२९ मंसिर, काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामबारे उपराष्ट्रपति नन्दबहादुर पुनलाई समेत औपचारिक जानकारीगराएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको निर्वाचन परिणामसहितको प्रतिवेदन उपराष्ट्रपति पुनलाई समेत बुझाउँदै आयोगले मंसिर४ मा सम्पन्न निर्वाचन परिणामबारे जानकारी गराएको हो ।
निर्वाचन परिणामबारे जानकारी गराउन प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलियतासहित आयोगका पदाधिकारीहरुबिहीबार) उपराष्ट्रपति भवन, हतिरगृह पुगेका थिए ।
आयोगका पदाधिकारीसँग भेटमा पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अधिकतम निष्पक्ष, भयरहित, स्वतन्त्र र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा धन्यवाद र बधाई दिएका थिए ।
‘एउटा महान् उत्सवको रुपमा आएको निर्वाचन बढी भन्दा बढी निष्पक्ष, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न भयो । यो निर्वाचनव्यवस्थित र भव्यरुपमा सम्पन्न गरेकोमा म निर्वाचन आयोगलाई बधाई र धन्यवाद दिन चाहन्छु,’ उपराष्ट्रपति पुनले भने ।
देशैभर निर्वाचन एकैपटक सम्पन्न हुनुले निर्वाचन गर्ने क्षमतामा वृद्धि भएको, आयोग पूर्ण सक्षम भएको र एकसाथ निर्वाचनका लागिसाधनस्रोत उपलव्ध रहेको सन्देश गएको पुनको भनाइ थियो ।
भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एकाध घटनाबाहेक निर्वाचन शान्त वातावरणमा सम्पन्न भएको बताएकाथिए ।
प्रमुख आयुक्त थपलियाले प्रत्यक्षबाट निर्वाचितहरुले प्रमाणपत्र पाइसकेका र समानुपातिकबाट निर्वाचितहरुलाई पुस ३ गतेप्रमाणपत्र दिइने जानकारी दिए ।
निर्वाचन आयुक्तहरु ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, उपराष्ट्रपतिकार्यालयका सचिव टेकनारायण पाण्डे लगायत उच्च अधिकारी सहभागी थिए ।


