adv

कविताका चार छोक : सपनाको भारी, एक शव्द, म पनि कवि बन्छु र जीवन एक नाटक

‘सपनाको भारी’
भनिन्छ –
ठूलो सपनाको भारीले
मान्छेलाई बाँचुञ्जेल दास बनाउँछ
बाँच्नु एउटा मीठो भ्रम
र अर्को भ्रम सपना देख्नु
तर भ्रमले जीवनलाई निरन्तरता
सिकाउँछ त्यसैले,
म दिनरात सपनामा डुब्न मन पराउँछु । ‘

एक शव्द’
सकी नसकी
म कुँद्दै थिएँ पत्थरमा एक शब्द
कि – कहिले नमेटियोस् त्यो एक शब्द
अफसोच,
पत्थरमा कुँदिएको शब्द
पत्थर भन्दा कठोर भैदियो
जो म उचाहरण पनि गर्न नसक्ने भएँ
कुदिँसकेर मेट्न कहाँ सजिलो हुदोरहेछ र ?
त्यो एक शव्द …….
पत्थर फुटाउन म आफैं छिनो बन्दैछु ।

म पनि कवि बन्छु’
भनिन्छ –
हावाको कुनै पहिचान हुँदैन
भर्खरै
एक झोँक्क हावा
मेरै छेउबाट बहेर गएको खबर
मेरो कपालले बतायो
धन्न मुटुले बताएन
नत्र एक सास फेरिसक्ने थिएछु
जिउँदो रहनुको लागि
तिम्रो नाममा ….
एक हरफमा
जिन्दगीको ब्याख्या गर्न बरू सजिलो होला
एक हरफ
डाह लाग्दो कविता पढेर
घन्टौ रन्थनिनु सारै गाह्रो
अब म पनि कवि बन्छु । ‘

जीवन एक नाटक’
पत्याउनलाई त हो
एकदमै सुन्दर ढङ्गले गरिने नाटक
जीवन एक नाटक
सबैले शिरोपर गर्दिएपछि
म चाहिँ कुन ग्रहको मानव हुँ र ?
पत्याउँछौ भने
अब एउटा सुन्दर नाटक खेल्नुछ
जिन्दगीमा
तर तिमीलाई थाहा छ ?
नपत्याउने हर हर्कत सत्य हुन्छन्
जो मैले निरन्तर गरिरहेकी छु ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु