सजन राई
१. पृष्ठभूमि:
नेपालको सुदुरपूर्वी जिल्ला इलामको दक्षिण–पश्चिममा छ, माङसेबुङ गाउँपालिका । साविक बाँझो, इभाङ र गुजुमुखी गाविसलाई मिलाएर बनेको माङसेबुङ गाउँपालिका धार्मिक, साँस्कृतिक, भाषिक, प्राकृतिक आदि विविधताले भरिपूर्ण रहेको गाउँपालिका हो ।लिम्बू र राई जातिको सघन बसोबास रहेको यस पालिकामा विभिन्न धार्मिक, साँस्कतिक, ऐतिहासिक र पर्यटकीय स्थलहरु रहेका छन्। यो भूमि नेपालको १६औँ राष्ट्रिय विभूति समाजसुधारक, किरात धर्म दर्शनका प्रवर्तक महागुरु फाल्गुनन्दको जन्म भूमि पनि हो ।किरात धर्मका वर्तमान गुरु आत्मनन्द लिङ्देनको जन्मस्थल र हाल उहाँको आश्रम लारुम्बा क्षेत्र विश्वभरका किरात धर्मावलम्बीका लागिपवित्र आस्थाको केन्द्रका रूपमा रहेको छ । त्यस्तै प्रसिद्ध तीर्थस्थलहरु गजुरमूखी धाम, माङमालुङ, घोर्लेभिर, गिद्धेभिर, अन्धाराजा अन्धारानीलगायत सूर्योदयको डाँडा तीन थुम्कीसहितका पर्यटकीय महत्त्वका अनेक स्थानहरु यस पालिकामा पर्दछन् । जसमध्ये एउटाहो माङसेबुङ ६ (साविक बाँझो ३) बाँझोगाउँ मन्दिर टोलमा रहेको विराटज्योति माङहाङ मन्दिर ।
२. विराटज्योति माङहाङ मन्दिरको परिचय:
विराट ज्योति माङहाङ मन्दिर
सतसिद्ध साधु धर्मका अनुयायीहरुको लागि विराटज्योति माङहाङ मुख्य मन्दिरको रुपमा रहेको छ । वि.सं. २०४२ सालमा सानो कुटीकोरुपमा स्थापित मन्दिर अहिले चौर भएको फराकिलो आँगनमा सुविधा सम्पन्न मन्दिरको रुपमा परिणत भएको छ । मन्दिरको विषयमाभक्तजन देवि कुमारी राई यसो भन्नुहुन्छ-‘यस मन्दिरको स्थापना गुरु सचितानन्द (विद्याप्रसाद माङपाहाङ राई) ले गर्नु भएको थियो ।विपि मार्गमा रहेको मन्दिर भित्र चार मठ र शिव मठ रहेका छन् । यहाँ चार विष्णु गुरु सहित पञ्च गुरुहरुबाट सेवा हुने गर्दछ । मन्दिरभएको ठाउँ पहिला गोरुको जुरो जस्तो अग्लो र भिरालो रहेको थियो । जहाँ गुरुले समाधि गई ज्ञान प्राप्त गर्नु भएको बताइन्छ।‘(कुराकानिमा आधारित)
३. पूर्व कार्यको समीक्षा:
यस मन्दिरको बारेमा धेरै चर्चा भएको पाइँदैन । तर, माङसेबुङ गाउँपालिकाले आफ्नो बेवसाइट र विभिन्न लिखतमा भने धार्मिकपर्यटकीय स्थलका रुपमा उल्लेख गर्दै आएको पाइन्छ । पालिकको प्रकाशनमा प्रकाशित माङसेबुङ दर्पण (२०८१) मा तस्वीर सहितयस मन्दिरको बारेमा संक्षिप्त जानकारी समावेश छ । गुरु सचितानन्दको वास्तविक नाम विद्या प्रसादबाट यहाँस्थित सडकको नामाकरणविपी मार्ग भनेर गरिएको छ ।
४. को हुन् सचितानन्द गुरु ?
गुरु सचित्त नन्द(विध्या प्रसाद राई) फोटो: अगम कोयू
माङसेबुङ ६ ठूलो मलिबाँसे (साबिक बाँझो १) मा गुरु सचितानन्दको जन्म माता सुन्दर दिल माई र पिता सुन्दर दिल दास (शेर बहादुरराई) को कोखबाट वि. सं. २००६ असार १७ गते शुक्रबारका दिन कान्छा छोराको रुपमा भएको थियो । दाजु प्रेमबहादुर राई र दिदीधनकुमारी राईसहित तेस्रो सन्तानको रुपमा गुरुको जन्म भएको थियो ।
४.१ बाल्यकाल:
हाल रहेका चार विष्णु गुरुहरु मध्येका एक गुरु मनिप्रसाद राई (चेतनन्द) ले गुरु सचितानन्दको बाल्यकालको बारेमा दिनुभएकोजानकारी अनुसार गुरु (सचितानन्द) गर्भमा हुँदा उहाँकी आमाले मासु खाएपछि बिरामी हुने र गुरु जन्मिएर ठूलो भएपछि मासु खाँदाआमालाई नफाप्ने हुन्थ्यो । चेतनन्द भन्नु हुन्छ –‘उहाँ सानो देखि नै एमदमै चलाख, साथीभाइसँग रमाउने, आफूले नराखी सबै अरुलाईदिने, जोखाना हेर्ने, सेरगेम गर्ने, साथीभाइलाई खुवाउने रौसे खालको हुनुहुन्थ्यो रे ।’ सानोमा खुन्द्रुका काइँला गुरुले पढाउँदा ‘यो बच्चापछि ठूलो मान्छे बन्छ है’ भन्नु भएको रहेछ । जवान उमेरको हुँदा गुरुले जाँड रक्सी, मासुमंस प्रसस्तै खाएको भन्ने छ । उहाँले त्यो बेलाचाराना सेरको जाँडलाई २ रुपैयाँको बनाउन लगाउनु हुन्थ्यो, तर त्यो जाँड चाहिँ बाक्लो, सिन्का गाड्दा सिधा उभिने हुनुपर्यो ।(कुराकानीमा आधारित)
०४२ सालदेखि सचितानन्द गरुलाई माङले सताउन थालेको भन्ने भनाइ छ । माङले सताउँदा उहाँ जङ्गल पस्ने, बेहोसी पारामा कुद्ने, बसेको ठाउँमा लड्ने अनि समाधि जाने गर्नु हुन्थ्यो । त्यतिबेला देखि नै उहाँका अनुयायी र स्थानीयहरुले धुपपाती बालेर, प्रार्थना गरेर, डमरु, शंख, घण्टीको आवाज बजाएर मात्र गुरु बौरिनु हुन्थ्यो । बिउझदा ठूलो हावाहुरी चलेको थियो । त्यसपछि माङवाणि सुरु भएकोहो । बिँउझिएर भन्नु हुन्थियो(म धेरै टाढा देवी देउता भएको ठाउँमा पुगेको थिए । त्यहाँ मलाई निरगुण सिकाउनु भयो, कर्म काण्ड गर्नेतरिका सिकाउनु भयो मलाई देउताहरुले धेरै ज्ञानगुणको कुरा सिकाउनु भएको छ ।) त्यहीँ अनुसार कर्म काण्ड सुरु गरेको हो । अहिलेमन्दिर बनाएको ठाउँमा पहिला अग्लो डाँडालाई काटेर सम्म बनाएको हो । गुरुलाई माङले सताउन थालेपछि गाउँले मिलेर तत्कालबाँसको सानो कुटी बनाइ मन्दिरको रुपमा पुजा सुरु गरेको हो । सुरुमा कुटी अहिलेको शिंहेश्वरी आविको छेउमा थियो । पछि सबैलेगुरुले गुफा बसेको ठाउँमा नै मन्दिर हुनु पर्छ भने पछि वि.स. २०४४ सालमा माथि (हाल मन्दिर भएको) सारिएको हो ।
एसएलसि सम्मको औपचारिक अध्ययन गर्नु भएको गुरुले इलाम जिल्लाको परिवार नियोजनको कर्मचारी भएर समेत काम गर्नु भयो ।त्यस बेला परिवार नियोजन गर्ने व्यक्तिलाई १०० रुपैयाँसमेत दिने चलन थियो । त्यही बेलाको एउटा रमाइलो किस्सा समेत रहेको छ ।त्यस बेला पञ्चमी बजारमा परिवार नियोजनको कार्यक्रम चलिरहेको थियो । पालोको पर्खाइमा उत्तरेका जय बहादुर राई बस्नुभएकोथियो । भित्रबाट अइया अइया भनेको सुनेर जय बहादुर भागेर गोसखान पुगेको मनिप्रसाद राई बताउनु हुन्छ ।
४.२ पारिवारिक पृष्ठभूमि:
गुरु परिवार सहित सेवा समिति परिवार
गुरुका कान्छा छोरा उदय कुमार राईका अनुसार सचितानन्द गुरुको चार वटा विवाह रहेको छ । गुरुआमाहरु जेठी विष्णुकुमारी राई, माइली श्यामकुमारी राई, साइली जोकुमारी राई र कान्छी दिल्ली कुमारी राई हुनुहुन्छ । ८ नाति नातिनीको धनी गुरुको सन्तानको रुपमा६ भाइ १ बहिनी रहेका छन् । छोराहरू जेठा सुवासनन्द राई, माइला कुमार राई, साइँला सुरेश नन्द राई, काइँला कमलनन्द राई, अन्तरेनारायण राई र कान्छा उदय कुमार राई हुन् । छोरी लक्ष्मी राईको भने निधन भइसकेको छ ।
४.३ गुरुको निधन:
गुरुको निधन वि. स. २०७० कार्तिक १ गते भारतको सिलीगुडीमा भएको थियो । २०६९ देखि बिरामी परि लामो समयको अस्पतालबसाइपछि गुरुको निधन भएको हो । नेपालको सबै जसो अस्पतालमा धाउँदा समेत उच्च रक्तचापको कारण परलोक हुनु भएको थियो ।
४.४ गुरुको निधनपछिको अवस्था:
गुरुको निधनपछि गुरुले नै उत्थान गर्नु भएको चार विष्णु गुरु र पञ्च गुरुहरुले सेवा पूजा लगाउने र मन्दिरको व्यवस्थापन गर्ने सञ्चालनगर्ने काम गर्दै आइरहेको । चार जना गुरुले यस धार्मिकस्थल र माङहाङको पूजापाठलगायत अन्य विविध कार्यहरुमा योगदान गनरिरहनुभएको छ । भक्तजनहरुको दान भेटीसमेतले यस मान्दिरको व्यवस्थापकीय कार्य हुँदै आएको छ ।
५. सतसिद्ध साधु धर्म के हो ? एक समीक्षा:
सतसिद्ध साधु धर्म आफ्नो एक छुट्टै पहिचान भएको धर्मको रुपमा लिने गरिएको छ । यसका बारेमा मन्दिर सेवा समितिका अध्यक्षखड्गध्वोज राई भन्नुहुन्छ –‘२०४२ साल अगाडि माङसेबङु ३ लाक्तापामा रहेको मन्दिरमा गुरु भगवती दास (माइला गुरु) ले हाम्रोडाँडाको माङ बाझोगाउँ पुग्यो है भन्नु भएको थियो रे । वि. सं २०४२ वैशाख २ गते गुरु उत्पत्ति भए पछि सतसिद्ध साधु धर्मको सुरुवातभएको हो । यस धर्ममा जाड रक्सी, मासुमंस खानु नहुने नियम रहेको छ । यसका अनुयायीहरु निशानीको रुपमा शिरमा पहेँलोफेटाअर्थात पिताम्बरु(राङबुङ) लगाउने गर्दछन् । काटमार, ढाँटछल गर्नु हुँदैन, अनैतिक सम्बन्ध राख्नु हुदैन भनेर तुलसीको माला लगाउनेगर्दछन् । पुजापाठ गर्दा गुरुले माङवाणी गर्दा बोल्नु भएको कुराहरुलाई प्रयोग गरिएको छ । माङवाणी हुँदा चार विष्णु गुरु मध्येको एकनन्द कुमार राई (दिव्यनन्द) ले लेख्नु भएको थियो । त्यसैलाई गुरुले सच्याएर भक्तजनहरुलाई बाँढ्नु भएको हो । तर यो वाणीलाईछापाखानामा छाप्नु अर्थात यसको लेख्य रुप कायम गर्न नहुने कडा नियम छ । अध्यक्ष राई भन्नु हुन्छ –‘कागजमा छाप्दा यसको शक्तिहराउदै जाने विश्वास रहेको छ।’ गुरुको माङ विवाह र आयु विवाहले गर्दा केही मानिसहरुले गलत अर्थ लगाए पनि यो सबै माङले गरेकोथियो । (कुराकानीमा आधारित)
६. विराट ज्योति मन्दिरमा पुजा कहिले हुन्छ ?
वैशाखे पूर्णिमाको दिन सेवामा भक्तजनहरु । फोटो: अगम कोयू
मन्दिर सेवा समितिका अध्यक्ष खड्ग ध्वोज राई भन्नु हुन्छ-‘विराट ज्योति मन्दिरमा विशेष गरी उभौली र उधौलीमा पुजा गर्ने चलन रहेकोछ । वैशाखे पूर्णे र मंसिरे पूर्णेमा देउनाच र माङ नाच नाच्ने गर्दछन् । गायत्री गाउदै झेलिझ्याम्टा बजाउदै गोलाकार आकारमा शैलीमिलाएर नाच्ने गरिन्छ दुवै नाच । देउनाच र माङनाचमा कर्म गायत्री मात्र फरक रहेको छ । यसैगरि भदौ ५ गते नयाँ बालीचढाउने(चाछुवा) गरिन्छ भने कार्तिक २ कात्तिके होमादी ग्रहजाप, चैत २ गते चैते होमादी ग्रहजाप गर्ने गर्दछ । यसका साथै शिवरात्रि, श्रीपञ्चमीमा समेत पुजा गर्ने गरिन्छ । असार १७ गते गुरुको जन्मदिनलाई भने भक्तजनहरु भेला भएर सेवा कर्म गरी सम्झने गरेको छ ।‘ (कुराकानीमा आधारित)
अनलाइन खबरमा ‘मन्दिर किन धाउने ?’ शीर्षकमा दिपक दर्शनले लेख्नु भएको छ –‘मन्दिरमा हात जोडेर उभिने गरिन्छ । यसो गर्दाफोक्सो तथा मुटुलाई फाइदा पुग्छ । यसबाट रोगप्रतिरोधक शक्तिको विकास हुन्छ । हत्केला तथा औंलामा विद्यमान त्यस्ता विन्दुहरुमादबाब पर्छ जुन शरीरका हरेक अंगसँग जोडिएका हुन्छन्, जसबाट ती अंगहरुमा शक्तिको सञ्चार हुन्छ’,(दर्शन, २०७५) ।
७. गुरुको योगदानलाई सम्मान:
क) विपि मार्ग
तारे भिरको शिरमा विपि मार्ग
माङसेबुङ ६ नमुना टोलको बागखोर देखि माङसेबुङ ३ घर्ती दोभानसम्म १८ किलोमिटर मोटरबाटोको नाम विपि मार्ग रहेको छ । विपिमार्ग गुरु विध्या प्रसाद राईको नामबाट नामकरण गरिएको हो । यो मार्ग गुरुको अगुवाईमा भक्तजन र स्थानीयहरुको सहभागितामानिर्माण भएको थियो । यही मार्गले विराट ज्योति माङहाङलाई छोएको छ । स्थानीय ५२ वर्षीय देविप्रसाद राई सडक निर्माण गर्दाकोसमयलाई यसरी सम्झनु हुन्छ –‘०४७ सालमा बिहान १० बजे देखि साँझ ५ बजेसम्म गुरुसँगै बाटो खन्न जाने गर्यौँ । लगभग दुई वर्ष बाटोखनेको हो तर हिउँद मात्र । काममा जाँदा भुटेको मकै, चिउरा खाजा लिएर जाने गरेका थियौँ । (कुराकानीमा आधारित)
विपि मार्ग अन्तर्गत कुसुण्डे र टोड्केको बिचभाग
राईका अनुसार अहिलेको राँके–रवि–भेडेटार सडक खण्डले छोएको बाघखोर माथिबाट टोड्केसम्म जनसहभागितामा सडक खनिएको हो। त्यस भन्दा तलको भागमा भने मेसिनसमेत लगाएर बाटो खनिएको हो । ‘केही मानिसहरु विपि मार्गलाई विश्वेश्वर प्रसाद कोइरालाकोनाम जोड्ने गरेका छन् । खासमा यो विध्या प्रसाद मार्ग हो’, सडकको नामाकरण बारे राई प्रष्ट पार्नुहुन्छ ।
ख) सालिक निर्माण:
गुरुको पूर्ण कदको सालिक, अनावरण हुन बाँकी । फोटो: भूमिका फियाक
