adv
adv

मेरो नजरमा ओर्लिएका महिलाहरु

सुरुमा एउटि छोरी, एउटी बुहारी अनि एउटी श्रमती हुँदै एउटी आमा, थरि थरिको भुमिका भएको व्यक्ति हो महिला । कहिले घरकी लक्ष्मि, कहिले श्रीमानको असल सहयात्रि, कहिले बाल बच्चाको प्रथम पाठशाला अनि कहिले तिनकै असल अविभावकको रुपमा आफ्नो गतिलो पहिचान बनाउन सफल व्यक्ति पनि हो महिला ।

एउटी महिलाको दैनिकी नियाल्ने हो भने सायद उसको भूमिकाको बिषयमा कुनै अर्को बनावटि चरित्र चित्रण गर्नु पर्दैन । उनी सबेरै उठ्छिन त्यस पछि क्रमश: घरको सरसफाई, परिवारको लागि चिया र तातोपानी, बालबच्चा र सिंगो परिवारकै लागि खाजा र नास्ता यत्ति गर्दा धन्दापात भ्याई नभ्याई हुँदै खानपिनको बन्दोबस्त, बालबच्चाको स्कूल फेरि धन्दापात, यत्ति गर्दा पनि समयले पर्खे त हुन्थ्यो नि, मध्यान्ह भैसकेको हुन्छ । परिवारका सबै सदस्यको लुगाफाटो धुने काम, बस्तुभाउको हेरचाह, घाँस दाउरा ,खेतिबारिको काम फेरि बेलुकाको खानाको बन्दोबस्त यी सबै काममा एक महिलाले नै भूमिका निर्वाह गरिरहेकी हुन्छिन् । उल्लेखित सम्पूर्ण घरायसी कामहरु आफ्नो नियमित काम ठान्दै सबै भन्दा उत्कृष्ठ डिउटीफुल हुन चाहान्छिन एउटी महिला । बाल बच्चाहरुको लागि असल प्रशिक्षक ,श्रीमानको लागि असल सहयात्री ,सासू ससुराको लागि आज्ञाकारी बुहारी अनि समाजको लागि संस्कारी महिला हुनु पर्छ भन्ने मान्यता राख्छिन एउटी महिला । एउटा परिवार सफल हुन महिलाको भुमिकामा भर पर्छ भन्ने कुरामा सायद दुई मत नहोला । त्सतै स्वच्छता ,सहनशिल्ता, लगनशिलता र पारदर्सीता का हिसाबले पनि महिला लाई अलि धेरै नै विश्वास गरिएको पाईन्छ । तथापी तोकिएको लक्षुमण रेखा भन्दा किनचित बाहिर निस्किन चाहादिनन् एउटि महिला । परापुर्व काल देखि लिंगको आधारमा बांडफाड गरिएको जिम्मेवारी नै आफ्नो गहना र निजी पेवा ठान्दछिन उनि । सारा परिवर्तनका एतिहासिक कालखण्डहरु ले निक्कै पर सम्म फड्को मार्छन ,कानुन नियम हरु समता र समान्तालाई जोड दिदै तयार हुन्छन तर महिला भने जहांको त्यहि, निश्चित क्षेत्रफल भन्दा बाहिर जान पटक्कै चाहदैन ।

