adv

बिभिन्न देशहरुमा रमजानको प्रार्थना गर्न मस्जिद खोलियो

काठमाडौं, २७ वैशाख। रमजानको क्रममा शुक्रबारको नमाजका लागि केही देशहरुले मस्जिद खोलेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद पनि कतिपय देशहरुमा मस्जिदहरु खोलेका छन् ।

इरानको एक सय ८० शहरका मस्जिदमा मानिसहरु प्रार्थना गर्न भेला भएका थिए । भेला भए पनि राजधानी तेहरानका मस्जिद भने बन्द रहे । राजधानी तेहरान कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो ।

सिरियामा पनि सरकार नियन्त्रित केही क्षेत्रका मस्जिद खोलिएको थियो । यद्यपि मस्जिदलाई किटाणुरहित बनाएपछि खोलिएको थियो भने प्रार्थना गर्न आएकाहरुलाई मास्क लगाउन भनिएको थियो । सामाजिक दुरी पनि पालना गराइएको थियो ।

स्रोत : बीबीसी

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु