
थालनी
एसइइमा सामेल हुन करिब पाँच लाख विद्यार्थी परीक्षा केन्द्र आसपास पुगेका थिए । परीक्षाका लागि सबै प्रशासनिक तयारी पनि सकिएको थियो । नेपालमा कोरोना संक्रमणको खतरा बढेको भन्दै सरकारले गत चैत्र ६ गतेदेखि मिति तय गरेको एसइइ परीक्षा एक दिनअघि अनिस्चित कालका लागि स्थगित ग¥यो । यसैबेला विद्यालयहरुलाई कक्षा ११ र १२ को कोर्ष पूरा गर्नु पर्ने धपेडी थयो । अधिकांश विद्यालयहरुमा कक्षा ११ को केही प्रतिशत कोर्ष बाँकी नै थियो । संभावित कोरोन संक्रमण फैलन नदिन सरकारले चैत्र १० मा लकडाउन घोषणा ग¥यो । यसबाट कक्षा ११-१२ का नौ लाख ४६ हजार विद्यार्थीलाई प्रत्यक्ष प्रभाव पारेको छ । पछि सरकारले विद्यालय र विश्व विद्यालयहरुको सबै निर्धारित परीक्षाहरु स्थगित गरेको छ ।

चैत ५ अघि कक्षा १-९ को वार्षिक परीक्षा सक्न सरकारको निर्देशन भएपनि धेरै विद्यालयले भ्याएनन् । देशभर संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन कहिलेसम्म लम्बिने निश्चित छैन । अधिकांश विद्यार्थीहरु घरमै बसेका छन् । ठूलो संख्यामा विद्यार्थीहरु घर पुग्न नपाई डेरा र बाटामा अलपत्र परेका छन् । शहरका केही शैक्षिक संस्थाहरुले अनलाइन कक्षाहरुको प्रयास गरिरहेका छन् । गाउँघरका विद्यालयमा आवश्यक विद्युत, कम्प्युटर, ल्यापटप, इन्टरनेट र मोवाइलजस्ता उपकरणको अभावले अनलाइन कक्षा संभव छैन । अर्कोतर्फ अधिकांश शिक्षक र विद्यार्थीहरुमा कम्युटर साक्षरता छैन । जसले गर्दा अनलाइन कक्षा तत्काललाई असंभव प्राय छ ।
हजारौं विद्यालय र कलेजहरु क्वारेन्टाइनका रुपमा प्रयोग भएका छन् । शिक्षाविद र सरकारले परीक्षा कसरी गर्ने भन्ने बारेमा उपाय खोजिरहेका छन् । कारोनाव्याधि नियन्त्रणमा नआइन्जेल शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने संभावना छैन । नेपालमा मात्र हैन विश्वका अधिकांश मुलुकहरुमा कोरानाका कारण शिक्षाको अवस्था डामाडोल छ । सायद संसारभरका शैक्षिक संस्थाहरु एकैसाथ बन्द भएको यो पहिलो घटना हो ।
वि.सं. २०७२ को महाभूकम्पपछि नेपालको शिक्षाको राष्ट्रिय उदेश्यमा ‘प्राकृतिक प्रकोप व्यवस्थापन’ समेटिएको छ । कोरोना महामारीले पनि धेरै पाठ सिकाएको छ । नेपालमा रहेको परम्परागत शिक्षा प्रणालीले कोरोनाव्याधिको सिर्जना गरेको समस्याहरुसँग मुकाविला गर्न सकिरहेको छैन ।
निकट भविश्यमा अन्य महामारीको संभावना छ ?
कोरोनाको निम्ति चीन, अमेरिका, बेलायत, भारतलगायतका देशहरुमा ‘भ्याक्सिन’ परीक्षण भइरहेको समाचार आइरहेका छन् । भ्याक्सिन तयार नभएसम्म संसार कोरोनाबाट मुक्त हुने अवस्था छैन । महामारीविद जोन बेरी र मार्कका अनुसार कोराना मुक्त हुन थप दुई वर्ष लाग्न सक्छ । अन्य मुलुक कोरोना मुक्त नभइन्जेल नेपाल कोरोना जोखिममा रहेको सरुवारोग विशेषज्ञ डा.सेरबहादुर पुनको भनाई छ ।
पृथ्बीमा निकट भविश्यमा अनेकौं महामारीहरु सताउने वैज्ञानिकहरुले भविश्वाणी गरिरहेका छन् । पृथ्बीमा तिब्र रुपमा तापक्रम बढिरहेको छ । सन् १९८० भन्दा अहिले १ डिग्री सेल्सियस तपाक्रम बढेको छ । अहिलेकै दरमा वन विनास र कार्वन उत्सर्जन भइरहे यो शताब्दिको अन्त्यसम्ममा ३-४ डिग्रीले तापक्रम बढ्ने वैज्ञानिकहरुको अनुमान छ । पृथ्बीको तापक्रम बढेसँगै मानिसको शरिरमा रहेको लाखौं भाइरहरु सक्रिय हुन सक्ने र तिनले मानिसमा महामारी ल्याउन सक्छ भनिन्छ ।
अर्कोतर्फ तापक्रमले बृद्धिले हिउँ पग्लने र हिउँमुनि दबेर रहेका भाइरस सक्रिय हुन सक्छन् । लाखौं मानिसको ज्यान लिएको विफरको भाइरस साइबेरियाको हिउँमुनि दबेर रहेको हुनसक्ने बैज्ञानिकहरुको दावि छ । वन विनासका कारण वन्य जन्तुहरु गाउँ र शहरका मानिसहरुसँग सम्पर्क आउँछन् । तापक्रम बृद्धिका कारण जनावर र पंक्षिमा रहेको लाखौ भाइरस र व्याक्टेरीया सक्रिय हुन सक्छन् । मानिसले जीव, जनावर र पंक्षीहरुको मासु सेवन गर्नाले जनवारको भाइरस मानिसमा सर्न सक्छ । यसअघिको संसारमा फैलिएको ‘सार्स’, ‘इबोला’, ‘स्वाइनफ्लु’ ‘प्लेग’ आदिका महामागरी जनावरबाटै मानिसमा सरेको अध्यायनहरुबाट खुलेको छ ।
विश्व स्वाथ्य संगठनले पृथ्बीको तापक्रम बृद्धि निरन्तर रहे सन् २०३० तिर औलोको महामारी फैलिनसक्ने पूर्वानुमान गरेको छ । प्रकृतिसँग विवेकहिन अन्र्तक्रिया निरन्तर रहे निकट भविश्यमै संसारमा अन्य ठूला महामारीहरु फैलने निश्चित छ ।
कोरोना पछिको शिक्षा
कोरोनाव्याधिबाट पाठ सिकेर भविश्यमा आइपर्ने यस्ता व्याधिहरुमा ध्यान दिएर पाठ्यक्रम, शैक्षिक पूर्वाधार र जनशक्ति तयार गर्न आवश्यक छ

पाठ्यक्रम : विभिन्न भाइरसहरुबाट हुने महामारी, असर र यसबाट बच्ने उपाय विज्ञान, सामाजिक जस्ता अनिवार्य विषयको पाठ्यक्रममा समेट्न आवश्यक छ । विद्यार्थीलाई प्रकृतिसँगको विवेकपूर्ण अन्तरक्रियातर्फ पे्ररित गर्ने पाठ्यक्रम निर्माण गरिनु पर्दछ । कार्वन उत्र्सजन कमी गर्ने र प्राकृतिको संरक्षण सम्बन्धी सामग्री पाठ्यक्रमले समेट्नु पर्छ । पाठ्यक्रमले गाउँघरमा पाइने अग्र्यानिक साग, सब्जी र जडिबुटीको उपभोगमा प्रेरित गर्नुपर्दछ । जसका कारण रोग प्रतिरोधात्मक क्षमता विकास हुन सकोस् ।
कक्षा कोठामा शिक्षक र विद्यार्थी आमने—सामने भएर पठनपाठन गर्ने प्रणालीको विकल्पहरुको खोजीमा कोरोनापछिको शिक्षा केन्द्रित हुन पर्दछ । जसले महामारीका बेला घरमै बसेर शिक्षण क्रियाकलाप गर्न सकियोस् ।
शिक्षकको भूमिका : पराम्परागत शिक्षण प्रणालीमा शिक्षकको केन्द्रीय भूमिका रहेको हुन्छ । ज्ञानको स्रोतको रुपमा शिक्षकलाई लिइन्छ । तर, शिक्षकको भूमिकालाई सहजकर्ता र मार्ग निर्देशक रुपमा विकास गर्न आवश्यक छ । जसका कारण यस्ता महामारीका बेला घरैमा बसेर विद्यार्थीहरुलाई सिकाइमा सहजिकरण गर्न सकुन् । नेपालका अधिकांश शिक्षकमा कम्प्युटर र प्रविधिको साक्षरता छैन । शिक्षक सेवा प्रवेशमै कम्प्युटर साक्षरतालाई पूर्वसर्तका रुपमा निर्धारण गर्न आवश्यक छ । सेवामा रहेका शिक्षकहरुलाई प्रविधि र कम्प्युटरसम्बन्धी तालिम दिन आवश्यक छ ।
विद्यार्थीको भूमिका : परम्परागत शिक्षा प्रणालीमा विद्यार्थी निस्क्रिय हुन्छ । शिक्षक र पाठ्यपुस्तकलाई ज्ञानको स्रोतको रुपमा लिन्छ । तसर्थ, नियमित कक्षामा जानु पर्ने हुन्छ । नियमित कक्षामा सहभागी हुनु नै ज्ञान प्राप्ति गर्ने बाटाको रुपमा लिइन्छ । तसर्थ, सरकारले विद्यालयहरु बनाएका छन् । शिक्षकहरुको व्यवस्था गरेको छ । पुस्तक छापिएका छन् । तर, लकडाउनका कक्षामा सहाभागी हुन संभव भएन ।
विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन आवश्यक छ । ग्रामिण भेगका अधिकांश विद्यार्थीहरुमा अनलाइन कक्षाका निम्ति आवश्यक इन्टरनेट, ल्यापटप र मोवाइलजस्ता सामग्रीसँग परिचित छैनन् । कोरोना पछिको विद्यार्थीलाई प्रविधि र डिजिटल मैत्री बनाउँदै लैजानु आवश्यक छ ।
भौतिक पूर्वाधार : नेपालमा सार्वजानिक, सांस्थागत र गुठी गरी ३५ हजार हाराहारीमा विद्यालयहरु रहेका छन् । ग्रामिण क्षेत्रका सार्वजानिक विद्यालयहरुको भैतिक अवस्था ज्यादै दयनीय रहेका छन् । अधिकांश विद्यालयहरु दुर्गम भेगमा छन् । विद्युत, इन्टरनेट र कम्प्युटरजस्ता सामग्रीहरुको अभाव छ । गाउँका तुलननमा शहरका विद्यालयहरु भौतक सुविधासम्पन्न छन् । तसर्थ, शहरमा विद्यार्थीको प्रवाह बढी छ । भिडभाड बढी हुने क्षेत्रमा कारोना संक्रमणको संभावना बढी छ ।
गाउँमा रहेका विद्यालहरु भौतिक तथा प्राविधिक पक्षमा व्यापक सुधान ल्याउन आवश्यक छ । जसले शहरमा विद्यार्थीको चाप कम गर्न सहयोग गर्दछ । विश्वसनीय अनलाइन कक्षाको विकास गर्न सके गाउँघरमै बसेर उच्च शिक्षा पाउने अवसर विकास हुनसके राजधानी लगायतका शहरमा विद्यार्थीको चाप कम हुन सक्छ ।
अन्त्यमा, कोरोनाबाट जुन नियती अहिले शिक्षाले भोगेको छ-जुन अकल्पनीय छ । कोरोनासँग जुध्दै भोलि आउने महामारीको विपक्तिको लागि सोच्ने समय हो यतिबेला । नयाँ बुलन्दबाट
abodhabiral@gmail.com
(लेखक श्री सरस्वती मावि माङसेबुङ इलाममा साविक उच्च माविमा शिक्षक रुपमा कार्यरत छन् ।)

