पाँच विषयमा २३ विज्ञको कार्यपत्रमाथि छलफल
२९ मंसिर, काठमाडौं ।
आदिवासी जनजाति समुदायको परम्परागत ज्ञान सम्बन्धमा दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सम्पन्नभएको छ ।
आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक–फरककार्यपत्रमाथि छलफल भएको हो ।
सम्मेलनको पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा छलफल भएको थियो ।
संस्कृति र संस्कार अन्तरगत प्रतिभा पुनको ‘परम्परागत उपचारमा झाँक्री ज्ञानः लोक विश्वास र वैज्ञानिकता’, गणेश राई र तीर्थराजमुकारुङ राईको ‘किरात राई महिलाले प्रवर्द्धन गरेको सांस्कृतिक रंग’ विषयक कार्यपत्रमा छलफल भएको हो ।
त्यसैगरी, क्षितिज सुब्बाको ‘लिम्बुमा मृत्यु संस्कारः एक आदिवासी ज्ञान र पहिचानको सूचक’, डा. पाशाङ शेर्पाको ‘आम्ची उपचारपद्धति’, जुद्ध गुरुङको ‘बहुपति प्रथा’ र डा. टेकबहादुर गुरुङको ‘ट्रेसिङ अफ दी ओरिजिन अफ तमू एण्ड इट्स रेलेभेन्स्’ विषयमाछलफल भएको थियो ।
त्यसैगरी, ‘प्रदर्शनकला र पर्यटन’ विषयमा डा. मीनबहादुर श्रीसको ‘परम्परागत ज्ञानको अभ्यास र पुस्ता हस्तान्तरणमा लोकनाटकको भूमिका’, झुमा लिम्बूको ‘हाक्पारे र आदिवासी जनजातिको ज्ञान’, भोजविक्रम बुढामगरको ‘मगर जातिमा प्रचलितयुद्धकलामा आधारित सरङे नाँच’ र खिम घलेको ‘नेपाली पर्यटन विकासमा आदिवासी ज्ञानको भूमिका’ विषयक कार्यपत्रहरुमाथिछलफल भएको थियो ।
सम्मेलनको दोस्रो दिन बिहीबार मातृभाषा र आदिवासी ज्ञान, परम्परागत खानपान र जलवायु परिवर्तन र विविध गरी तीन विषयमाछलफल भए ।
‘मातृभाषा र आदिवासी ज्ञान’ विषयमा डा. लाल रापचाको ‘लिङ्ग्वेस्टिक आर्केओेलोजी इन इण्डिजिनियस कन्टेक्स अफ नेपाल’, डा. ओमकारेश्वर श्रेष्ठको ‘नेवार कुनाबिनांको भाषावैज्ञानिक अध्यनन’, तारामणी राईको ‘स्थान नामको भू–राजनीति’ र डा. विष्णुकुमार सिङ्जालीको ‘विकास निर्माण र आदिवासी भाषा–संस्कृति’ विषयक कार्यपत्रहरुमाथि छलफल भएको बताइएको छ ।
त्यसैगरी, ‘परम्परागत खानपान’ विषयमा डा. सोम धिमालको ‘खाना परिकारः पहिचानको खोज’, कुमार यात्रुको ‘वनजन्य खाद्यस्रोतमा निर्भर हुने आदिवासी चेपाङ’ र परशु विराट राईको ‘किरात राई जातिको परम्परागत ज्ञान र सीपको व्यवसायी अवसर रचुनौती’ विषयक कार्यपत्रमा छलफल भए ।
त्यस्तै, ‘जलवायु परिवर्तन र विविध’ विषयमा डा. एसके महर्जनको ‘पार्टीसिपेटरी एक्सन रिर्सच अन क्लाइमेट चेन्ज फोकसिङ अनइण्डिजेनेटि एण्ड डिसेबिलिटी इन सिन्धुपालचोक नेपाल’, डा. लालबहादुर पुनको ‘लिभिङ हेरिटेज अफ राउटे नोमेट अफ नेपालः एनइथ्नोग्राफिक भिङग्याट’, डा. मुक्तसिङ तामाङको ‘आदिवासी ज्ञान संरक्षणमा विश्वविद्यालयको भूमिका’ र विष्णु थिङको पुर्ख्यौलीपेशाको संकटले निम्त्याउने दुष्परिणामहरु’ विषयक कार्यपत्रहरुमा छलफल भएका आदिवासी जनजाति आयोगले जानकारी दिएकोहो ।
सम्मेलनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गरेका थिए ।
मन्त्री पौडेलले आदिवासी मौलिक ज्ञान, सीपलाई औपचारिक शिक्षाको पाठ्यक्रममा समेट्ने बताएका थिए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आदिवासी ज्ञान, सिपलाई पाठ्यक्रममा समेट्ने प्रतिवद्धता जनाएकाथिए ।
प्राचीन ज्ञानको पहिचान संरक्षण, संवर्द्धन गर्न त्रिवि आयोगलगायत विभिन्न सरोकार निकायसँग सहकार्य गर्न तत्पर रहेको रआदिवासी ज्ञानलाई उजागर गर्दै विश्व समुदायमा पुर्याउन आवश्यक रहेको उपकुलपति बास्कोटाको जोड थियो ।
आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी ज्ञानलाई विद्यालयदेखि विश्वविद्यालयको पाठ्यक्रममा समेटेर उत्पादनसँगजोड्न सम्मेलनको आयोजना गरिएको स्पष्ट पारे ।