मन्दिर कै प्राङ्गणमा गुरुको सतगद गरेको ठाउँमा उत्तर फर्काएर पूर्ण कदको सालिक निर्माण गरिएको छ । किरात मुन्धुम अनुसारकिरातीहरु हिमाल अर्थात उत्तर दिशाबाट मंगलबार उत्पत्ति भएको कारण उत्तर फर्कनुलाई शुभ मानिन्छ । सालिक निर्माण समितिकाउपाध्यक्ष धनजीत राईका अनुसार सालिक निर्माणमा अहिले सम्म ३० लाख जति खर्च भएको छ । सहयोगी दाताहरुको लागिशिलालेखको काम भइरहेको छ । सहयोगमार्फत सबै खर्च व्यावस्थापन भएको हो । नेपाल तथा विदेशमा रहनु भएका भक्तजन तथामनकारी महानुभावहरुले सहयोग गर्नु भएको छ । सालिकको उद्घाटन आउँदो मंसिरमा गर्ने तयारी भइरहेको छ । (कुराकानीमाआधारित)
गुरुको सालिक निर्माणको बेला । फोटो: धनजीत रुङमाहाङ
यसका साथै माङसेबुङ ६ बागघोरमा गुरुको सालिक निर्माणको लागि वडा सिलिङबाट ३ लाख रुपैयाँ विनियोजन गरी जग्गा तयारीगरिसकेको अवस्था छ ।
८. मन्दिरको व्यवस्थापन र भौतिक निर्माणमा चन्दा भेटी:
मन्दिरको व्यवस्थापन र भौतिक निर्माणको विषयमा चार विष्णु गुरु दिपक कुमार राई(बर्मनन्द) यसो भन्नु हुन्छ-‘विराट ज्योति मन्दिरकोलागि व्यवस्थापन र भौतिक निर्माणको काममा धेरै जसो चन्दा भेटी र सहयोगी दाताहरुबाट नै खर्च जुटिरहेको छ । सालिक निर्माणसँगैचार वर्ष अगाडी मन्दिरको छाना परिवर्तन गर्ने काम साथै गेट निर्माण, सिँढी निर्माण लगायत अन्य भौतिक संरचनाहरुको निर्माण चन्दाभेटीबाट नै बनिरहेको छ । गुरुको भक्तजनहरु धेरै जना अहिले अमेरिकामा हुनुहुन्छ । उहाँहरुले नै नयाँ योजनाहरुसँगै खर्च पठाइरहनुभएको पनि छ । पुजाआजा गर्दा स्वेच्छाले चन्दा दिने गर्दछन् ।‘
९. सरकारी योजनामा विराट ज्योति माङहाङ मन्दिर:
मन्दिरको छानाको लागि टिन ६ बण्डल (कुल बहादुर गुरुङ, शिक्षा मन्त्री (२०५४)
विपि मार्ग निर्माण गर्दा २७ क्विन्टल चामल (हरी खनाल, सभापति इलाम, मिति नखुलेको)
खानेपानीको पाइप (जय प्रकाश राई, उपसभापति इलाम, मिति नखुलेको)
पर्खाल निर्माण ५ लाख (माङसेबुङ गाउँपालिका आ.व. २०७७/०७८)
आश्रम ढलाई २ लाख (माङसेबुङ ६ वडा कार्यलय आ. व. २०७८/०७९)
बागखोरमा गुरु सालिक निर्माण ३ लाख ( माङसेबुङ ६ वडा कार्यलय चालु आ. व. २०८१/०८२)
९.१ छैनन् ठूलो योजनाको बजेट
मन्दिर दर्ता नभएको कारण ठूलो योजनाहरु नपरेको भक्तजनहरु बताउँनु हुन्छ । दर्ता प्रकृयालाई अगाडि बढाए पनि जग्गा धेरै जनाकोनाममा रहेको कारण केही स्रेस्तागत झमेला भएको तर त्यसलाई चाँडै मिलाइने भक्तजन ५७ वर्षीय रन बहादुर राई बताउनु हुन्छ ।(कुराकानीमा आधारित)
१०. सम्भावित नतिजा:
यस मन्दिरलाई धार्मिक पर्यटनसँग जोडेर विकास गर्न सके नयाँ धार्मिक पर्यटकीय गन्तव्य थपिन सक्छ । जस कारण धार्मिक पर्यटकआगमनमा बृद्धि भई स्थानीयवासीका निम्ति रोजगारी सिर्जना हुने र आयआर्जनसहित आम्दानीको स्रोत बढ्न सक्छ । सतसिद्ध साधुधर्मले मानिसमा अंहकार फाल्ने, काटमार ढाँटछल नगर्ने, अरुको भलो चिताउने जस्ता सकारात्मक र सदाचारका गुण र ज्ञान विस्तार हुनसक्छ । यिनै सत्ज्ञानका निम्ति मन्दिरमा भक्तजनहरुको संख्या बढ्न सक्ने देखिन्छ ।
माङसेबुङ गाउँपालिकाको आयोजनामा गाउँ पालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन, अनुसन्धानका साथैपर्यटन प्रवद्र्धनका लागि सात दिने पदयात्राको समापन कार्यक्रममा सञ्चारकर्मीमाझ बोल्दै माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्तराईले पालिकाभित्रका सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, संरक्षण तथा प्रचार–प्रसार गर्न आफू र पालिकाटिम कटिबद्ध रहेको बताउनुभयो । विराट ज्योति मन्दिर जस्ता धार्मिक पर्यटकीय क्षेत्रहरूको विकास, संरक्षण तथा प्रचार–प्रसार गर्नसके सिङ्गो पालिकाको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ रहेको छ ।
११. निष्कर्ष र सुझाव:
मन्दिर आफैमा एक आदर्श भएकोले यस विराट ज्योति मन्दिरको प्रवद्र्धन र विकास गर्न सके स्थानीय क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धनभई आयआर्जनमा पनि टेवा पुग्न सक्छ । यो एक नयाँ गन्तव्यको रुपमा स्थापित भई माङसेबुङको मात्र होइन, समग्र इलाम र नेपालकैगौरवको रुपमा परिचित हुन सक्छ । स्थानीयवासी लगायत स्थानीय सरकार, प्रदेश सरकारसहित सङ्घीय सरकारले समेत यसकोसंरक्षण र विकासमा जोड दिनु पर्दछ ।
सन्दर्भ स्रोत:
दर्शन, दिपक (२०७५) । ‘मन्दिर किन धाउने ?’ अनलाइन खबर (३१ असार, शनिबार)
माङसेबुङ गाउँपालिकाको वेबसाइट
https://mansebungmun.gov.np/
माङसेबुङ दर्पण (२०८१), ज्ञानु केदेम र अरु … (सं.) । माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ (माङसेबुङपब्लिकेशन एण्ड मिडिया प्रा. लि. र किरात इङभो पान्जुम्भो)
कुराकानी:
१. दिपक कुमार राई(बर्मनन्द) (चार विष्णु गुरु) (२०८२।०१।२८)
२. खड्ग ध्वोज राई( अध्यक्ष, मन्दिर सेवा समिति (२)८२।०२।१०)
३. मनि प्रसाद राई(चेतनन्द)(चार विष्णु गुरु) (२)८२।०१।२८)
४. देवी कुमारी राई, भक्तजन(२०८२।०२।१०)
५. देवी प्रसाद राई, स्थानीय बासिन्दा (२०८२।०२।०४)
६. धनजित राई, (उपाध्यक्ष) सालिक निर्माण समिति (२०८२।०१।२५)
७. रन बहादुर राई, भक्तजन (२०८२।०२।१२)
८. हेमन्त राई– अध्यक्ष, माङसेबुङ गाउँपालिका(२०८२।०१।३०)
९. उदय कुमार राई– गुरुको कान्छा छोरा (२०८२।०२।१०)