किन भने सदियौं देखि उनी एउटा गतिलो संस्कार को झोली भित्र छिन । त्यहि संस्कार अन्तर्गतको सामाजिक मूल्य मान्यता को निगारानी मा छिन । त्यहि घेरा भित्र बस्छिन ,तिनै कुरा सिक्छिन ,ब्यावहारमा लागू गर्छिन ,जे सिक्छिन त्यहि सिकाउछिन , जे ग्रहण गर्छिन त्यहि हस्तान्तरण पनि गर्छिन । पुस्तौं बित्छ तिनै कुराहरु पुस्तान्तरण हुँदै जान्छ । किन भने जाति ,धर्म , संस्कार र संस्कृतिको खुब हिफाजत पनि उनैले गर्छिन । अरु सबैजनालाई खान दिएर बंचेको मात्र आफू खान्छिन , सकेसम्म बाहिर ननिस्कुं ,अरुको घरमा खाना नखाउं,आफ्नै जात संग छोरिको विवाह गरुं, जातको र कुल घरानको बुहारी ल्याऔं भन्छिन अनि बुहारीलाई पनि यस्तै यस्तै कुराहरु सिकाउछिन । त्यति मात्र काहां हो र पाल्न सक्ने खालको ज्वाइँ छानेर छोरिको विवाह गरिददिन महत्वपुर्ण भुमिका पनि निभाउछिन , तर आफ्नो छोरिले पनि परिवार पाल्ने सक्ने हैसियत र सामर्थ्य राख्ने कुरामा बेखबरै हुन्छिन । यस्तै यस्तै कुरामा मात्र थाहै नपाई आधा आकाश त के पुरै ब्रमाण्ड नै आफ्नो पकडमा पार्न सफल हुन्छिन । किताबहरु किन्ने ज्ञान अरुलाई दिने ,गहनाहरु आफु राख्ने सुन्दरता अरुलाई दिने ,सुख आफु रोज्ने आनन्द अरुलाई दिने र औषधि आफु लिने स्वस्थ्य अरुलाई दिने अनि, अनि ओछ्यान आफु लिने निद पनि अरुलाई नै दिने गर्छिन एउटि महिला । अर्ध निन्द्रा र आधा पेटमा हजारौं रात अनि दिनहरु गुजारेर आफ्नो बाल बच्चा हुर्काउछिन , समय बित्दै जांदा आफु चांहि गलहत्तिएर बृद्वाआश्रम सम्म पुग्न नि बेर लाउदिनन ,आफु तिरस्कृत भएपनि हमेशा सन्तानको भलो चाहान्छिन एउटि महिला । संसार हेर्ने आंट कहिल्यै गर्दिनन् , रहर गर्छिन तर कुनामा बसेर चियाउंछिन मात्र । त्यो अंध्यारो कुनाबाट संसार कहाँ देखिन्छ र हेर्न लई त बाहिर खुल्ला ठाउंमा आउनु प(यो नि । यसरी एउटि महिलाको यथार्थताले अधिकांश महिलाहरुको प्रतिनिधित्व गर्छ , गरिरहेको छ अझै पनि । थोरै महिलाले मात्र महिलाहरुको बास्तविक्ता बुझेको छ । किन भने उसले कुनै पनि कुरा बुज्ने समय र अवसर पाएको छैन । महिलाहरुले आफ्नो पूरा समय घरमा खर्चिंदै आए । फलस्वरुप उनिहरुको चेतना ,क्षमता ,कार्य दक्षता पनि त्यहि घरकै वरिपरि मात्र घुमिरह्यो ।

नेपालको कुल जनसंख्याको आधा भन्दा धेरै संख्या महिलाहरुको छ । फेरि यो होईन कि ती सबै महिलाहरु एउटै दर्जा का छन । केही महिलाहरु ठुला ठुला परिवर्तनका संवाहक पनि बन्दै आएका छन । नेपालमा भएका विभिन्न चरणको सामाजिक आन्दोलानहरु ,हरेक राज्नैतिक परिवर्तनहरु , लोकतन्त्रको स्थापना ,संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि महिलाहरुले उल्ल्खनिय भुमिका निभाउदै आएका छन । त्यति मात्र होईन ईतिहास लाई पल्टाएर हेर्न हो भने नेपाली महिलाहरुद्वरा समानता र महिला मुक्तिका लागि विभिन्न चरणमा ठुला ठुला संघर्षहरु भएको र रुपान्तरणका लागि महत्वपुर्ण गतिबिधिहरु गर्दै आएको पाईन्छ । वि सं १९७३ देखि १९९८ सम्म योगमाया न्यौपाने को नेतृत्वमा उत्पिडन बिरुद्व सामाजिक परिचालनहरु भएको पाईन्छ । सामाजिक न्यायका लागि राणा शासनको निरंकुशता बिरुद्व को आन्दोलानमा योगमाया लगायत वहांका ६८ जना अनुयायिहरु समेत ले जल समाधि सहित गरेको तितो ईतिहास हामीकहां छदैछ । त्यस पछि २००४ देखि २०४६ साल सम्मको लामो अवधिमा पनि नेपाली महिलाहरु मध्ये शाहना ,साधना ,कनकलता ,स्नेहालता लगायत का महिलाहरुले नागरिक अधिकारका लागि सामाजिक आर्थिक र राजनितिक समानताको माग राख्दै राजनितिक चेतना सहितको प्रजातन्त्र प्राप्तिका लागि निक्कै लामो आन्दालान गरेको पाईन्छ । त्यसैगरि २०४६ देखि २०७२ साल सम्म राज्यको विभिन्न संवैधानिक तहमा रहेका नेपाली अग्रणि महिलाहरु ,महिला मानव अधिकार कर्मि हरु र सामाजिक महिला ब्याक्तित्वहरुले अंश, बंस हिंसा ,समावेसी, समानुपातिक सहभागिता र विशेष गरेर लैंगिक समानता लाई जोड दिदै परिवर्तनका लागि निक्कै लामो समय आन्दोलान गरेको देखिन्छ । फल स्वरुप महिला हरुको शसक्तिकरण , सहभागिता र समानता को पाटो मा निक्कै राम्रो उपलव्धि हरु प्राप्त भएको छ ।

नेपालमा वर्गिय ,जातिय ,भाषिक , धार्मिक ,लैंगिक विभेदहरुको अन्त्य गर्दै आर्थिक समानता ,संमृद्वि र सामजिक न्यायको सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक समाजको निर्माण गर्ने संकल्पका साथ नेपालको संविधान जारी भएको छ । धारा ३८ मा ६ ओटा उप धाराहरुले स्पष्ट रुप मामहिलाको हक अधिकार को बिषयमा उल्लेख गरेको छ । कानुन राम्रो वनाउनु मात्र सबै थोक होईन र परिवर्तन वा रुपान्तरणको अन्तिम बिन्दु पनि होईन । विषेशतस् यसको कार्यन्वयन मा भर पर्छ । त्यसैले सारा परिवर्नका मुद्वाहरुलाई संस्थागत गराउनका लागि व्यवहार मा लागू गर्न र गराउन अपरिहार्य हुन्छ ,जस्ले गर्दा महिलाहरुको अधिकारको सुनिश्चित हुन सकोस र उनिहरुले आफ्नो अधिकार उपभोग गर्न पाउने वातावरण तयार होस । यसका निमित्त स्वम महिलाहरु ले नै लाग्नु पर्ने हुन्छ । आवश्यक्ता भएर मात्र पुग्दैन संबन्धित पक्षमा तत्परता हुन पनि जरुरी छ । जोसंग भोक छ उसैले खानु पर्छ । जहां अधिकार हरु लम्पसासर परेर आएका छन त्यहां कर्तव्य हरुले पनि तैनाथ हुनै पर्छ । अधिकार हरु पछ्याएर आईरहदा कर्तव्य र जिम्मेवारी निदाएर बस्यो भने फेरि जिउंका तिउं हुन जान्छ । तसर्थ ती रुडिवादी परंपरा , कु संस्कार साथै पितृसतात्मक सोंचको रसिले हजार फन्को बेरिएर लक्षमाण रेखा भित्र रहेका महिलाहरु पनि बाहिर आउन जरुरी छ । थोरै समयको व्यावस्थापन का लागि परिवारको सामिप्यतामा आंच नआउने गरि आफ्नो दैनिकि हरु परिवर्तन गर्न आवश्यक छ । क्षमता बिकाश ,व्याक्तित्व बिकाशका लागि केही समय खर्चिन पर्ने हुन्छ र अर्को कुरा शसक्तिकरण अरुले गरिदिएर हुदैन जो पछाडि परेको छ उ नै शसक्त हुनु पर्छ स्वमं लागि पनि पर्नु पर्ने हुन्छ । महिलाको सामाजिक , आर्थिक र राजनैतिक अवस्था कमजोर भएकै कारणले परिवार देखि समाज विकासको क्षेत्रमा महिलाको अत्ति महत्वपुर्ण भुमिका हुंदाहुदै पनि राज्यको हरेक क्षेत्रमा महिलाको न्यून सहभागिता रहेको अवस्था छ ।

नेपालको राष्ट्रपति महिला भयो भन्दैमा र तीन तहको सरकार गठन गर्दा त्यहां महिलाहरुको सहभागि ४०५ सम्म पुग्यो भन्दैमा समान सहभागिता हुदैन । समान हुन लाई त राज्यको अरु निकायमा पनि उत्तिकै सहभागिता हुन जरुरी छ । परिवार, समाज ,विभिन्न संघ संस्था र राज्यको सवै निकाय , तह हरुमा समान सहभागिता हुनु पर्यो । यसका लागि योग्य र दक्ष हुन लाई फेरि पनि संबन्धित पक्ष नै तत्पर हुनु प(यो । घरको कुनामा बसेर टाडा सम्म देखिदैन संसार हेर्नलाई बाहिर खुल्ला ठाउंमा आउनु पर्यो। आफ्नो लागि, परिवारका लागि, समाजका लागि र राष्ट्रका लागि केही गर्नु पर्यो । अनि मात्र समृद्ध नेपाल सुखि नेपालीको नाराले सार्थकता पाउछ ।

लेखक सरला राई मिक्लाजुङ गाउँपालिका मोरङका उपाध्यक्ष हुनुहुन्छ । 

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु