adv

पत्रकार देवान पुरस्कृत

धरान, १ मंसिर ।

सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार ग्रहण गर्दै पत्रकार देवान ।

धरानका अग्रज पत्रकार गोपाल देवान ‘सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार!बाट पुरस्कृत भएका छन् ।

धरानमा बुधबार आयोजित समारोहका बीच कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठानले पत्रकार देवानलाई नगद ४१ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको थियो । उनीसहित अन्यलाई पनि पुरस्कृत र सम्मानित गरेको हो ।

समारोहमा चम्पादेवी सामाजिक सम्मान एवं पुरस्कार नेपालका ऐतिहासिक प्रथम जगतगुरू अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्यलाई नगद ५१ हजार रूपैयाँ, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा कौशिकी क्याम्पस धरानमा बिएड प्रथम वर्षमा अध्ययनरत मिङमा भोटे र शिक्षा निकेतन माविमा कक्षा–१० मा अध्ययनरत विद्यार्थी कविता चौलागाईंलाई शैक्षिक छात्रावृत्ति समेत प्रदान गरिएको थियो ।

प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मुकुल कायस्थको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्वनगर प्रमुख मनोजकुमा मेन्याङ्बो, पूर्वनगर प्रमुख कुमारबहादुर कार्की, अग्रज पत्रकार हर्ष सुब्बा, समाजसेवी कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायत उपस्थित थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु