adv

मेचीनगरका नगरप्रमुख विमल आचार्यलाई कोराना पुष्टि

मेचीनगर, २८ असोज । झापाको मेचीनगरका नगरप्रमुख विमल आचार्यलाई कोराना संक्रमण भएको हो ।

आज रिपोर्ट पोजेटिभ आएको मेचीनगरका कोभिड फोकल पर्सन नविन बरालले जानकारी दिए ।

उनको कनकाई प्रयोगशालामा मङ्गलवार पीसीआर गरिएको थियो ।

नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ ।

नगरप्रमुख आचार्य पीसीआरका लागि स्वाव दिएपछि होमआइसोलेसनमा रहेका छन् ।

उनको स्वास्थ्य अवस्था हाल सामान्य छ ।

आज मेयरसहित मेचीनगरमा ४ जनामा कोरोना संक्रमण भएको हो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु