adv

लकडाउन र क्वारेन्टिन अभियान नाट्य महोत्सव

लकडाउन अत्यासर्पूण आकंलन नगरिएको होइन । लकडाउन स्वीकार्दै गर्दा समय बिताउन केहि नयाँ पढ्न मन लागेका किताव जोहो गरिएको थियो, अध्ययन जारी छ । सँगै केहि नेपाली तथा विदेशी चलचित्र हेर्ने योजना अनुसार हेर्ने क्रम जारी छ । लकडाउन सँगै सुरु भएको एउटा लिष्ट थियोः क्वारेन्टाइन अभियान नाट्य महोत्सव । कीर्तिपुर रंगमञ्चले लकडाउनमा रंगमञ्चीय प्रस्तुतीलाई डिजिटल माध्यमबाट प्रस्तुत गर्ने खबर पाउँदा मनमा दुई कुरा थिए ।

१. डिजिटल माध्ममा हेर्दा रंगमञ्चीय आनन्द प्राप्त होला ?
२. कथा र प्रस्तुतीको सौन्दर्यमा यसले कस्तो प्रभाव पर्ला ?

सुरुका दिन पक्कै डिजिटल प्रस्तुतीमा आनन्द थिएन । प्रत्यक्ष हेर्ने बानीले डिजिटल माध्ययमा खल्लो स्वभाविक थियो । डिजिटल माध्यममा हेर्ने गरिएका चलचित्रहरु जस्तै क्यामेरा, लाइट, साउण्ड लगायतको प्राविधिक पक्षमा गरिएका अस्वभाविक अपेक्षाले पनि सुरुका दिनहरु खल्लो भएका हुन । तर, १६औं दिनसम्म आइपुग्दा साउण्ड र क्यामेरा प्रयोगले केही सहज बनायो, बानी पर्दै थियो तर महोत्सव नै सकियो । कथाको शौन्दर्य विषयवस्तुमा निहित हुने भएकाले प्रशारण माध्यमले खासै असर पार्दैन । प्रस्तुतीको कुरा निर्देशकीय अध्ययन र अभ्यासमा निर्भर हुने भएकाले प्रशारण माध्ययसँग कमै जोडे हुन्छ ।

नाटकबारे मेरो अनुभव र क्वारेन्टाइन अभियान नाट्य महोत्सव

नाटक पहिलो पटक रेडियो नेपालमा सुनेको, पहिलो पटक दाइको विवाहमा हरेको (त्यो समय हाम्रो गाउँमा विवाहमा आउने पाहुना वा दर्शकलाई लक्षित गरी नाटक तयार पारेर देखाउने चलन थियो ।) । नजिकको शहर दमक छिरेपछि सडक नाटक हेरेको, काठमाडौं छिरेपछि मात्रै व्यवस्थित रंगमञ्चमा नाटक हेरियो । यहाँसम्म आइपुग्दा समय मिलेसम्म नाटक हेरियो । काठमाडौंका मण्डला, शिल्पी, थिएटर भिलेज, सर्वनाम, कीर्तिपुर नाट्यघर लगायत थिएटरहरुमा नाटक हेरेको छु । नाटक हेर्ने मात्र नभएर कुनै न कुनै रुपमा नाटकबारे अध्ययन जारी छ । छिल्लो समय रंगमञ्चीय प्रस्तुती कलानुरागीका लागि आकर्षणको बिषय हो । म पनि त्यो जमातमा पर्छु । शहरीयका लागि नाटक जीवनशैली बन्दैछ । रंगमञ्चका लागि यो शुखद पक्ष मान्नुपर्छ । यस्तै बेला विश्व महामारी ‘कोरोना’का कारण प्रत्यक्ष उपस्थितिमा मात्र सम्भव रंगञ्चीय प्रस्तुती डिजिटल माध्यममा हेर्न पाउनु हाम्रा लागि सुखद पक्ष हो ।

अभियानका रुपमा प्रस्तुत गरिका सबै नाटक उत्कृष्ट सवित भइसकेका हुन् । ‘मान भर्सेस मती’ बाट सुरु भएर ‘तराबाजी लै लै’ सम्मका केहि बाहेक प्राय हेरियो । पहिला हेरिरएका नाटक दोहोर्याइएन । प्रस्तुत २० नाटक मध्ये मेरा लागि हिरा बिजुलीकृत ‘गर्भ छिटा’ विशेष थियो । रंगमञ्चमा छुटेकोले मात्र ‘गर्भ छिटा’ मेरो लागि विशेष थिएन । यो नाटक मञ्चनको सयमा गरिएका समिक्षाहरुले एक पल्ट हेर्ने धोको ममा सधैका लागि जिवित राखिदियो । त्यो धोको क्वारेन्टाइन अभियान नाट्य महोत्सवले पुरा गरिदिएको छ । जुन नाटकले कर्णली बोल्छ । म भन्छुः ‘गर्भ छिटा’ कथावस्तु, प्रस्तुती, भौगोलिक अवस्थितिले निर्धारण गर्ने हरेक परिस्थित सामना गर्दै गरिएको सुन्दर सृजना हो । ‘गर्भ छिटा’ नाटक कर्णाली क्षेत्र र समग्र नेपाली नाट्य इतिहासमा ‘माइलस्टोन’का रुपमा रहने छ । अरु नाटकका आ–आफ्नै स्थान छ ।

क्वारेन्टाइन अभियान नाट्य महोत्सवमा प्रस्तुत गरिएका कुनै पनि नाटक व्यवसायीक वा अन्य सार्वजनिक प्रर्दशनका लागि छायाङ्कन गरिएका पक्कै होइनन् । संग्रहका लागि छायाङ्कन गरिएका प्रस्तुतीहरु यो संकटको समयमा हामी कलानुरागीका लागि मिठो कोशेली बन्न पुगे । यसका लागि कीर्तिपुर नाट्यघर, क्वारेन्टाइन अभियान नाट्य महोत्सवका निर्देशक केदार श्रेष्ठ ( Kedar Shrestha ) लगायत सबैमा आभार व्यक्त गर्नुपर्छ । आशा गारौं, कोरोना संटक छिट्टै साम्य होस र रंगमञ्चमै नाटक हेर्न पाइनेछ ।

मिलन लिम्बुकाे फेसबुकवालबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु