मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बोर्डरमा अलपत्र नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको छ । त्यसका लागि तीन सय जनालाई राख्ने गरि क्वारेन्टिन बनाउने भएको छ ।
भारतका बिभिन्न स्थानबाट नेपाल भित्रिने नेपालीहरुलाई राख्नका लागि मेचीनगर नगरपालिकाले तिन सय बेडको क्वारेन्टिन बनाउन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनकारी गराइएको छ ।
मेचीनगरले यसअघि ३ वटा क्वारेन्टिन आदर्श मावि मेचीनगर ८, धाइजन स्वास्थ्य चौकी भवन मेचीनगर ११ र मेची जनसाधारण मावि मेचीनगर ३ लाई क्वारेन्टिनको रुपमा सञ्चालन गरिरहेको छ । अव रामघाट, राधा स्वामीको भवन पनि क्वारेन्टिनको रुपमा प्रयोग गरिने भएको हो ।
सिमापारि अलपत्र रहेका नेपालीलाई ल्याउने बिषयमा झापाका सबै पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख लगायत मन्त्रालयस्तरको बैठक बसि मिति तय गरि सबैलाई सुरक्षीत ब्यवस्थापनका लागि काम गरिने नगर प्रमुख विमल आचार्यले बताए ।

नगरप्रमुख आचार्यले भारत सरकारले सम्झौता उल्लङ्घन गरी १२ सय नेपालीहरुलाई दशगजामा ल्याएर भोकभोकै बनाएको आरोप लगाए । भारतले अलपत्र बनाएर बोर्डरमा भोकभोकै बनाएपछि बाध्य भएर नेपालले आफ्ना नागरिकहरुलाई उद्धार गरेर देशभित्र ल्याउनु पर्ने अवस्था आएको उनको भनाई छ ।
लकडाउनका बेला भारतमा रहेका नेपालीलाई जहाँ छन् त्यही क्वारेन्टिनमा खाने र बस्ने व्यवस्था नगर्नु अमानवीय व्यवहार भएको दोहोर्याउँदै बोर्डरमा अलपत्र बनाइएका सबै नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए ।
भारत सरकारले दुई देश बिच भएको सहमती बिपरीत भारतमा रहेका नेपालीलाई नेपाल पठाउने काम गरेको बताउँदै नगर प्रमुख आचार्यले अहिलेको अप्ठ्यारो परिस्थितिमा देशको सिमाना अतिक्रमण गर्ने भारतीय कार्य निन्दनीय रहेको बताउँदै हरेक नेपालीले यसलाई डटेर सामना गर्ने बताउए । छिमेकी मुलुक भएर पनि यसअघि भएका सन्घि सम्झौताको बेवास्था गर्दै भारत सरकारले समय समयमा गर्दै आएका यस किसिमका गतिविधिको नगरपालिकोतर्फबाट घोर भत्सर्ना गरिने उनले वताए ।

