक रहेको उपकुलपति बास्कोटाको जोड थियो

आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी ज्ञानलाई विद्यालयदेखि विश्वविद्यालयको पाठ्यक्रममा समेटेर उत्पादनसँगजोड्न सम्मेलनको आयोजना गरिएको स्पष्ट पारे

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु