adv

अमेरिकामा काेराेना संक्रमित ५ लाख नाघ्याे, इटली भन्दा अमेरीकामा बढीकाे मृत्यु

काठमाण्डाै, २९ चैत्र । काेराेना भाइरस (काेभिड १९) का कारण सबैभन्दा धेरै ज्यान गुमाउने मुलुक इटली भन्दा अघि अमेरिका आएकाे छ । समाचार तयार पार्दासम्म अमेरिकामा १९ हजार ८ सय ३३ जनाकाे मृत्यु भइसकेकाे छ भने इटलीमा १९ हजार ४ सय ६८ जनाकाे मृत्यु भइसकेकाे छ ।

अमेरिकाले हालसम्म २५ लाख ७८ हजार ९ सय ३१ जनामा काेराेना परिक्षण गरिसकेकाे छ । जसमा संक्रमित संख्या ५ लाख ८ हजार ५ सय ७५ जना पुगिसकेकाे छ ।

इटलीमा भने ९ लाख ६३ हजार ४ सय ७३ जनामा काेराेना परिक्षण गरिएकाे छ । इटलीमा हाल १ लाख ५२ हजार २ सय ७१ जना काेराेना संक्रमित रहेकाे वल्टाेमिटरमा उल्लेख छ ।

नेपालमा भने ४ हजार ४ सय २६ जनाकाे काेराेना जाँच गरिसकेकाे छ । जसमा ९ जना संक्रमित मध्ये १ जना पूर्ण स्वास्थ्यलाभ गरिसकेकाे छ । नेपालमा भने काेराेनाका कारण मृत्यु भएकाे छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु