झापा,२७ बैशाख । उदयपुरमा थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।योसंगै नेपालमा जम्मा संक्रमित संख्या ११० पुगेको छ ।
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।

आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।
योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ।

