adv
adv

किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सकियो

के के भए निर्णय ?

काठमाडौं, १ मंसिर ।

तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनपछि बुधबार यायोक्खा कार्यालयमा पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक हुँदै । तस्वीर : अर्जुन जम्नेली राई ।

किरात प्रदेश नामकरणको लागि निर्णायक संघर्ष गर्ने लगायतको १६ बुँदे प्रस्ताव पारित गर्दै किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलन सकिएको छ ।

किरात राई तेस्रो अन्तर्राष्ट्रिय समन्वय समितिले बुधबार यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन आयोजना गरेर सम्मेलनका निर्णय सार्वजनिक गरेको हो ।

‘किरात राई जातिको इतिहास, भाषा, धर्म र संस्कृति संरक्षण हाम्रो अभियान, विश्व किरात राईहरुको एकताको लागि किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ कार्तिक २७—२९ गते (२०२१ नोभेम्बर १३—१५ तारिख) काठमाडौंमा सम्मेलन भएको थियो ।

किरात राई समुदायमा लिपि, भाषा, चुल्हो, धर्म, संस्कार लगायतको विषयमा छलफल गर्दै नयाँ परिस्थिति अनुसार किरात राई समुदायभित्र विश्वभर एक रूपता ल्याउने उद्देश्यले सम्मेलनले १६ बँुदे घोषणा–पत्र जारी गरेको हो ।

सम्मेलनले १ नम्बर प्रदेशलाई किरात नामकरण गर्न प्रदेश संसद, सरकार तथा राजनीतिक दलहरुसँग पहल कदमी गर्ने र आवश्यक परे निर्णयक आन्दोलन गर्ने निर्णय भएको घोषणा पत्रमा उल्लेख छ । सम्मेलनले सिरिजङ्गा लिपिलाई स्वीकार्ने र भारतको सिक्किममा प्रयोग हुँदैआएको किरात खम्बू राई लिपिलाई समेत मान्यता दिने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै विश्वभर एकै प्रकारको माङखिम (पितृघर) निर्माण गर्ने र मुन्दुमी विधिबाट सामूहिक सुप्तुलुङ (चुल्हो) स्थापाना गर्ने प्रस्ताव पारित भएको घोषणा पत्रमा उल्लेख छ । त्यस्तै सम्मेलनले पितृ र प्रकृतिक दर्शनमा आधारित मुन्दुमद्वारा निर्देशित अवधारणालाई नै किरात धर्म मान्ने निर्णय गरेको हो ।

किरात राई जातिको बृहत्तर एकता अभियान भन्दा फरक धारमा रहेका समुदायलाई सहकार्य, सहमति र राई एकतामा आउन किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले आव्हान गरेको छ ।

सम्मेलनले नेपालको १२ औं राष्ट्रिय जनगणनामा तथ्यांक विभागबाट भएका त्रुटि तत्काल सच्याउन र जनगणनामा खटिएका गणकहरुले सूचकले दिएको जानकारी भन्दा फरक विवरण लेख्ने काम भएको भन्दै त्यस कार्यको भत्र्सना गर्दै सच्याउन तथ्यांक बिभागसँग माग गरेको छ ।

किरात राई जातिको आदिम सभ्यता उद्गमस्थल आस्थाको केन्द्रको रूपमा रहेको तुवाचुङ जायजुम, मिथक जोडिएको खुवालुङलाई साँस्कृतिक पर्यटन र मुन्दुम टे«ल, ट्याम्कैमैयू, साल्पा सिलिचुड, हलेसी, लिब्जु भुब्जुसँग जोडेर पर्यटकीय स्थलको रूपमा प्रबद्र्धन गर्ने सम्मेलनपछि जारी घोषणा पत्रमा उल्लेख छ ।

जननायक रामप्रसाद राईलाई राष्ट्रिय बिभूति घोषणाको साथै किरात विश्वविद्यालय स्थापना गर्न सरकारसँग पहल गर्ने, भौतिक विकासका नाममा ऐतिहासिक साँस्कृतिक महत्त्व बोकेको किरात राई जातिको सम्पदाहरु रहेको गढी, किल्ला, दरवारमाथि हुँदै आएको अतिक्रमण बन्द गर्न माग गरिएको छ ।

किरात राई जातिको सोकला उभौली÷उद्यौली चाडमा देशव्यापी कम्तिमा पाँच दिन विदा दिन माग गर्दै सम्मेलनले आदिवासी जनजाति समुदायका सबै राष्ट्रिय चाडहरुमा अनिवार्य सार्वजनिक विदा दिन सरकारको ध्यानाकर्षण गराउने उल्लेख छ ।

त्यस्तै किरात राई समुदायको सांस्कृतिक कार्य गर्ने नक्छो÷नाक्सो, दोवा, माङ्पा, कुवी र तोकायाहरुको लोपहुने अवस्थामा पुगेको कारण वृत्ति विकासको लागि स्थानीय सरकारसँग साँस्कृतिक भत्ता माग गर्ने निर्णय गरेको घोषणा पत्रमा उल्लेख छ ।

कातिक २७ गते सुरु भएको सम्मेलनमा बेलायत, अमेपरिका, दक्षिण कोरिय, हङकङ, भारत, दुबाई, मलेशिया लगायत १४ देशका प्रतिनिधि सहभागी रहेका थिए । ललितपुरको यलेखिम रेष्टुरेष्ट एण्ड बैक्वेटमा कार्तिक २८ र २९ गते बन्दसत्र सम्पन्न भएको थियो । बन्दसत्रमा ९ वटा कार्यपत्र प्रस्तुतिपछि सात वटा समूहमा छलफल गरिएको यायोक्खा स्रोतले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु